
काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले आफ्नो जन्मदिन काठमाडौंको तारकेश्वर नगरपालिकास्थित अपाङ्ग सेवा केन्द्रमा रहेका अपाङ्गता भएका व्यक्ति र अनाथ बालबालिकासँग मनाएका छन्। शनिबार जन्मदिनको अवसरमा धमलाले कुनै तामझाम नगरी र केकसमेत नकाटी शारीरिक तथा आर्थिक रूपमा विपन्न अपाङ्गता भएका व्यक्ति र अनाथ बालबालिकालाई खाना खुवाएर जन्मदिन मनाएका हुन्। […]