English

भक्तपुरको मध्यपुर थिमि रास्वपाको नगर सभापतिमा न्हुछेरत्न मानन्धर सर्वसम्मत



जेठ ९ । केके मानन्धर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले १३ सदस्यीय नगर कार्यसमिति, जिल्ला प्रतिनिधि, प्रदेश प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिहरू चयन गरेको हो । अधिवेशनबाट सर्वसम्मत रूपमा न्हुछेरत्न मानन्धर सभापतिमा निर्वाचित भएका छन् । त्यसैगरी उपसभापतिमा उषा प्रजापति, सचिवमा मुरारी नेपाल तथा सहसचिवमा बोध कुमार भण्डारी निर्वाचित भएका छन् । सदस्यहरूमा चन्द्र भक्त श्रेष्ठ, रिता खनाल, राजेन्द्र चक्रधर, महेश्वर श्रेष्ठ, समिर पौडेल, प्रविना कायस्थ, सलिना कार्की र सजिना प्रजापति रहेका छन् । दलित महिला सदस्य भने पछि मनोनित गरिने जनाइएको छ ।

त्यसैगरी जिल्ला प्रतिनिधिमा सुस्मिता श्रेष्ठ, संयम कोइराला र सुरज श्रेष्ठ चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा राजेश उप्रेती र राधाकृष्ण श्रेष्ठ चयन भएका छन् । अधिवेशनको लागि निर्वाचन समिति संयोजकको जिम्मेवारी पाएका अमिर न्यौपानेले महाधिवेशन प्रतिनिधिमा उज्वल श्रेष्ठ र हेमन्त राज बराल चयन गराएका हुन् । कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार २०८० जेठ २० गते न्हुछेरत्न मानन्धरको संयोजनमा तदर्थ समिति गठन भएपछि नगरस्तरीय संगठन निर्माण तथा विस्तारलाई तीव्रता दिइएको थियो । हाल मध्यपुर थिमिमा रास्वपाका ५९८ सक्रिय सदस्य रहेका छन् । नगरका ८ वडामा अधिवेशन सम्पन्न भइसकेको तथा एउटा वडामा तयारी भइरहेको जानकारी दिइएको छ ।

प्रतिवेदनमा गत प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ बाट राजीव खत्रीलाई विजयी गराउन नगर समितिले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ । त्यसपछि नगरमा पार्टीप्रतिको विश्वास र जनसमर्थन बढ्दै गएको दाबी गरिएको छ । सभापति मानन्धरले प्रस्तुत गरेको “मभन्दा हामी: समृद्ध मध्यपुर निर्माण” शीर्षकको प्रतिवेदनमा मौलिकता र आधुनिकतालाई जोड दिँदै योजनाहरू अघि सारिएको छ । ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्व बोकेको पुरानो बस्ती क्षेत्रमा मौलिक शैली संरक्षण गर्ने तथा नयाँ बस्ती क्षेत्रमा योजनाबद्ध, एकीकृत र पैदलमैत्री विकास अवधारणा अघि बढाइने उल्लेख गरिएको छ।

त्यस्तै स्थानीय उत्पादन प्रवद्र्धन, रोजगारी सिर्जना, कला–संस्कृति, सम्पदा र पर्यटनलाई अर्थतन्त्रसँग जोड्न “लाइभ कल्चर इन अडिटोरियम” अवधारणा विकास गर्ने योजना पनि प्रस्तुत गरिएको छ । साथै रात्रीकालीन पर्यटन, खानेपानीको समुचित वितरण, कृषि, वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य सेवा विस्तार, प्रशासनिक सुधार, सुशासन, शिक्षा तथा सामाजिक सुरक्षाका विषयलाई प्राथमिकतामा राखिएको छ ।



...
Isobel

I cpnstantly emailed this weboog post pae to alll myy contacts, ass iif lime too read itt after that mmy friends wkll too. my web-site kenxxx.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

साउन १९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि

Latest










Popular
Suggested