नेपाली हिमालको कथा अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउँदै ‘रोड टु एभरेष्ट’
हङकङमा ‘रोड टु एभरेष्ट’को विशेष प्रदर्शन सम्पन्न
हङकङ — ‘सगरमाथालाई अनुभव गरौँ, रसुवालाई सहयोग गरौँ’ भन्ने नारासहित नेपाली वृत्तचित्र ‘रोड टु एभरेष्ट’को विशेष प्रदर्शन आइतबार हङकङमा सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा प्रदर्शन गरिएको वृत्तचित्रमा उत्साहजनक दर्शक सहभागिता थियो।
प्रदर्शनको मुख्य उद्देश्य सगरमाथा र नेपालको हिमाली सम्पदालाई अन्तर्राष्ट्रिय समुदायमाझ परिचित गराउनुका साथै रसुवामा आएको बाढीपहिरोबाट प्रभावित तथा विस्थापित परिवारहरूको पुनर्निर्माण र पुनर्स्थापनाका लागि सहयोग जुटाउनु थियो।

कार्यक्रममा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, थाइलेण्ड, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो। दर्शकहरूले सगरमाथाको यात्रा, फिल्मको दृश्य प्रस्तुति, विषयवस्तु र जलवायु परिवर्तनसम्बन्धी सन्देशको प्रशंसा गरेका थिए।
एनआरएनए हङकङले यसअघि सम्पन्न ग्रान्ड प्रिमियरमा प्राप्त उत्साहजनक प्रतिक्रियापछि दर्शकको मागअनुसार यो विशेष प्रदर्शन आयोजना गरेको हो। यस कार्यक्रमले मनोरञ्जनसँगै मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको सन्देशसमेत प्रवाह गरेको छ।

प्रदर्शन संयोजक तथा एनआरएनए हङकङकी उपाध्यक्ष कविता गुरुङले पहिलो प्रदर्शनमा सहभागी हुन नसकेका दर्शकलाई अवसर प्रदान गर्नुका साथै नेपाली हिमाली कथा विभिन्न समुदायसम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताईन।
एनआरएनए हङकङकी अध्यक्ष अनु राईले ‘रोड टु एभरेष्ट’ सगरमाथा आरोहणको कथा मात्र नभई शेर्पा समुदायको योगदान, साहस, संघर्ष र विश्वाससँगै जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव समेटिएको वृत्तचित्र भएको बताएकी थिइन्। उनले हङकङमा रहेका नेपाली समुदायलाई फिल्म हेर्न र रसुवाका विपद् प्रभावित परिवारलाई सहयोग गर्ने अभियानमा सहभागी भएकामा धन्यवाद व्यक्त गरिन।
एनआरएनए हङकङका महासचिव इन्द्र पुनले नेपालीले आफ्नै लगानी र सीमित स्रोतसाधनका बाबजुद आफ्नै कथा आफैँ भन्ने प्रयासलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताएका थिए।

कार्यक्रममा वी विल राइज फाउन्डेसनका अध्यक्ष तुलसी कुमार गुरुङ, वृत्तचित्रका प्रमुख पात्र राज गुरुङ तथा विनोद गुरुङको समेत उपस्थिति रहेको थियो। उनीहरूको सहभागिताले कार्यक्रमलाई थप विशेष बनाएको थियो।
करिब ५० मिनेट लामो ‘रोड टु एभरेष्ट’ले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्मको यात्रामार्फत पर्वतारोहणका चुनौती, मानवीय साहस, शेर्पा समुदायको योगदान, नेपाली हिमाली सम्पदा र जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका असरलाई प्रस्तुत गरेको छ।

वी विल राइज फाउन्डेसनद्वारा निर्मित वृत्तचित्रको निर्देशन निर्मल श्रेष्ठले गरेका हुन्। कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठले लेखेका हुन्। नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको यो वृत्तचित्र पूर्ण नेपाली प्राविधिक तथा निर्माण टोलीको सहभागितामा निर्माण गरिएको हो।
‘रोड टु एभरेष्ट’लाई विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल तथा विशेष प्रदर्शनमार्फत विश्वभरका दर्शकमाझ पुर्याउने अभियान जारी रहेको निर्माण पक्षले जनाएको छ।
फोटो: स्वदेश महर्जन
















Watch Movie Trailer









supplement ingredients
The writing makes the subject approachable. The article highlights why informed choices matter. I appreciate the reader-focused writing.