English

जेभियर एकेडेमी ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर विजयी

वी विल राइज फाउन्डेशनद्वारा विजेता पुरस्कृत


जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई प्रभावित पार्दै अघोर प्रतियोगितामा उत्कृष्ट बनेको हो । प्रतियोगितामा अघोर, नौलो, फ्लुवियो, रायट ब्रिगेड, रेट्रो राम्पर्स, र मिडनाइट इको गरी छ ब्यान्डले भाग लिएका थिए, जसले लाजिम्पाट कलेज परिसरलाई अबेर रातीसम्म संगीत र जोशले भरिपूर्ण बनायो । विजेता ब्यान्डले ‘आकाशैमा चिल उड्यो फनन’, ‘फर्की फर्की’, ‘माया तिमीले’, लगायतका गीत प्रस्तुत गर्दै दर्शक र निर्णायकको मन जिते । बिजेता ब्यान्डले पुरस्कार रुपरुप पन्ध्र हजार, फस्ट रनर्स अप नौलोले दस हजार र सेकेण्ड रनर्स अप फ्लुवियोले पाँच हजार रुपैयाँ नगद जिते ।

विजेता ब्यान्डलाई वी विल राइज फाउन्डेशन काठमाडौंले पनि पुरस्कृत गरेको छ । शनिबार गोगंबुस्थित फाउण्डेसनको कार्यालयमा आयोजित कार्यक्रममा विजेता व्याण्डका प्रत्येक सदस्यलाई पाँच हजार रुपैयाँ नगद र ट्रफीसहित पुरस्कृत गरिएको हो । युवा पिढीलाई प्रोत्साहन र संगीतप्रतिको समर्पण निरन्तर रहिरहोस भन्ने उद्देश्यले उक्त पुरस्कार प्रदान गरिएको संस्थाले जनाएको छ ।


वी विल राइज फाउन्डेशन २०१५ को विनाशकारी भूकम्पपछि स्थापना भएको हो । यसले शिक्षा, स्वास्थ्य, पर्यटन लगायत विभिन्न क्षेत्रमा काम गरिरहेको छ । वर्षैपिच्छे आयोजना हुने ब्याटल अफ द ब्यान्ड्स प्रतियोगितामार्फत विद्यार्थीहरूमा लुकेको संगीत प्रतिभा पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ । यसले विद्यार्थीहरूलाई सृजनात्मक अभिव्यक्ति र आत्मविश्वास निर्माणको अवसर प्रदान गर्छ।

कार्यक्रममा जेभियर एकेडेमीका सह सह-प्रधानाध्यापक एवं प्रमुख प्रशासकीय अधिकृत प्रकाश श्रेष्ठ, १७ पटक सगरमाथा आरोहण गरेका किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा, वी विल राइज फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठ, खड्ग परियार तथा अशोक गुरुङ लगायतको उपस्थिती थियो ।

विजेता अघोर ब्यान्डका मेम्बरहरु
आदित्य श्रेष्ठ – लिड भोकलिस्ट
प्रियांशु गुरुङ – लिड गिटारिस्ट
सार्थक न्यौपाने – बेस गिटारिस्ट
युनिक लामा – रिदम गिटारिस्ट
दिवाकर पन्त – ड्रमर



सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested