English

सरगम राईको नयाँ गीत ‘बसी देऊ तिमी…’ सार्वजनिक



सहयात्री ढकाल, अमेरिका । नेपाली गीतसंगीतमा सक्रिय गायक, गीतकार तथा संगीतकार सर्गम राईको नयाँ गीत ‘बसी देऊ तिमी…’ सार्वजनिक भएको छ। आर जि टी फिल्मस को प्रस्तुति रहेको गीतमा राईकै स्वर, शब्द र संगीत रहेको छ । गीतमा बादल लिम्बुको संगीत संयोजन तथा अम्बिका राईको सहायक स्वर रहेको छ। गायनसँगै गीत लेखन र संगीत सिर्जनामा सक्रिय राईले यसअघि ‘खुसी साटौँ जुनी काटौँ’, ‘माया गाढा छ’, ‘पाती चढाउँला’, ‘दुई मुटु’, ‘जिन्दगीका मोडहरूमा’ र ‘मगमग बसना’ लगायतका गीत सार्वजनिक गरिसकेका छन्।

बाल्यकालदेखि नै संगीतप्रति रुचि राख्ने राईले गुरु जोन मलिकसँग पाँच वर्षसम्म शास्त्रीय संगीतको अध्ययन गरेका थिए। गायन, शब्द र संगीत सिर्जनालाई सँगसँगै अघि बढाउँदै आएका उनी नेपाली भाषी समुदायमा सम्भावना बोकेका सर्जकका रूपमा परिचित छन्। प्रवासमा रहेर पनि नेपाली गीतसंगीतलाई निरन्तरता दिँदै आएका राईको पछिल्लो गीतले उनको सिर्जनात्मक पहिचानलाई थप उजागर गरेको छ।



...
Crystal George

Discover a Fresh Digital Gaming Platform Inspired by Snake and Bitcoin https://btcviper.pages.dev

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं: मलेसियाको विद्युतीय सवारी बजारमा प्रोटोन ई.मास ५ ले अक्टोबर २०२६ मा उल्लेखनीय सफलता हासिल गरेको छ। समग्र ईभी दर्तामा

काठमाण्डौं । अमेरिकामा बस्दै आएकी नेपाली लोकगायिका अमृता लुङ्गेली मगरको स्वरमा तिहार विशेष गीत ‘झिलीमिली देउसी भैलो’ सार्वजनिक भएको छ।

काठमाडौँ : नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मार्फत दुर्लभ तथा सङ्‌कटापन्न वन्यजन्तु रेड

हङकङ — ‘सगरमाथालाई अनुभव गरौँ, रसुवालाई सहयोग गरौँ’ भन्ने नारासहित नेपाली वृत्तचित्र ‘रोड टु एभरेष्ट’को विशेष प्रदर्शन आइतबार हङकङमा सम्पन्न

Latest










Popular
Suggested