English

चितवनमा पहिलोपटक देखियो मकुना : प्रेमिका भेट्न रोनाल्डो (फोटो फिचर)



नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको हात्तीलाई मकुना भनिन्छ । नेपालका जंगलमा मकुनाको संख्या निकै कम छ । यस्तो अनौठो भाले चितवनको नौलो बासस्थलमा आएर घरेलु हात्तीसँग घुलमिल गरिरहेको छ  । करिब १७ वर्षीय मकुना पहिलोपटक मंसिर १८ मा देखिएको हो । चितवन निकुञ्ज स्थापना भएको ५० वर्ष पार भएपनि मकुना पहिलोपटक देखिएको हो । यसअघि झापाको बाहुनडाँगीबाट मकुना देखिएको थियो ।

मकुनासँगै अहिले सौराहाको ज्वाइँ बनेको छ जंगली हात्ती ‘रोनाल्डो’ । यहाँका घरेलु हात्तीको प्रजनन गर्न रोनाल्डो सौराहा पुगेको हो । यसले आइतबार चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा अवस्थित सरकारी हात्तीसारमा पोथी हात्तीसँग सहबास गरेको छ । केन्द्रमा ७ भाले र १० पोथी हात्ती छन् । हात्तीको प्रजनन जंगली भाले हात्तीबाट मात्रै हुने गरेको छ । प्रजनन केन्द्रमा पालिएका भाले हात्तीले पोथी हात्तीसँग संसर्ग गर्न पाउँदैनन ।

पालिएका हात्तीबाट स्वस्थ बच्चा नजन्मने र ठूलो र बलियो समेत नहुने हुँदा जंगली हात्तीलाई नै प्रजनन केन्द्रमा ज्वाई सरह सहजै प्रवेश दिइन्छ । जंगली हात्ती पोथी हात्ती खोज्दै कहिले दिउँसो त कहिले राती आइपुग्छन् । यिनले प्रजनन केन्द्रमा राखिएका पोथी हात्तीसँग आफ्नो रोजाइ अनुसार संसर्ग गर्छन् । शान्तीप्रिय लाग्ने ३७ वर्षीय ज्वाई रोनाल्डोले अहिलेसम्म कुनै किसिमको हानीनोक्सानी नपुर्याएको वाइल्डलाइफ फोटोग्राफर मिलन तामाङले बताए ।

तस्बिर : मिलन तामाङ/वाइल्डलाइफ फोटोग्राफर



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested