English

चितवनमा देखियो विश्वमै दुर्लभ खरायो : हिस्पिड हेयर



सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर पटनामा देखिएको छ । यो Caprolagus जीनसमा एक मात्र प्रजाति हो । चितवन राष्ट्रिय निकुञ्जमा सन् १९८४ पहिलोपटक हिस्पिड खरायो रेकर्ड गरिएको थियो । त्यसपछि जनवरी २०१६ मा देखिएको यो प्रजातिको खरायो हालै चितवन सौराहाका चुडामणी चौधरीले देखेका हुन् । यसको तस्बिर वाइल्डलाइफ फोटोग्राफर मिलन तामाङले खिचेका थिए ।

यो प्रजातिको खरायो बंगलादेश, भारत, नेपाल र भुटानमा छिटपुट रुपमा मात्र पाइने गरेको छ । यो अग्लो घाँसे मैदानहरूको इलाकामा बसोबास गर्छ । सुख्खा मौसममा भने दलदली क्षेत्रहरू तथा नदी किनारको घाँसमा बसोबास गर्छ । आकारमा सानो हुने यो खरायो बिहान र साँझमा बढी सक्रिय हुन्छ ।



सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested