“रक्तदान गरौं, जीवन बचाऔं” अभियानमा नेपाली समुदायको उत्साहजनक सहभागिता
हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम एचकेआरसीबीटीएसको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो। सामाजिक सेवामूलक उक्त कार्यक्रममा नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। मानव जीवन बचाउने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा एनसीसी हङकङका अध्यक्ष अनु राई, उपाध्यक्ष कविता गुरुङ, युवा संयोजक मनोज गौतम, हङकङ जिल्ला परिषद् सदस्य अरुणा गुरुङ, द नेपाली एसोसियसन हङकङका अध्यक्ष प्रदीप थापा, हङकङ नेपाली महासंघकी पूर्व अध्यक्ष रिता गुरुङ, फिने अध्यक्ष सोयना ढकाल तथा एनआरएनए आइसिसीकी उपाध्यक्ष राधिका गुरुङ (टीका) लगायतको सहभागिता रहेको थियो।

कार्यक्रम संयोजक मनोज गौतमको संयोजनमा सम्पन्न रक्तदान कार्यक्रममा पहिलो दिन ४० देखि ४५ जनाले रक्तदान गरेका छन्। बाँकी इच्छुक रक्तदाताहरूको नाम दर्ता गरी आगामी २४ मे २०२६ मा पुनः रक्तदान कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
संयोजक गौतमले यस्ता मानवीय कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघसंस्था, स्वयंसेवक तथा सहभागीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। साथै, आगामी दिनहरूमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तर अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

के हो रक्तदान?
आफ्नो शरीरमा रहेको रगत अरू व्यक्तिको जीवन बचाउन निःशुल्क रूपमा दान गर्नु नै रक्तदान हो। रक्तदानले एकातर्फ अरूको जीवन रक्षा गर्छ भने अर्कोतर्फ रक्तदाता स्वयंको स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ।
सामान्यतया स्वस्थ व्यक्तिको शरीरमा करिब ६ लिटर (झण्डै १० युनिट) रगत हुन्छ। रक्तदान गर्दा शरीरबाट करिब ४७० मिलिलिटर अर्थात् १ युनिट रगत मात्र निकालिन्छ, जुन शरीरमा रहेको कुल रगतको १० देखि १४ प्रतिशत मात्र हो। यसले स्वास्थ्यमा कुनै नकारात्मक असर गर्दैन।
मानव शरीरमा बनेको रगत करिब १२० दिनभित्र स्वतः नष्ट हुने भएकाले रक्तदानपछि शरीरमा नयाँ रगत उत्पादन प्रक्रिया अझ सक्रिय हुने गर्छ, जुन स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ।
तर, रक्तदान गर्ने व्यक्ति पूर्ण रूपमा स्वस्थ हुनु आवश्यक छ। साथै, रक्तदान गर्नुअघि र गरेपछि आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्न पनि अत्यन्त जरुरी हुन्छ।















Latanya
Veryy soonn this weeb page wll bee famous amid all blogging aand site-building people, ddue too it's fqstidious clntent xnxx my page - bilivideos.cc