English

‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट सम्पन्न : फोटो फिचर



इटहरी/ इटहरीमा ‘मिसेस पुर्बेली आइकन’ दोस्रो संस्करणका फाइनल प्रतिस्पर्धीहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको छ । बुधबार सम्पन्न फोटो तथा भिडियो सुटमा ११ जना प्रतिस्पर्धीहरूले विभिन्न पोजमा फोटो खिचाए भने परिचयात्मक भिडियो पनि छायांकन गरिएको थियो । सुट इटहरीस्थित सोल्टी होटलमा सम्पन्न भएको हो, जसको फोटोग्राफी निश्चल ग्यालरीका निश्चल श्रेष्ठले गरेका थिए ।

ओपन स्पेस प्रालीको आयोजनामा भइरहेको यस प्रतियोगिताले सौन्दर्यसँगै महिला सशक्तिकरणलाई पनि जोड्ने उद्देश्य राखेको छ । फाइनल चरणमा रामधुनीकी कविना पोख्रेल, मोरङकी सृजना लिम्बू, इटहरीकी सीमा लकान्द्री, रंगेली मोरङकी अर्चना सिटौला, इटहरीकी समिता राई, खोटाङकी परिना राई, दुहवी सुनसरीकी रईसा चौधरी, इटहरीकी सिता पूरी, इटहरीकी मेघा खड्का, इटहरीबाट अनुशा कुँवर र उर्मिला मगर रहेका छन् ।

उनीहरू २ चरणको डिजिटल र फिजिकल अडिसन पार गरेर फाइनलमा पुगेका हुन् । हाल प्रतियोगीहरूलाई र्‍याम्प वाक, बोल्ने कला, महिला सशक्तिकरणसम्बन्धी ज्ञान लगायत विभिन्न बौद्धिक सिपमा प्रशिक्षण दिइएको आयोजकले जनाएको छ। प्रतिष्पर्धी हरुलाई शुभेक्षा कार्कीले कोरियोग्राफी गरिरहेकी छन् ।

विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता ‘मिसेस पुर्बेली आइकन’को पहिलो संस्करण गत वर्ष सफलतापूर्वक सम्पन्न भएको थियो । यसमा उचाइ वा मोटाइको कुनै सीमा तोकिएको छैन । यतिबेला प्रतिस्पर्धीहरूले ट्यालेन्ट राउन्डको तयारी पनि गरिरहेका छन् । विजेताले १ लाख बराबरको आकर्षक उपहार प्राप्त गर्नेछन् । प्रतियोगिताको ग्राण्ड फिनाले असोजको पहिलो सातामा इटहरीमै हुने आयोजकले जानकारी दिएको छ ।



सम्बन्धित खबरहरु

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

Latest










Popular
Suggested