English

प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम



प्लाष्टिकको प्रयोग घटाउन कपडाको झोला बनाउने तालिम बढ्दो प्लाष्टिकको प्रयोग न्यूनीकरण गर्ने उद्धेश्यले बाँकेको कोहलपुर नगरपालिकामा महिलाहरुका लागि कपडाको झोला बनाउने तालिम शुरु भएको छ । प्लाष्टिकजन्य फोहोर व्यवस्थापन तथा जवाफदेहिता परियोजना अन्तरगत रेस्टलेस डेभ्लप्मेन्टको सहयोग, कोहलपुर नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा उक्त तालिम सञ्चालन भएको हो । कोहलपुर नगरपालिका वडा नम्बर २ विशालनगरमा सञ्चालन हुने तालिमको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षतामा भएको उद्घाटन सत्रमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर २ का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि हरि कठायतले बास नेपालले कोहलपुर नगरपालिकामा थालेको प्लाष्टिक मुक्त अभियान अत्यन्तै प्रभावकारी रहेको बताए ।

कोहलपुर नगरपालिकाले प्लाष्टिक जन्य बस्तुको प्रयोग घटाउन कानुन निर्माण गरेको बताउदै बास नेपालले गरेको तालिमले पालिकाको नीति कार्यान्वयनमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । आगामी दिनमा पालिकाको ध्यान कार्यान्वयनमा हुने बताउदै तालिमबाट सिकेको शिपलाई ब्यवहारमा लागु गर्न सहभागिलाई अनुरोध गरे । उनले सहभागिहरुले तयार गरेका कपडाको झोलाको बजारीकरणमा वडा र पालिकाले सहयोग गर्ने प्रतिबद्धता गरे । यसैगरी कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका वातावरण शाखा प्रमुख विर बहादुर थापाले हरित कोहलपुरको अभियानमा तालिमले सहयोग पुर्याउने विश्वास ब्यक्त गरे । कोहलपुरको मुख्य चुनौतीको रुपमा रहेको प्लाष्टिकको न्यूनीकरणमा बास नेपालले थालेको प्रयास अत्यन्तै सहनिय रहेको उनको भनाई थियो ।

तालिमको उद्धेश्यमाथि प्रकाश पार्दै बास नेपालका निर्देशक हेमराज भट्टले वातावरणीय प्रभावको दृष्टीकोषले प्लाष्टिकको प्रयोग घटाउदै प्लाष्टिक मुक्त कोहलपुरको परिकल्पनाका साथ अभियान सञ्चालन गरिएको बताए । सो क्रममा तालिमको बिषय बस्तुका बारेमा तालिमका प्रशिक्षक गिता बिकले जानकारी गराएका थिए भने धन्यबाद ज्ञापन सहित कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए । कार्यक्रमको सञ्चालन बास नेपालका सिनियर सामाजिक परिचालक शोभा भण्डारीले गरेका थिए । १० जना स्थानीय महिलाहरुको सहभागिता रहेको तालिम ५ दिन सम्म चल्नेछ ।



सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested