English

प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा बास नेपालको आह्वान



प्रतिनिधि सभाको निर्वाचन २०८२ साल फागुन २१ गते हुँदैछ । संविधानअनुसार प्रतिनिधि सभा राज्यको सार्वभौम अधिकार सम्पन्न निकाय हो । भ्रष्टाचारको विरुद्धमा जेनजि पुस्ताले गरेको आन्दोलन पश्चात हुन गइरहेको यो निर्वाचन महत्वपूर्ण छ । देशलाई भ्रष्टाचारमुक्त बनाउन राजनीतिक नेतृत्वनैं योग्य र सक्षम हुनुपर्दछ । आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष रुपमा सम्पन्न गर्न सम्पूर्ण सरोकारवालाहरुलाई बागेश्वरी असल शासन क्बल (बास नेपाल) तपसिल बमोजिम आह्वान गर्दछ ।

१. निर्वाचन पूर्व, निर्वाचनको समय (मतदाता र मतगणनाको चरण) र निर्वाचन परिणाम पश्चात मुलुकभर शान्ति सुव्यवस्था कायम गर्न, भयरहित वातावरणमा स्वतन्त्र तवरले मतदान गर्ने व्यवस्था मिलाउन सरकारलाई आह्वान गर्दछ ।

२. निर्वाचनलाई, स्वच्छ, निष्पक्ष र विश्वस्निय रुपमा संचालन र सम्पन्न गराउन, अनियन्त्रित रुपमा हुनसक्ने निर्वाचन खर्च, तडक भडक, एआई तथा सूचना प्रविधिको माध्यमबाट सामाजिक संजालहरुको अवान्छित प्रयोग लगायत जारी गरिएको निर्वाचन आचार संहिताको उल्लघन हुन नदिन र भएमा कानुन वमोजिम सख्त कार्वाही गर्न निर्वाचन आयोगसँग जोडदार माग गर्दछ ।

३. मतदातालाई उपयुक्त र योग्य उम्मेदवारलाई आफ्नो मत प्रदान गर्ने अवसर दिन, निर्वाचन आचार–संहिता अनुकूल सभ्य र शिष्ट प्रचार–प्रसारको शैली अवलम्बन गर्न, डिजिटल वा अन्य माध्यमबाट आफ्नो चुनावी फाइदाको लागि झुटा आस्वासन सहित प्रचार नगर्न र नगराउन राजनीतिक दलहरुलाई बास नेपाल आह्वान गर्दछ । निर्वाचनको प्रचार प्रसारमा गरिने अपारदर्शी र अत्यधिक खर्च तथा आर्थिक लेनदेन भ्रष्टाचारको मूलकारण मध्येको एक भएकोले तोकिएको सिमा भित्र रही पारदर्शिरुपमा खर्च गर्न, मतदान, मतगणना र परिणाम घोषणापछि सभ्य र जिम्मेवारीपूर्ण व्यवहार गर्न गराउन राजनीतिक दलहरूलाई आह्वान गर्दछ ।

४. निर्वाचनमा विभिन्न दलहरूबाट वा स्वतन्त्र रुपमा भाग लिने उम्मेदवारहरूले प्रचार प्रसार, मतदान पूर्व, मतदानको समय, मतगणनाको समय र निर्वाचन परिणाम घोषणापछि पनि संयमित र उच्च आचरण र शिष्टताको प्रस्तुती गर्नुका साथै मतदातामा डर, त्रास, भ्रम वा लोभ–लालचमा नपारी निर्भयतापूर्वक आफ्नो स्वतन्त्र अभिमत व्यक्त गर्न सक्ने वातावरण बनाउन आह्वान गर्दछ साथै, निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार–संहिताअनुकूल आचरण र व्यवहार प्रदर्शन गर्न गराउन पनि सबैमा अनुरोध गर्दछ ।

५. कसैको लोभ–लालच, डर–त्रासमा नपरी आफ्नो विवेकले मतदान गर्न, हाम्रालाई होई, राम्रालाई, भ्रष्टलाई होईन, ईमान्दारलाई छान्न सम्पूर्ण मतदाताहरुलाई अनुरोध गर्दछ ।

६.निर्वाचनको क्रममा उम्मेदवार वा दललाई चन्दा, सहयोग दिने उद्योगी, व्यवसायी वा अन्य व्यक्तिहरूका साथै चन्दा लिने दल वा उम्मेदवारहरुले सहयोग पारदर्शी गर्न र निर्वाचन आचार–संहिता प्रतिकुल हुनेगरी प्रत्यक्ष वा अप्रत्यक्ष कुनै सहयोग नदिन अनुरोध गर्दछ ।

७. प्रतिनिधि सभाको आसन्न निर्वाचनको प्रत्येक चरणमा सञ्चार क्षेत्रले निष्पक्षता कायम गर्दै निर्वाचन आचार–संहिताको पालना गरि उम्मेदवारहरुको सदाचार प्रतिको प्रतिवद्धता सम्बन्धि स्पष्टता ल्याउन, मतदाताको भूमिका र सहभागिता बढाउन सहयोग गर्न अनुरोध गर्दछ ।

८. निष्पक्षता कायम गर्दै निर्वाचनलाई भयरहित, भ्रष्टाचारमुक्त बनाउन निरन्तर खवरदारी गर्न समस्त नागरिक समाजलाई बास नेपाल आह्वान गर्दछ । शिब कुमार बर्मा नमस्कार शाह केन्द्रीय अध्यक्ष कार्यकारी निर्देशक बास नेपाल बास नेपाल



...
Saklama Kabı

Golcia sağlıklı plastik saklama kabı, dayanıklı yapısı ve güvenli hammaddesiyle mutfakta gönül rahatlığı sağlıyor. https://golcia.com/

...
PPC-5 Saklama Kabı

Golcia okul saklama kabı, çocukların beslenmelerini güvenle taşımasına yardımcı oluyor. https://golcia.com/

...
PPC-5 Saklama Kabı

Golcia opak saklama kabı, sade ve şık tasarımıyla mutfakta estetik bir görünüm sunuyor. https://golcia.com/

...
Kaylah Schaefer

Good post! We will be linking to this particularly great post on our site. Keep up the great writing

...
lori harvey weight loss

For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

Latest










Popular
Suggested