English

नेपालमा भेटियो विश्वमै दुलर्भ सेतो गिद्ध



विश्वमै दुर्लभ मानिएको सेतो रंगको गिद्ध पहिलोपटक नेपालमा भेटिएको छ । नवलपुरको गिद्ध जटायु रेस्टुरेन्टमा देखिएको हिमाली गिद्ध निख्खर सेतो रंगको छ । चराविद्हरुले यसलाई अन्यन्तै दुर्लभ र अकल्पनिय बताएका छन् । यस्तो गिद्ध यसअघि कहिल्यै नदेखिएको उनीहरुको दाबी छ । आँखाको रौँ र आँखा मात्र कालो भएको यो गिद्धको अन्य भाग पुरै सेतो र कहीँकहीँ मात्र थोरै खैरो छ ।

वंशाणुगत गुणमा आएको परिवर्तन, शरीरलाई कालो खैरो बनाउने तत्वको कमी वा जलवायु परिवर्तनका कारण यसो भएको हुनसक्ने चराविद्हरु बताउँछन । वाइल्ड लाइफ फोटोग्राफर पेम्बा शेर्पा, सुगम ताम्राकार, ताहिर अहमद, राजेन्द्र महर्जन र नेचर गाइड प्रेम महत्तोको टोलीले पहिलोपटक सेतो रंगको हिमाली गिद्ध देखेका हुन् ।

यसबारेको हल्ला फैलिएपछि पछिल्लोसमय गिद्धको तस्बिर खिच्न जटायु रेष्टुरेष्ट पुग्नेहरुको घुइचो बढेको छ । जटायु रेष्टुरेण्ट स्थापना भए पछि सन २०११, सन २०२० र अहिले गरेर तीन पटक फरक–फरक जातका दुर्लभ गिद्ध देखिएका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested