फुटसलमा सिवाः सायमि च्याम्पियन
फागुन ९, केके मानन्धर ।
भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत छिमेकी जिल्लाबाट सहभागी रहेका १७ वटा टिमलाई उछिनेर खलःले फुटसलको उपाधि जितेको हो । प्रतियोगितामा काठमाडौंको थँहिति मानन्धर गुठी दोस्रो भएको छ । उपाधि जितेका टिमहरुलाई आउँदो फागुन २३ गते हुने स्वयम्भू भ्वय् समारोहमा नगद, मेडल तथा शिल्ड प्रदान गरिने कार्यक्रम संयोजक गजेन्द्र प्रसाद मानन्धरले जनाए ।

देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले ७३ औं स्थापना दिवसको सन्दर्भमा चन्द्रागिरि नगरपालिकास्थित मच्छेगाउँमा प्रतियोगिता सम्पन्न गरेको हो । समुदायभित्रको भ्रातृत्व सम्बन्धलाई निरन्तरता दिंदै खेलकुद र शारीरिक व्यायामको आवश्यकता बुझाउनको लागि प्रतियोगिता गरेको बताइएको छ । नकआउट खेल प्रणालीको आधारमा सम्पन्न भएको फुटसल प्रतियोगितालाई चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरिले फुटबल हस्तान्तरण गरेर सुरुआत गर्नुभएको थियो ।

टिमलाई समूह क र ख गरी दुई वटामा बर्गिकरण गरेर प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा काठमाडौंको दैसाः त्वाः मानन्धर सना गुठी, धालासिक्व मानन्धर सनागू खलः, पाक्व पुखूद्यां मानन्धर सना खलः, थँहिति मानन्धर गुठी, मानन्धर सनागू खलः न्हूसाः, लाय्कू साः मानन्धर समाज, भिंद्यः गुठी कालिमाटी, चस्वांद्वँ मानन्धर सनागू खलः, न्यागःमणि फेदी मानन्धर संघ, कागेश्वरी मनोहरा नगरपालिकाको दाछेँस्थित श्री मन्जुश्री मानन्धर गुठी, कीर्तिपुरको श्रीपन्चमी मानन्धर गुठी, मध्यपुर थिमिको सिवा साय्मि खलः, नागार्जुन नगरपालिकाको फय्ख्वाः मानन्धर गठी, भक्तपुर नगरपालिकास्थित गोमारी सिलाचःह्रे गुठी, साःक्वलां सिलाचःह्रे गुठी, सूर्यविनायक नगरपालिकाको मानन्धर समाज दधिकोट, काभ्रेको बनेपास्थित जापाली गुठी, चन्द्रागिरि नगरपालिकाको मच्छेगां मानन्धर गुठी लगायत १८ वटाले टिमले सहभागिता जनाएको थियो ।

प्रतियोगिता सकेपछि काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कार्यक्रमको लागि संस्थागत सहकार्य गरेका मध्ये मच्छेगाउँ मानन्धर गुठी र मत्स्य नारायण रिक्रियसन सेन्टरलाई धन्यवाद–पत्र हस्तान्तरण गर्नुभयो । संघले फुटसल गर्नको लागि व्यावसायिक रेफ्री सुरज साय्मि, वरिष्ठ खेलाडीहरु उज्ज्वल र सर्वज्ञ मानन्धर तथा खेलप्रेमी उमेश मानन्धर सम्मिलितको कार्यदल गठन गरिएको थियो । आयोजक संस्थाको लागि संघका कोषाध्यक्ष राजेन्द्र मानन्धरले चियानास्ताको लागि व्यवस्थापन गर्नुभएको थियो ।











Beşiktaş Gider Su Kaçağı Tespiti
Beşiktaş Gider Su Kaçağı Tespiti Cihazlı sistem çok etkiliydi. https://watchxxxfree.club/?p=631563