English

दोश्रो संस्करणको ‘मिस्टर एण्ड मिस पूर्बेलि’का ३९ प्रतिष्पर्धीको फोटोसुट सम्पन्न



इटहरी/ बालबालिकाभित्र लुकेको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजित ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली सिजन-२’ को फोटो तथा भिडियोसुट इटहरीमा सम्पन्न भएको छ । शनिबार इटहरी स्थित मादेन इन मा प्रतियोगिताका ३९ जना प्रतिस्पर्धी बालबालिकाहरूको फोटोसुट र भिडियोसुट सम्पन्न गरिएको हो । उक्त फोटोसुट निश्चल ग्यालरीले गरेको थियो भने सहभागीहरूको मेकअप ‘मार्टिना मेकअप स्टुडियो’ ले गरेको थियो ।

प्रतियोगिताको बारेमा जानकारी दिँदै आयोजक संस्था ओपन स्पेस प्रा.लि. का निर्देशक सरोज श्रेष्ठले यो मञ्च बालबालिकाको बौद्धिक क्षमता निखार्ने र उनीहरूलाई भविष्यमा कला तथा फेसनको क्षेत्रमा तयार पार्ने माध्यम भएको बताए । निर्देशक श्रेष्ठका अनुसार, गत वर्ष सम्पन्न पहिलो सिजनका प्रतिस्पर्धीहरूले नेपाली फिल्म क्षेत्रमा समेत अवसर पाएका छन् ।

पहिलो संस्करणका प्रतिस्पर्धी अवि भट्टराईले चर्चित अभिनेता सौगात मल्लको बाल्यकालको भूमिका फिल्म ‘बलिदान’ मा निर्वाह गर्ने मौका पाएको उदाहरण दिँदै उनले यो प्रतियोगिता अवसरको ढोका भएको बताए । हाल सहभागीहरूलाई कोरियोग्राफर सुभेक्षा कार्कीले र्याम्प वाकको विशेष प्रशिक्षण पनि दिइरहेकी छन् ।

यसका साथै बालबालिकाको आत्मविश्वास बढाउन व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर कला र योगा जस्ता विषयमा पनि तालिम दिइनेछ । प्रतियोगिताको ग्राण्ड फिनाले माघको तेस्रो साता इटहरीमा हुने निर्देशक श्रेष्ठले जानकारी गराए । विजेताहरूले नगद पुरस्कारका साथै विभिन्न आकर्षक गिफ्ट ह्याम्परहरू प्राप्त गर्ने आयोजकको भनाई छ ।



सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested