English

सेक्सको इच्छा नभए यसरी पार्टनरलाई खुशी बनाउनुस् !



सेक्सले खुशी र सन्तुष्टि प्रदान गर्दछ ,तर इच्छा विपरित गरेको यौनसम्पर्कले खुशी दिदैन । सेक्सको लागि दिमाग तयार हुनु आवश्यक हुन्छ । धेरै जना यौनको लागि तयार नभए पनि, पार्टनरलनई नराम्रो नगालोस् भनेर आफ्नो पार्टनरसँग कुरा गर्न सक्दैनन् । तर, यस्तो गर्नु हुँदैन । यदि तपाई विवाहअघि यौन सम्पर्क चाहनुहुन्न वा तपाईलाई मन पर्दैन भने आफ्नो पार्टनरसँग कुरा गर्नुपर्छ । पर्टनरलाई आफ्नो मन नलाग्नुको कारण बताउनुपर्छ । डाइरेक्ट अस्विकार गर्दा उनीहरूलाई नराम्रो महशुस हुन्छ । त्यसैले उनीहरुलाई अस्विकार गर्ने उपाय यस्तो छ ।

कारण बताउनुपर्छ

आफ्नो पर्टनरलाई मनको कुरा बताउनु पर्छ । तपाई यौन सम्पर्कको लागि किन तयार हुनुहुन्न भन्ने कुरा पार्टनरलाई जानकारी दिनुपर्छ । सिधै अस्विकार गर्दा उनीहरुलाई नराम्रो लाग्न सक्छ । मुड ठिक छैन भने पनि राम्ररी बोल्नुपर्छ । राम्ररी सम्झाउनु पर्छ । नत्र यही कुरामा मनमुटाव हुन सक्छ ।

कुन कुरामा सहज महशुस हुन्छ त्यो बताउनुपर्छ

सेक्स गर्ने मूडमा नहुन पनि सकिन्छ । तर, चुम्बन वा अंकमाल गर्न मन लाग्न सक्छ । केवल चुम्बन र अंकमाल गर्न मात्र मन छ भने त्यो कुरा आफ्नो पार्टनरलाई भन्नुपर्छ । कहिलेकाँही केही कुरा भन्न चाहँदा पर्टनरले अरु नै केही बुझ्न सक्छन् । त्यसैले सबै कुरा स्पष्ट बताउनु पर्छ । तपाई कहिले सेक्सको लागि तयार हुनुहुन्छ त्यो भन्नुपर्छ।

स्पष्ट रूपमा कसैले तोकेको समयमा सेक्सको लागि तयार हुन जबरजस्ती गर्न मिल्दैन । तयार छैन भने स्पष्ट रूपमा अस्विकार गर्न सक्नुपर्छ । तर यदि दिमागमा केही समय पछि तयार हुन्छु जस्तो लाग्छ भने त्यो पनि बताउनु पर्छ । केही समय पछि पनि मन नलाग्न सक्छ त्यसैले वाचा गर्नु हुँदैन ।

सेक्सको सट्टामा केहि अरू सुझाव दिनुपर्छ

पार्टनरसँग रमाईलो गर्नका लागि सेक्स मात्र छैन । यदि तपाईं दुईजना सँगै राम्रोसँग समय बिताउन चाहनुहुन्छ भने, अन्य रमाईलो योजना बनाउन सकिन्छ । चलचित्र हेर्न, खेल खेल्न वा सँगै कतै घुम्न जान सकिन्छ ।

पार्टनरलाई निर्णयको कदर गर्न आग्रह गर्नुपर्छ

कहिलेकाहीँ पार्टनरले नाइ भन्दा पनि अनुरोध गरिरहन्छन् । उनीहरुले बुझ्न नसक्दा दबाब सिर्जना हुन्छ । अस्विकार नगर्दा वा यौन सम्पर्कको लागि तयार छ भन्ने भ्रम पार्टनरलाई हुनसक्छ । त्यसैले यो गलत धारणा हटाउनुपर्छ । त्यस्ता व्यवहारबाट असहज महसुस भएको कुरा आत्मविश्वासका साथ प्रस्ट भन्नुपर्छ ।

यो पनि पढ्नुहोस्
सम्बन्धमा शारीरिक सम्पर्क किन महत्वपूर्ण छ ?
महीनावारीको बेला सेक्स गर्दा यी कुरामा ध्यान दिनुहोस् !
पहिलो शारीरिक सम्बन्ध कुन उमेर समूहमा धेरै हुन्छ ?
घरमै यसरी बढाउनुस् सेक्स पावर !
सेक्सबारे केही रोचक तथ्य !
सेक्सका लागि सबैभन्दा राम्रो र नराम्रो समय कुन हो र किन ?
पुरुषलाई घायल बनाउने महिलाका यी ५ गुण
सेक्सले महिलाको सौन्दर्यता यसरी बढाउँछ
पहिलो यौनसम्पर्कपछि महिलामा देखिन्छन् यस्ता शारीरिक समस्या
यी ६ तरीकाले यौन सम्बन्धलाई सहज बनाउनुस्
सेक्ससँग जोडीएको १० रोचक तथ्य
के शारीरिक सम्बन्धबाट कोरोना सर्छ ?
पुरुष प्रेग्नेन्ट हुँदा देखिन्छन् यस्ता लक्षण
महिलाले पुरुषसँग बिस्तारामा के चाहन्छन् !
यस कारण महिलाको यौनेच्छामा कमी आउँछ !
कस्ता मानिसको सेक्स लाइफ उत्कृष्ट हुन्छ ?
महिलाले सबैभन्दा धेरै पुरुषको के मन पराउँछन् ?
सेक्सअघि खान नहुने ५ कुरा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या