English

पुरुष प्रेग्नेन्ट हुँदा देखिन्छन् यस्ता लक्षण



गर्भावस्था एक सुन्दर अनुभुती हो जुन महिलाहरूले मात्र अनुभव गर्छन् । सुन्दा अचम्म लाग्ला तर केही पुरुषहरुमा पनि प्रेग्नेन्सीको लक्षणहरु देखिन सक्छ । जसलाई कुभेड सिन्ड्रोम भनिन्छ । महिला पार्टनरको प्रेग्नेन्सीको असर पुरुषहरुमा यतिसम्म हुन्छ कि उनीहरु आफ्नो पार्टनरलाई हुने सबै लक्षणहरु आफूमा महशुस गर्न थाल्छन् । जसलाई सहानुभूती गर्भअवस्था पनि भनिन्छ । मडिकल रुपमा भने यसलाई अझैसम्म कुनै पनि प्रकारको समस्या मानिएको छैन ।

लण्डन सेन्ट जर्ज अस्पतालको एउटा अध्ययनका अनुसार कुभेड सिन्ड्रोम भएका पुरुषहरुलाई महिलालाई जस्तै पेट दुख्ने, पेट फुल्ने, कम्मर दुख्ने , सुस्त हुने, दाँत दुख्ने, धेरै भोब लाग्ने लक्षणहरु देखा पर्छन् । यसको साथै डिप्रेसन, मुड परिर्वतन, बिहान छिटो निन्द्रा खुल्ने, तनाव र स्मरण शक्ती कमजोर हुने जस्ता लक्षणहरु पनि देखा पर्छन् ।

कौवॉड सिंड्रोम

सम्रगमा भन्दा प्रेग्नेन्सीको समयमा पुरुष आफ्नो महिला पार्टनर तथा हुनेवाला बच्चाप्रती एकदम धेरै सहानुभुती राख्दछन् । हुनेवाला बच्चाको बारेमा धेरै सोच्दा पनि यसको असर शरीरमा पर्न सक्छ । यो प्रेग्नेन्सीको पहिलो महिनामा सुरु भएर दोस्रो महिनामा घट्दै जान्छ र अन्तिम महिनामा देखिन थाल्छ । बच्चा जन्मिसकेपछि पनि केही दिनसम्म यस्ता लक्षणहरु देखिइरहन सक्छ ।

यस्तो सिमटम धेरै जस्तो विकसित देशहरुमा देख्न पाइन्छ । धेरै अध्ययन अनुसन्धानको अनुसार अमेरिका, स्वीडेन, थाइल्याण्ड, तथा ब्रिटेनका पुरुषहरुमा यो सिमटम धेरै देखिन्छ । भावनात्मक लगावको साथसाथै हार्मोनमा परिवर्तनलाई यसको कारण मानिन्छ ।

मनोवैज्ञानिकहरू पनि यो एउटा एक सुरक्षा कवच जस्तै भएको र यसमा उनीहरू आफ्ना पार्टनर र बच्चासँग धेरै नै बढी जोडिएका हुन्छन् र उनीहरुको धेरै ख्याल राख्दछन् भन्ने बुझिन्छ ।

मनोवैज्ञानिक असर: मनोविश्लेषणात्मक सिद्धान्तको अनुसार महिलाको प्रजनन क्षमताप्रति केही पुरुषहरुलाई एक प्रकारको ईष्या हुन्छ जसले गर्दा उनीहरुमा यी सिमटम देखिन्छ । तनाव, बच्चाको जन्मने बारेमा धेरै चिन्ता गर्दै, गर्भावस्थाको समयमा पार्टनरसँगको मतभेदले पुरुषहरूलाई मनोवैज्ञानिक रूपमा असर गर्न सक्दछ ।

कौवॉड सिंड्रोम

कुभेड सिन्ड्रोमको एक अर्को सिद्धान्त अनुसार कहिलेकाही पुरुषहरूले गर्भमा रहेको बच्चालाई उनीहरूको प्रतिद्वन्द्वी ठान्दछन्, किनकि उनीहरूले आमाको धेरै ध्यान पाउँछन् । र मनोवैज्ञानिकहरू पनि यो एउटा एक सुरक्षा कवच जस्तै भएको र यसमा उनीहरू आफ्ना पार्टनर र बच्चासँग धेरै नै बढी जोडिएका हुन्छन् र उनीहरुको धेरै ख्याल राख्दछन् भन्ने बुझिन्छ ।

केही स्वाथ्य विज्ञहरुका अनुसार पुरुषहरूले प्रत्यक्ष रूपमा गर्भावस्थाको अनुभव गर्न सक्दैनन् । प्रेग्नेन्सीमा उनीहरुको भूमीका सहयोगीको रुपमा मात्र हुन्छ । यस समयमा, तिनीहरू कहिलेकाहीँ केहि सानो–सानो चिजहरू महशुस गर्छन, जसको खासमा केही अर्थ हुँदैन । केही पुरुषहरुले भने लक्षणहरू महशुस गर्न सुरू गर्छन् ताकि उनीहरुले पार्टनरको ध्यान आफैंतिर तान्न सकुन् ।

यी हार्मोनल परिवर्तनहरूले बुबाको व्यवहारमा परिवर्त आउँछन्, थकान, भोक परिवर्तन, र तौल बढ्ने जस्ता लक्षणहरु देखा पर्छन् ।

केही विज्ञहरू भन्छन, कोही पुरुषहरू पिता बन्न लागे भनेर धेरै तनाव लिन्छन् एक प्रकारको दबव महशुस गर्दछन् । यस बाहेक, तिनीहरू आफूलाई बच्चाको जन्म भएको महशुस गर्छन्, जसको कारण उनीहरूमा कुभेड सिन्ड्रोम विकास हुन्छ ।

कौवॉड सिंड्रोम

हार्मोन परिवर्तनहरू: कुभेड सिन्ड्रोम हार्मोनसँग पनि सम्बन्धित छ । यद्यपि यसमा अझ बढी अनुसन्धान भइरहेको छ । २०२० र २०२१ मा प्रकाशित एउटा अध्ययनमा, गर्भावस्थाको पहिलो र तेस्रो महिनामा पुरुषहरूको प्रोल्याक्टिन र एस्ट्रोजेन हार्मोनको स्तर बढेको पाईएको छ । त्यस्तै टेस्टोस्टेरोन र स्ट्रेस हर्मोन कोर्टिसोलमा कमी आएको । यी पाइयो हार्मोनल परिवर्तनहरूले बुबाको व्यवहारमा परिवर्तन आउँछन्, थकान, भोक परिवर्तन, र तौल बढ्ने जस्ता लक्षणहरु देखा पर्छन् । यसको बारेमा धेरै अध्ययन भईरहेको छ । पुरुष आफ्नो प्रेग्नेन्सी पर्टनर र हुनेवाला बच्चाप्रती धेरै भावनात्मक रुपमा जोडीएको हुन्छ । यस्को साथै हार्मेनल परिवर्तनले पनि यस्तो लक्षणहरु देखिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

हरितालिका तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले आयोजना गरिएको ‘‘२१औं डाबर गुलावरी तीज फेस्टिबल–श्रृजनशील उद्यमी मेला २०८१’ आजबाट सुरु भएको

काठमाडौं, भदौ २ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल

 नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल उद्योगलाई प्रोत्साहित गर्न आगामी भदौ ११ देखि १६ सम्म नाडा अटो शो २०२४ गर्ने