बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
बुटवल: युवापुस्ताको रुचि, ऊर्जा, सिर्जनशीलता र सडक संस्कृतिलाई एउटै मञ्चमा जोड्दै पल्सर आरपीएम बुटवलमा आयोजना हुने भएको छ। काठमाडौंमा सुरुवात भएको पल्सर आरपीएम अब बुटवलमा आयोजना हुन लागेको हो। पल्सर आरपीएम बुटवल असोज १७ गते (३ अक्टोबर २०२६) बुटवलस्थित ढुंगा स्केट–एड स्केट पार्कमा आयोजना हुनेछ। कार्यक्रम दिउँसो २ः३० बजेदेखि सुरु हुनेछ। कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन।
पल्सर आरपीएम बुटवलमा मोटरसाइकल स्टन्ट, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, -याप, डिजे प्रस्तुति, ग्राफिटी लगायत सडक संस्कृतिसँग सम्बन्धित विभिन्न गतिविधि र प्रस्तुति रहनेछन् । यसले बुटवलका युवालाई आफ्नो प्रतिभा, सीप, रुचि र सिर्जनशीलता प्रस्तुत गर्ने तथा विभिन्न विधाका कलाकार र प्रतिभासँग जोडिने अवसर प्रदान गर्नेछ । काठमाडौंमा सुरुवात भएको पल्सर आरपीएम राजधानीबाहिर विस्तार हुँदै क्षेत्रीय युवा समुदायसँग प्रत्यक्ष रूपमा जोडिने क्रममा रहेको छ ।
बुटवलमा आयोजना हुने कार्यक्रमले बुटवलको आफ्नै ऊर्जा, स्थानीय युवा समुदाय र यहाँको सडक संस्कृतिलाई केन्द्रमा राख्दै स्थानीय परिवेशसँग जोडिएको विशेष अनुभव प्रस्तुत गर्नेछ । मोटरसाइकल, साहसिक खेल, संगीत र सडक संस्कृतिलाई एउटै मञ्चमा ल्याउँदै पल्सर आरपीएमले प्रदर्शन, आत्मविश्वास, सीप र आत्मअभिव्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । यसले पल्सरलाई युवाको रुचि, जीवनशैली र संस्कृतिसँग थप नजिकबाट जोड्ने अपेक्षा गरिएको छ । बुटवलमा आयोजना हुने पल्सर आरपीएममा सहभागी हुन सबै युवालाई आमन्त्रण गरिएको छ ।









Dayami Hunter
From cold boot to game in seconds. https://playdepot.pythonanywhere.com