English

पुरुषलाई घायल बनाउने महिलाका यी ५ गुण



आकर्षण केवल मेनिकेयर, पेडिक्योरहरू, मोइस्चराइजरहरू प्रयोग गर्ने, महँगो लुगा लगाउनु होइन । व्यक्तिगत सौन्दर्यता पनि आकर्षण हो । त्यहि व्यक्तिगत सौन्दर्यतालाई रोज्ने मानिसहरु पनि धेरै छन् । व्यक्तिगत सौन्दर्यता एउटा यस्तो कुरा हो, जो लामो समयसम्म टिकिरहन्छ । तर मेनिकेयर, मोइस्चराइजर गरेर देखिएको सौन्दर्यता क्षणिक हुन्छ । के हुन् त पुरुषलाई घायल बनाउने महिलाका पाँच गुण ? यो जान्ने चाहना धेरैको हुनुपर्छ ।

आत्मविश्वास

एक आकर्षक महिलामा हुनुपर्ने पहिलो गुण आत्मविश्वास हो । यदि एक व्यक्तिमा विश्वास छैन भने त्यो व्यक्ति आफूलाई राम्रोसँग अभिव्यक्त गर्न सक्षम हुँदैन । आत्मविश्वासको कमीलाई आकर्षक मानिदैन । यद्यपि, आत्मविश्वास भएको महिलाले आफूलाई आकर्षक बनाउन सक्छिन् । कनभने उनीहरुले आफूलाई राम्रोसँग अभिव्यक्त गर्न सक्छन् । तपाईं निडर हुनु धेरै महत्त्वपूर्ण हुन्छ ।
कुनै पनि व्यक्तिमा आत्मविश्वास त्यतिबेला आउँछ जब उसलाई आफ्नो बलियो पक्षको बारेमा थाहा हुन्छ । त्यसैले आफ्नो बलियो पक्षहरुको सूचि बनाउनु पर्छ । तपाईको सेन्स अफ ह्युमर होस् वा ध्यान दिएर सुन्ने क्षमता त्यो थाहा भयो भने अरुलाई प्रभाव पार्न सकिन्छ ।

स्वतन्त्र महिला

जो महिलाहरु आकर्षक हुन्छन् उनीहरुलाई स्वतन्त्र कसरी हुने भन्ने कुरा पनि थाहा हुन्छ । उनीहरु स्वतन्त्र भएकोले आफ्नो निर्णय आफैँ गर्छन् । जो महिला स्वतन्त्र छन् उनीहरु धेरै आकर्षक हुन्छन् । सबैले उनीहरुको प्रशंसा पनि गर्छन् । एक महिला स्वतन्त्र छिन् भने उनलाई निर्णय कसरी लिने थाहा हुन्छ । त्यसैले गुणहरू र सीपहरू विकास गर्नुपर्छ । जसमा आत्मविश्वास र आत्मनिर्भरता महशुस होस् । स्वतन्त्र मानिस भन्दा बढी शक्तिशाली र कामुक केही हुँदैन ।

जोखिम उठाउने महिला

उत्साह जगाउने गतीविधिमा संलग्न हुने जोडीहरुले आफ्नो सम्बन्धमा धेरै सुखद अनुभव र धेरै सन्तुष्टि प्राप्त गर्न सक्छन् । यसभित्र स्काइङ, पहाड चढ्ने, बन्जि जम्पिङ पनि पर्छ । सबै खाले अनुभवमा आश्चर्य र उत्साह हुन्छ ।
यदी तपाई उचाईसँग डराउनु हुन्छ भने के हुन्छ ? जोखीम मोल्न तपाईलाई हवाईजहाजबाट हाम फाल्नु पर्दैन । विश्वास भनेको तपाईंको डरलाई स्वीकार्ने क्षमता हो । जो महिला जोखिम लिन तयार हुन्छन् उनीहरु कुनै पनि कुरादेखि डराउँदैनन् भने यसले महिलालाई आकर्षक बनाउँछ ।

नियमित व्यायम गर्ने महिला

प्रत्येक व्यक्तिलाई स्वस्थ रहन व्यायाम महत्वपूर्ण हुन्छ । जसले आफ्नो राम्रो ख्याल राख्दछ र नियमित रूपमा व्यायाम गर्दछ उनीहरूको स्वास्थ्य राम्रो हुन्छ । त्यस्ता महिलाहरू आकर्षक हुन्छन् ।

आफ्नो शरीरलाई उमेर अनुसार कसरी ढाल्न सकिन्छ भन्ने कुरा आकर्षक महिलाहरुलाई थाहा हुन्छ । व्यायाम गरेर जो कोही आफँैलाई स्वस्थ राख्न सक्छ । यदि तपाई आकर्षक देखिन चाहानुहुन्छ भने तपाई व्यायाम गर्न सक्नुहुन्छ, त्यसको साथै पौडी खेल्न वा नृत्य कक्षा पनि लिन सक्नुहुन्छ ।

आत्म आलोचना गर्नुहुँदैन

जब तपाईं आफ्नो आलोचना गर्नुहुन्छ, अरुलाई मलाई मन नपराउ भन्नुहुन्छ भने त्यो राम्रो होइन । जो महिला आकर्षक हुन्छन् गुणवत्ता हुन्छन् उनीहरू आत्म आलोचना कहिल्यै गर्दैनन् । उनीहरु आफूलाई सकेसम्म सकारात्मक राख्छन् । साथै, यदि कुनै व्यक्तिले त्यस्ता महिलाको प्रशंसा गरिरहेका छन् भने, उनीहरुलाई बेवास्ता गर्नुहुँदैन । उनीहरुलाई धन्यवाद भन्नुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

Latest










Popular
Suggested