सेक्सका लागि सबैभन्दा राम्रो र नराम्रो समय कुन हो र किन ?



आफ्नो पार्टनरले सेक्समा इच्छा लगाएन भनेँ तपाईलाई सेक्स लाइफ नै नराम्रो हुने जस्तो लाग्छ । तर यसको पछि पनि एउटा महत्वपूर्ण कारण छ । तपाई कुन समय सेक्स गर्दै हुनुहुन्छ, यसको असर पनि पार्टनरमा पर्न सक्छ ।

हेल्थ एक्सपर्टका अनुसार धेरैजसो कपल्स रातीको समयमा सेक्स गर्नुलाई एकदमै राम्रो ठान्छन्, तर लभ मेकिङ्गको यो समय तपाईका लागि नराम्रो पनि हुन्छ ।

सेक्स टाइमिंग

फ्रन्टियर्स एन साइकोलोजी पत्रिकामा २०१८ मा प्रकाशित गरिएको एक स्टडीमा पुरुष र महिलाको यौनेच्छा बढ्ने समय फरक-फरक भएको पाइएको थियो । यो स्टडीका अनुसार महिलाको यौनेच्छा साँझको समयमा धेरै हुन्थ्यो भने पुरुषको बिहानको समयमा धेरै हुन्थ्यो । यो बेला उनीहरु सबैभन्दा धेरै उत्तेजित हुन्छन् ।

यो अध्ययनका अनुसार धेरैजसो कपल्स राती ९ बजेदेखि आधी रातसम्म सम्बन्ध बनाउँछन् । शोधकर्ताहरुका अनुसार यसका लागि कुनै एउटा मात्र समय हुँदैन । जो कपल्स आफ्नो रुटीनलाई ध्यानमा राखेर सम्बन्ध बनाउँछन्, उनीहरु धेरै यौनमा सन्तुष्ट हुन्छन् ।

सेक्स टाइमिंग

हरेक व्यक्तिको शारीरिक क्षमता फरक फरक हुने भएकोले पनि हरेकलाई फरक-फरक समयमा सेक्स गर्न मन लाग्छ । सेक्सले मानिसलाई आराम समेत दिने गरेको र सेक्सपछि मानिस राम्रोसँग निदाउने गरेको पाइएको छ ।

डाक्टर ब्रुश र थोमसका अनुसार काम सकिएपछि राती सँगै सुत्दा फिजिकल रिलेशन राम्रो हुन्छ । ब्रुशका अनुसार बिहानको समयमा सेक्स गर्नु अत्याधिक राम्रो हुन्छ । त्यस्तै थोमस भने सबैलाई त्यो समय सही नलाग्ने भएकोले सेक्स टाइमिङ्ग बनाएर शारीरिक सम्बन्ध राख्दा राम्रो हुन्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सरकारले कोभिड–१९ खोप प्रमाणपत्रको कन्सुलर प्रमाणीकरण गर्नु नपर्ने व्यवस्था गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र(सिसिएमसी) ले आइतबार स्वास्थ्य तथा

पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई हजारभन्दा कम

पछिल्लो समय वैवाहिक वर्षगाँठ तथा जन्मोत्सव कार्यक्रमका नाममा फजुल खर्च गर्ने प्रचलन बढ्दै गएको छ । तर, यस्ता उत्सवमा हुने

शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको