English

चिनारी नै तुलसीको दाइ



घरको जेठो, परदेशको कान्छो नहुनु भन्छन् । बाहिर हिँड्दा जे–जति खत्रयाङ–मत्रयाङ हुन्छ, सानैलाई बोकाउँछन् । घरमा निःसन्देह जिम्मेवारीको बोझ ठूलैको काँधमा थुप्रिन्छ । त्यही अभिभाराका प्रकृति हेरेर यस्तो उक्ति बनाइएको होला ।

म घरको जेठो छोरा भएको नाताले ममाथि स्वभावतः अलि धेरै जिम्मेवारी आइलाग्यो । तर, मैले कहिल्यै त्यस्तो भारको अनुभूति गरिनँ । म हुर्किइसकेपछिका अधिकांश बहिनी–भाइ भएकाले दायित्व लिने उमेर भइसकेको पनि थियो मेरो ।

मभन्दा मुनि जेठी बहिनी ६ वर्षपछि जन्मिएकी हो । तेस्रो सन्तान तुलसीकुमार मभन्दा १३ वर्ष कान्छो छ । म र बहिनी मावलमा जन्मिएका हौं । माइलाको पालामा भने जेठी माइजूले ३ वटै सन्तान माइतीमा पाउनु हुँदैन भन्नुभएकाले आमालाई वार्चोक ल्याइएको रे । त्यतिबेलाको जनश्रुति त्यस्तै थियो ।

हाम्रो बाजेका पालामा हामी खानदानी थियौं रे । बाजे ५० वर्षमा बितेको रे । त्यतिबेला बज्यै जम्मा ३० वर्षकी मात्रै । त्यही उमेरमा ६ सन्तान पाइसक्नुभएको रहेछ । पछि अंशबन्डा गर्दा बज्यैलाई ‘सम्पत्ति दियो भने पोइल जान्छे’ भनेर थोरै र कमसल दिइएको रहेछ । त्यही कारण हाम्रो आर्थिक स्थिति बिग्रिएछ । त्यति हुँदा पनि बज्यै हाँसेरै बस्नुभयो । जे भए पनि राम्रोसँग मरण भयो उहाँको ।

घरको आर्थिक अवस्था पनि कमजोर भयो । आमाले धेरै काम गर्नुहुन्थ्यो । घरतिर काम गर्ने ठूलो ठाउँ थिएन । मावलको बाजेले कामै गर्ने भएकाले आमालाई औधी माया गर्नुहुन्थ्यो । बाजे–बज्यैले पेवा पनि दिनुहुन्थ्यो । त्यसैले आमा धेरैजसो माइतमै बस्नुभयो ।

माइलो भाइ आएपछि हामी भाग्यमानी भयौं । भाइले हामी सबैको नाम राखेको छ । हामी सबैलाई यसैको नाउँले चिन्छन् अचेल । सानै हुँदादेखि नै मलाई कसैले बोलाउँदा या कहीं जाँदा तुलसीको दाइ भनेर चिन्थे । त्यसमा मलाई दुःख होइन, खुसी लाग्थ्यो ।

तुलसीको दाइ भए पनि मलाई प्रायःले भाइ भनेर बोलाउँथे । गाउँतिर पनि केटाहरुले तुलसीलाई चाहिँ दाइ भन्थे । अनि तुलसीले मेरो दाइ हो उहाँ भनेपछि बल्ल मलाई दाइ भनेर बोलाउँथे । मलाई भाइ बनाउँदा उसले असहजता महसुस गर्थ्याे । दाइको सम्मान सधैं दिन्थ्यो । सानैदेखि ।

माइलो सानामा अति नै चकचके थियो । मान्छेचाहिँ सानोसानो, चकचक उग्रै, नसकिने खालको । तर, हिम्मतिलो । जे कुरा पनि गर्न सक्छु भन्ने । छेलो हान्नुपर्याे भने कसैले नजित्ने उसलाई । त्यस बेलाका च्याम्पियन सबैलाई जितेर देखाइदियो । हारेको रेकर्ड छैन कतै ।

बुवा ६० वर्षको हुँदासम्म तन्दुरूस्त हुनुहुन्थ्यो । पछि धेरै रक्सी खान थालेपछि कलेजो बिग्रिएर जानुभयो । त्यो घटनाले मलाई ठूलो पिर पर्याे । मलगायत मेरा छत्रछायामा बस्ने भाइबहिनीहरु मादक पदार्थ वा लागूऔषधको कुलतमा फस्छन् कि भन्ने सधैं डर थियो ।

जाँड–रक्सी खानु हुँदैन भन्ने सिद्धान्त थियो मेरो । बुवाको घटनापछि म झन् यो अठोटमा दृढतापूर्वक पुगें । भाग्यवश, मेरा भाइ–बहिनीहरु कोही पनि रक्सीको लतमा छैनन् । मेरो मार्ग निर्देशनमा सबैजना हिँडेको देखेर खुसी लाग्छ ।

प्रायः तुलसीकै अग्रसरतामा हाम्रो परिवारले गाउँमा सामाजिक कार्य गर्दै आएको छ । स्कुलको स्तरोन्नति गर्न, शिक्षकलाई तलब खुवाउन केही व्यवस्था गरेका छौं । गाविसलाई पनि सहयोग गरेका छौं । बाटो, खानेपानी, बिजुली बत्ती ल्याउने व्यवस्था मिलाइदिएका छौं ।

दुःखको कुरो, हामी दाजु–भाइले १० कक्षाभन्दा बढी पढ्न सकेनौं । लाहुरको चलन थियो । लाहुरे बन्न त्यति पढेपछि पुगिहाल्थ्यो । त्यसैले पढाइलाई खास प्राथमिकता दिइएन । बहिनीहरुले पनि १० कक्षाभन्दा बढी पढेनन् ।

उमेरमा तुलसी मभन्दा १३ वर्ष कान्छो भए पनि हामीलाई बाहिर चिनाउने उही हो । उसैका कारण देश–विदेशमा हाम्रो पहिचान भयो । हाम्रो नाम राख्यो ।

ईश्वर गुरूङ, दाइ

(तुलसीकुमार गुरुङद्घारा लिखित ‘तुलसी’ पुस्तकमा लेखकका दाइ ईश्वर गुरुङले ब्यक्त गरेको भावनाको अंश,पुस्तक जेठ १४ गते काठमाडौंमा लोकार्पण हुँदैछ ।)

यो पनि…
समाज र शिक्षामा लगाव

प्रेरक अनि उत्प्रेरक



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

जेभियर एकेडेमी स्टुडेन्ट काउन्सिलद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ मा अघोर ब्यान्ड बिजेता बनेको छ । निर्णायक र दर्शक दुवैलाई

काठमाडौं । पत्रकार/गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति एल्बम ‘भावस्पनदन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । मिलापको आयोजनामा बिहीबार काठमाडौंमा एक विशेष

पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण

चाडपर्वको अवसरमा नेपालमा मासुको अत्याधिक सेवन बढ्ने देखेर पोषणविद देखि चिकित्सकहरुले खानपिनमा विशेष ध्यान नपुर्‍याए स्वास्थ्यसम्बन्धी जटिलता देखापर्न सक्नेमा सचेत

Latest










Popular
Suggested