English

रटाइभन्दा तर्कलाई प्राथमिकता दिने ग्लोबल म्याथ डिबेट लिग सम्पन्न



काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ । ग्लोबल म्याथ डिबेट लिगद्वारा आयोजित राष्ट्रिय चरण ललितपुरस्थित द प्लाजामा सफलतापूर्वक सम्पन्न भएको हो । झापा, विराटनगर, चितवन, लुम्बिनी, पोखरा र काठमाडौँबाट सुरु भएको यो शैक्षिक यात्रा राष्ट्रिय स्तरको सर्किटका रूपमा विस्तार हुँदै आएको थियो । गणित विषयमा नयाँ ढङ्गले तर्क र बहस गर्ने नेपालको पहिलो मञ्चका रूपमा यसले विशेष पहिचान बनाउन सफल भएको छ । शैक्षिक संस्था एमबार्क अनम्याथको नेतृत्वमा सञ्चालन भएको यस अभियानले विद्यालयमा गणित पढाउने र बुझ्ने परम्परागत शैलीलाई फरक आयाम दिएको छ । यहाँ छिटो उत्तर निकाल्नु वा सही जवाफ दिनु मात्र महत्वपूर्ण हुँदैन; विद्यार्थीले आफ्नो उत्तर किन सही हो भन्ने स्पष्ट रूपमा व्याख्या गर्नुपर्छ । अरूको तर्कमा प्रश्न उठाउँदै आफ्नो धारणा तार्किक र सुस्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने हुन्छ । यस कारण यो प्रतियोगिता परम्परागत परीक्षाभन्दा फरक र शैक्षिक समीक्षाको अभ्यासका रूपमा हेरिएको छ ।

क्षेत्रीय चरणदेखि राष्ट्रिय मञ्चसम्म : क्षेत्रीय चरणहरू सम्पन्न भएपछि झापा, विराटनगर, चितवन, पोखरा र बुटवलबाट उत्कृष्ट टोलीहरू राष्ट्रिय मञ्चमा प्रतिस्पर्धाका लागि पुगेका थिए । अल्फा क्याटेगरीमा १३ टोली र बिटा क्याटेगरीमा १४ टोली च्याम्पियनसिप चरणमा प्रवेश गरेका थिए । यसले प्रतियोगिताप्रति बढ्दो रुचि र प्रतिस्पर्धाको स्तर स्पष्ट देखाएको छ । रटाइको संस्कृतिलाई चुनौतीः नेपालको शिक्षा प्रणालीमा अन्तिम उत्तरलाई नै प्रमुख उपलब्धि मान्ने परम्परा रहँदै आएको छ तर ग्लोबल म्याथ डिबेट लिगमा ‘किन’ र ‘कसरी’ भन्ने पक्षलाई उच्च प्राथमिकता दिइन्छ । विद्यार्थीहरूले गणितीय दाबी वा निष्कर्षका पक्षमा तर्क तयार पार्छन् र हरेक प्रश्नको सुसंगत जवाफ प्रस्तुत गर्छन् । राष्ट्रिय च्याम्पियनको अल्फा क्याटेगरीको पहिलो स्थानमा प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कुल, मानव सांघाई, आँश रुँगटा, विवान अग्रवाल त्यस्तै दोस्रो स्थानः काठमाडौँ प्रज्ञा कुञ्ज स्कुल, आध्या थापा, अनुप्रेक्षा खतिवडा, विधेयक ढकाल तथा तेस्रो स्थानः नामी इन्टरनेशनल स्कुलबाट श्रेयसी आचार्य, काव्य श्रीवास्तव, अक्षज पराजुलीले प्राप्त गरे ।

त्यस्तै बिटा क्याटेगरीमा पहिलो स्थानः न्यू होराइजन इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल, प्रस्तुति नेपाल, समराग्री बेलबासे, प्रेक्षा खनाल त्यस्तै दोस्रो स्थानः प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कुल, आयुष्मान अग्रवाल, आगमन गौतम, ओसिन श्रेष्ठ तथा तेस्रो स्थान (संयुक्त) : राई स्कुलका विपुल दुबे, गौरांश त्यागी, ओजस झा तथा कुमुदिनी होम्स सेकेन्डरी स्कुलबाट संस्कृति गैरे, आदित्य खत्री, प्रतिष्ठा के.सी. ले प्राप्त गरे । यस प्रतियोगिताको राष्ट्रिय चरणमा ब्रिटानिका आएनसीले अनुसन्धान तथा सीप–प्रविधि साझेदारका रूपमा सहभागी भएको थियो । त्यसैगरी फुडमाण्डु खाना डेलिभरी साझेदार र टिबिजी नेपाल फ्र्याक्सन प्रायोजकका रूपमा संलग्न रहेका थिए भने लुम्बिनी वल्र्ड स्कुल र कुमुदिनी होम्स सेकेन्डरी स्कुल सह–आयोजक साझेदारका रूपमा रहेका थिए । त्यस्तै एडुकेज र ल्याब अफ फ्युचरले पनि आवश्यक सहयोग प्रदान गरेका थिए । विद्यालय र निजी क्षेत्रबीचको यस्तो सहकार्यले आगामी दिनमा शैक्षिक कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने सम्भावना देखाएको छ । भविष्यमा यस्ता शैक्षिक सर्किटहरू विस्तार गर्न यो सहकार्यात्मक ढाँचा उपयोगी मोडेल बन्न सक्ने विश्वास व्यक्त गरिएको छ । मूल्यांकनका क्रममा तर्कको गहिराइ, विचारको स्पष्टता, विषयवस्तुसँगको तालमेल तथा परिस्थिति अनुसार अनुकूलन गर्ने क्षमतालाई आधार बनाइन्छ । यस्ता सीपहरू उच्च शिक्षा तथा वास्तविक जीवनका समस्या समाधानमा उपयोगी मानिन्छन् । बहसको यो ढाँचाले विद्यार्थीका कमजोरीहरू उजागर गरी उनीहरूलाई आफ्नो सोचाइप्रति थप आत्मविश्वासी बन्न मद्दत पु-याउँछ।



...
fahzaenterprise

Very well presented. Every quote was awesome and thanks for sharing the content. Keep sharing and keep motivating others.

...
que hacer si mi paquete fue detenido en la aduana

Que hacer si detienen tu paquete en la aduana en mexico

...
sex khong che

This is my first time pay a quick visit at here and i am really happy to read everthing at one place https://heosexhay.net/

...
weight loss drinks

naturally like your web site however you need to take a look at the spelling on several of your posts. A number of them are rife with spelling problems and I find it very bothersome to tell the truth on the other hand I will surely come again again.

...
weight loss after pregnancy

Faydalı bilgilerinizi bizlerle paylaştığınız için teşekkür ederim.

...
Amya Barnes

I do not even understand how I ended up here, but I assumed this publish used to be great

...
fasting for weight loss

Çok işime yaradı bende bunu nasıl yapacağımı araştırıyorum. Paylaşım için teşekkür ederim.

...
avşa hukuk web sitesi

Very well presented. Every quote was awesome and thanks for sharing the content. Keep sharing and keep motivating others. avşa otel yazılımı

...
avşa temizlik firması web sitesi

You’re so awesome! I don’t believe I have read a single thing like that before. Really.. This website is something that is needed on the internet, someone with a little originality! avşa oto galeri web sitesi

...
yeraltı bozo gerçekte kim

For the reason that the admin of this site is working, no uncertainty very quickly it will be renowned, due to its quality contents.

...
kötü hijyen nedir

Very well presented. Every quote was awesome and thanks for sharing the content. Keep sharing and keep motivating others.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested