मेलिना राई र उत्तमजंग लिम्बुको स्वरमा ‘अमेरिकामा माया’ सार्वजनिक
काठमाण्डौं /
नेपाली सांगीतिक बजारमा नयाँ गीत ‘अमेरिकामा माया’ सार्वजनिक भएको छ। लोकप्रिय गायिका मेलिना राई र गायक उत्तमजंग लिम्बु को सुमधुर स्वरमा सजिएको यस गीतले वैदेशिक जीवन र प्रेमको भावनात्मक कथालाई प्रस्तुत गरेको छ। गीतको शब्द तथा संगीत नोबिन जेके ले तयार पारेका हुन्। आधुनिक मेलोडी र समसामयिक भावनालाई समेटिएको यस गीतमा रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ भोला पौडेल ले गरेका छन्। स्टुडियो ध्वनि डिजाइनमा पनि पौडेलकै योगदान रहेको छ, जसले गीतलाई प्राविधिक रूपमा परिष्कृत बनाएको छ।

गीतको भिडियोतर्फ कलाकार निशान एसके र कविता न्यौपाने ले अभिनय गरेका छन्। वैदेशिक भूमिमा रहेका नेपाली युवायुवतीको प्रेम, संघर्ष र सम्झनालाई कथात्मक शैलीमा प्रस्तुत गरिएको भिडियोले दर्शकको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ। छायांकन दिपक गिरी ले गरेका हुन् भने सम्पादन मिलन विश्वकर्मा ले गरेका छन्।

कोरियोग्राफीमा थमन तोदी को मेहनत देख्न सकिन्छ। भिडियो निर्देशन स्वयं निशान एसके ले गरेका हुन्। ‘अमेरिकामा माया’ ले प्रेम र दूरीबीचको भावनात्मक सम्बन्धलाई आधुनिक संगीत र आकर्षक दृश्य संयोजनमार्फत प्रस्तुत गरेको छ। विदेशिएका नेपाली समुदाय र युवा पुस्तालाई लक्षित गर्दै निर्माण गरिएको यो गीतले छोटो समयमै दर्शक–श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।











list of canadian pharmaceuticals online
Just wish to say your article is as surprising. The clarity in your post is just cool and i can assume you're an expert on this subject. Fine with your permission allow me to grab your RSS feed to keep up to date with forthcoming post. Thanks a million and please keep up the gratifying work.