English

प्रेरक अनि उत्प्रेरक



कुरा सन् २०१३ जुलाईको हो । तुलसी दाइको एक शिष्यले फोनमा सुनाए, ‘हङकङ राष्ट्रिय तेक्वान्दोको प्रमुख प्रशिक्षकमा हाम्रो गुरु चयन हुनुभयो नि ।’ कान्तिपुर दैनिकसँगको आबद्धताका कारण समाचारका लागि उनले मलाई यो कुरा सुनाएका थिए ।

मलाई भने पत्यारै लागेन । ब्रुस ली, ज्याकी च्यान र ब्रेट लीजस्ता महान् हस्तीका मार्शल आर्ट कलाले विश्व हल्लाएको त्यो भूमिमा कसरी एउटा साधारण नेपाली मुख्य प्रशिक्षक हुनसक्छ ? तर पनि एकमनले भन्यो– यो कुरा साँचो हो भने नेपाल र विश्वभरका नेपालीका लागि गौरवको ठूलो विषय हुनसक्छ । किनकि, हङकङ मात्र नभएर विश्व खेलकुद इतिहासमा यो स्थान हासिल गर्ने उहाँ पहिलो नेपाली हुनुहुन्थ्यो ।

तपाईका लागि यो सफलता सानो होला । तर, संसारभरका नेपालीका लागि यो ठूलो गौरवको विषय हुनसक्छ । तपाई हजारौं युवाहरुका लागि असीम प्रेरणाको स्रोत बन्न सक्नुहुन्छ । त्यसैले आफ्ना लागि होइन, ती तमाम युवाहरुका लागि यो समाचार सार्वजनिक हुनुपर्छ, जो तपाईंजस्तै बन्ने सपना बुनेका छन् ।

तुलसी दाइसँग म यसअघि नै सामान्य परिचित थिएँ । फोन गरी भेटका लागि अनुरोध गरें । तर, उहाँले समाचार र भेट दुवैका लागि खासै रूचि देखाउनुभएन । ‘कुरा सत्य हो । तर समाचारमा खासै मलाई रूचि छैन । पत्रिकामा छापिँदैमा केही हुन्छ भन्ने मलाई लाग्दैन’, उहाँले थप्नुभयो, ‘यस्तो कुराको के समाचार बनाउनु, छोडिदिउँ ।’

समाचारका लागि लायकै नभएका कुरामा समेत मरिहत्ते गर्ने मान्छेका भीडमा मैले उहाँलाई बिल्कुलै अलग पाएँ । मैले भनें, ‘तपाईका लागि यो सफलता सानो होला । तर, संसारभरका नेपालीका लागि यो ठूलो गौरवको विषय हुनसक्छ । तपाई हजारौं युवाहरुका लागि असीम प्रेरणाको स्रोत बन्न सक्नुहुन्छ । त्यसैले आफ्ना लागि होइन, ती तमाम युवाहरुका लागि यो समाचार सार्वजनिक हुनुपर्छ, जो तपाईंजस्तै बन्ने सपना बुनेका छन् ।’

यति भनिसकेपछि उहाँको सोचमा केही परिवर्तन आएको हुनुपर्छ । दाइ अन्तर्वार्ताका लागि तयार हुनुभयो । पत्रकार न परियो मनमा थोरै शंका–उपशंका बाँकी नै थिए । मैले तालिमस्थलमै तस्बिर र अन्तर्वार्ता लिन अनुरोध गरें । उहाँले साम सि पोस्थित तालिम स्थलमा बोलाउनुभयो ।

उहाँका प्रेरक भनाइले मेरा आँखा धेरैपटक रसाएका छन् । दाइसँगको चिनाजानी डेढ दसक पुरानो भए पनि हामी नजिकिएको सन् २०१५ को भूकम्पपछि हो ।

म पुग्दा उहाँ चिनियाँ राष्ट्रिय खेलाडीहरुलाई प्रशिक्षण दिँदै हुनुहुन्थ्यो । सहायक प्रशिक्षकहरुले सघाइरहेका थिए । विदेशी भूमिमा उहाँको प्रशिक्षणकला र ऊर्जा देखेर मेरो छाती ढक्क फुल्यो । म टाढैबाट तस्बिरहरु खिचिरहेको थिएँ । तालिम सकिएपछि हामी नजिकैको कफी सपमा बस्यौं । मैले मोबाइलको रेकर्ड अन गरे । उहाँले इतिहास पल्टाउँदै जानुभयो । म नतमस्तक भएर सुन्दै गएँ । हामी लामो गफिएर छुट्टियौं ।

कान्तिपुरले उक्त समाचारलाई प्राथमिकताका साथ सम्प्रेषण ग¥यो । मलाई थाहा छैन, यो समाचार कति युवाहरुका लागि प्रेरणाको स्रोत बन्न सफल भयो । तर, म उक्त दिनदेखि उहाँको ठूलो प्रशंसक बनें । अत्यन्त सरल, सहयोगी, अनुशासित र दृढसंकल्प भएको कोही व्यक्ति मैले जीवनमा भेटको छु भने त्यो एकमात्र तुलसी दाइ हुनुहुन्छ । मैले उहाँमा पाएको सत्य यही नै हो ।

भनिन्छ, ‘सम्बन्ध विश्वासमा अडिएको हुन्छ ।’ तर, मलाई लाग्थ्यो– यहाँ कसैले कसलाई किन विश्वास गर्नु, यो सब भन्ने कुरा न हो । उहाँले मलाई दर्शाउनुभएको अथाह विश्वासप्रति म नतमस्तक छु । काम गर्दै जाँदा कुनैबेला लडिन्छ, ठोकिन्छ थाकिन्छ । त्यतिबेला म जब उहाँलाई सम्झन्छु, कुरा गर्छु शरीर एक्कासी ऊर्जावान् भएर आउँछ ।

हामीलाई ती घर हस्तान्तरण गर्नु मात्र थिएन, भूकम्पले थिलथिलो पारेको मनमा दरिलो आत्मविश्वास पनि भर्नु थियो । अनि, साथीहरुका सल्लाहमा प्रत्येक घरका दैलामाथि लेखियो, ‘हामी उठ्नेछौं– वी विल राइज ।

उहाँका प्रेरक भनाइले मेरा आँखा धेरैपटक रसाएका छन् । दाइसँगको चिनाजानी डेढ दसक पुरानो भए पनि हामी नजिकिएको सन् २०१५ को भूकम्पपछि हो । भूकम्पले नेपालका कैयौं जमिन फाटे । मन टुटे । घर ढले । तर, त्यही भूकम्प नै हो, जसले हामीलाई जोड्यो र आजसम्म जोडिरहेको छ ।

यसरी जन्मियो वि विल राइज

सन् २०१५ अप्रिलमा भुकम्प जानु केही हप्ताअघि साथी सुरज गुरूङ र म नेपाल भ्रमणमा थियौं । हङकङ फर्किएको केही दिनमै भूकम्प गयो । विश्वभरबाट सहयोगको लहर चलिरहेको थियो । हामीले पनि केही सहयोग संकलन गरी नेपालमा पठाउने योजना बनायौं । सल्लाहका लागि उही तुलसी दाइलाई सम्झियौं ।

उहाँले जोर्डनस्थित एक कफी सपमा बोलाउनुभयो । सुरज र म त्यहाँ पुग्यौं । उहाँले हामीलाई आफूले सक्दो सहयोग गर्ने बचन दिँदै यसका लागि अघि बढ्न हौंसला दिनुभयो । त्यो मे १ विश्व मजदुर दिवसका दिन थियो । केही दिनमै हामीले हङकङ, मकाउ र चीनका साथीहरुबाट ४५ लाख रूपैयाँ जम्मा ग¥यौं । त्यसमध्ये १० लाख तुलसी दाइको सहयोग थियो ।

सुरज र म फेरि नेपाल आयौं । सिन्धुपाल्चोक कर्थली ७, पोखरेस्थित एक दलित बस्तीमा सहयोग गर्न आग्रह भएबमोजिम हामी त्यहाँ पुग्यौं । घरहरु युद्धमा बम पड्किएर क्षतविक्षत भएझैं देखिन्थे । तुरून्त अस्थायी आवास निर्माण गर्नुपर्ने हालत देखियो । सोहीअनुरुप केही दिनमै ४० टहरा बनाइए । अब हामीलाई ती घर हस्तान्तरण गर्नु मात्र थिएन, भूकम्पले थिलथिलो पारेको मनमा दरिलो आत्मविश्वास पनि भर्नु थियो । अनि, साथीहरुका सल्लाहमा प्रत्येक घरका दैलामाथि लेखियो, ‘हामी उठ्नेछौं– वि विल राइज ।’

‘हामी उठ्ने छौं’ ले अभियानका रुपमा देश तथा विदेशमा निरन्तर विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ । हामीले भन्दै आएका छौं, ‘हामी उठ्ने छौं’ संसारभरका नेपालीबीच भावनात्मक सम्बन्ध निर्माणको सेतु हो । राष्ट्र निर्माणको जागरण हो । त्यसका लागि हातेमालोको पहल हो ।

कान्तिपुरकर्मी कविन्द्र महर्जनले यही वाक्य राखेर सुन्दर लोगो बनाए । हामीले सोचेका थिएनौैं, यो वाक्य यति बलवान् निस्केला । सामाजिक सञ्जाल फेसबुकमा के राखिएको थियो, यो आगोसरी फैलियो । अब यसलाई संस्थागत गर्नुपर्छ भन्ने सोचअनुरुप नेपालको विद्यमान कानूनबमोजिम हामी उठ्नेछौं अभियान ‘वि विल राइज फाउन्डेसन’ २०७२ कात्तिक १३ गते आधिकारिक दर्ता भयो । यस अभियानसँग हातेमालो गर्न देश तथा विदेशमा अनगिन्ती सहयोगी मनहरु जोडिनुभयो ।

त्यसयता ‘हामी उठ्ने छौं’ ले अभियानका रुपमा देश तथा विदेशमा निरन्तर विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको छ । हामीले भन्दै आएका छौं, ‘हामी उठ्ने छौं’ संसारभरका नेपालीबीच भावनात्मक सम्बन्ध निर्माणको सेतु हो । राष्ट्र निर्माणको जागरण हो । त्यसका लागि हातेमालोको पहल हो । राष्ट्रिय समुन्नतिको सकारात्मक सोच भएका नेपालीहरुबीचको विश्वव्यापी सञ्जाल बनाउने अभियान हो ।

त्यही सम्बन्ध, सञ्जाल र भावनाको उपयोगबाट देशलाई परेको बेला भरथेग हुन सकोस् भन्ने अभियानको लक्ष्य हो । अझ भन्नुपर्दा देश निर्माणको भावना जगाउने/जगाइदिने प्रयास हो । त्यसबाट व्यक्ति, समुदाय वा राष्ट्रलाई अधिकतम लाभ पुग्न सकोस् भन्ने ध्येय हो । यतिविध्न भनिरहँदा त्यो मे १ का दिन तुलसी दाइले हामीले सामाजिक कार्यमा लाग्न प्रेरणा नदिनुहुँदो हो त न वि विल राइज फाउन्डेसन हुने थियो, न तुलसी दाइसँगको यो सामिप्यता । पहिलो दिनदेखि आजसम्म यो संस्थालाई यहाँसम्म ल्याइपु¥याउन उहाँको निस्वार्थ सेवाभाव वर्णन गर्न यो पुस्तक अपुरो छ ।

निर्मल श्रेष्ठ, संस्थापक, वि विल राइज फाउन्डेसन
(तुलसीकुमार गुरुङद्घारा लिखित ‘तुलसी’ पुस्तकमा वि विल राइज फाउन्डेसनका संस्थापक निर्मल श्रेष्ठले ब्यक्त गरेको भावनाको अंश,पुस्तक जेठ १४ गते काठमाडौंमा लोकार्पण हुँदैछ ।)




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested