English

नटेर्ने, नझुक्ने, तेक्वान्दो नछोड्ने



तुलसीकुमार गुरूङ उमेरले मभन्दा कान्छो, कामले जेठो हुनुुहुन्छ । उमेरै नपुगी भर्ती भएर होला उहाँमा अलि पछिसम्म चञ्चलता र अपरिपक्वताको आभाष हुन्थ्यो । यदाकदा ।

पल्टनमा लामो समय सँगसँगै बितायौं हामीले । त्यस क्रममा सुख–दुःखका कतिपय अनुभूति सँगालेको छु मैले पनि । हामी कास्कीकै छिमेकी गाउँका हौं । त्यसले घनिष्ठता बढेको थियो । अरुभन्दा फरक दोस्ती थियो ।

सन् १९८२ मा कोरियामा ब्रिटिस आर्मीको गार्ड अफ अनर गर्न हामी दुईजना सँगै जाने मौका मिल्यो । उहाँ मार्सल आर्ट्समा पहिल्यै ब्ल्याकबेल्ट भइसक्नुभएको थियो । म पनि सानैदेखि तेक्वान्दोमा रूचि भएको मान्छे । सिक्ने मौका भने मिलेको थिएन । कोरियामा जति बसिन्छ, उहाँकै पछि लागेर सिक्नु पर्यो भन्ने इच्छा जाग्यो ।

म पनि तेक्वान्दो तालिममा भर्ना भएँ । एक–दुई हप्ता उहाँसँगै जिमतिर गएँ । त्यहाँ बसाइका क्रममा उहाँ एउटा डान थप्नसमेत सफल हुनुभयो ।

हामी कहिलेकाहीं अफ ड्युटीमा बेलुकी नाइट क्लबतिर जान्थ्यौं । हामीसँग विदेशी लाहुरेसमेत हुन्थे । कमान्डर अमेरिकन थिए– अग्ला न अग्ला । हामी फुच्चेले मुन्टो उठाएर उनको अनुहारतिर हेर्नुपर्ने । जब ड्युटीबाट नाइट क्लबमा हामी पुग्थ्यौं, कमान्डर–समान्डर भुलिदिन्थ्यौं । साथीजस्तै व्यवहार गर्न थालिहाल्थ्यौं ।

अरुलाई मान्छे नै नगन्ने उमेर र अवस्थामा थियौं हामी । म बरू अलि मिजासिलो थिएँ, तुलसी भने अति कडा स्वभावको । नेपालको ब्रुस ली भन्दा फरक पर्दैन थियो उहाँलाई ।

एक दिनको कुरा हो । हामी अर्को क्लबमा जान एउटा क्लबबाट निस्कियौं । उहाँले ट्रयाक सुट लगाउनुभएको थियो । त्यसको ढाडको भागमा ‘नेपाल ताइक्वान्दो’ लेखिएको थियो ।

आर्मीको अनुशासनअनुसार बाहिरफेर जाँदा त्यस्तो ट्र्याक सुटमा हिँड्न मिल्दैन । उहाँलाई त्यसमा कुनै वास्तै हुँदैन थियो । अनुशासनका नियम मिच्ने फरक मनोबल थियो ।

म क्लबबाट निस्किँदै थिएँ । हाम्रो टिमका अरु साथीले भने, ‘तुलसीलाई बाहिर घेरेका छन् ।’

यसो हेरें– ठूलो समूहको बीचमा उहाँ एक्लै पोजिसन दिएर बसिरहेको ! अरुले पनि हान्न भने सकेका थिएनन् ।

जब हामी गयौं, यसको समूह आयो भनेर डराएर सबै भागे । झगडाको कारण के थियो, थाहा छैन । तर, कहीं–कोहीसँग नडराउने उहाँको स्वभाव थियो ।

सिंगो समूहसँग एक्लै भिड्न तयार हुनुहुन्थ्यो । उहाँको अनुहारमा डरको भाव केही थिएन ।

वीरेन्द्रजंग गुरूङ, सैनिक सहकर्मी

(तुलसीकुमार गुरुङद्घारा लिखित ‘तुलसी’ पुस्तकमा लेखकका सैनिक सहकर्मी वीरेन्द्रजंग गुरुङले ब्यक्त गरेको भावनाको अंश, पुस्तक जेठ १४ गते काठमाडौंमा लोकार्पण हुँदैछ ।)

यो पनि…
हीराकाजी श्रेष्ठको ‘संसारा’ बजारमा
काव्यिक उपासनामा ‘प्रियमौनता’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested