English

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान



पोखरा, कार्तिक १५ गते । गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन्।शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो । समितिका उपाध्याक्षमा लाल कार्की ‘अन्जान’, सचिवमा रुपिन्द्र प्रभावी, कोषाध्यक्षमा आदर्श पोखरेल र सहसचिवमा बिर्सना बस्नेत चयन भए । यस्तै सदस्यहरूमा राजाराम पौडेल, सुरज उपाध्याय, रेशम रचक, जमुना पौडेल बराल र गणेशराज सदाशङ्कर चयन भएका छन् ।

प्रतिष्ठानका अध्यक्ष शीतल गिरीको अध्यक्षतामा भएको साधारण सभाबाट प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित भएको छ। गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ संयोजक तथा प्रेमराज अधिकारी र रेशम गिरी सदस्य रहेको निर्वाचन मण्डलले नयाँ कार्य समितिको घोषणा गरेको थियो । सोही अवसरमा प्रतिष्ठानले गीतकार सम्मान २०८२ गीतकार आरजु विष्ट ‘सल्यानी’ लाई प्रदान गरेको छ । नगद ५ हजार ५५५ रुपियाँसहित सम्मानपत्र र दोसल्ला रहेको सम्मान नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, कवि तथा गीतकार रमेश श्रेष्ठ, प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनियालगायतले विष्टलाई हस्तान्तरण गरे ।

कार्यक्रममा सरुभक्तले गीतको जननी गीतकारलाई बिर्सेर कुनै गायक/गायिकाले आफूलाई मात्र सर्वेसर्वा ठान्न नहुने धारणा राखे । गीतकारले पनि मलाई कसैले सम्झेन भनेर कुण्ठा बोकिराख्नु नपर्ने बताउँदै गीतकार आमा भएकाले आमालाई कसैले सम्झे पनि नसम्झे पनि आमा आमा नै हुने सरुभक्तको विचार थियो । आरजु जस्तो एक प्रतिभाशाली गीतकारलाई सम्मान गर्नु संस्था नै सम्मानित हुनु भएको बताउँदै उनले गीति साहित्यको ऐतिहासिक अभिलेख प्रकाशन गर्न प्रतिष्ठानलाई सुझाव दिए ।

सम्मानित गीतकार विष्टले आफू गायक हुने धुनमा लागिरहँदा त्यसमा आएको अवरोधले गीतकारका रूपमा केन्द्रित हुने मौका पाएको बताए । सम्मानले चर्चामा आउन नचाहने आफूलाई गीति क्षेत्रमा थप काम गर्ने जोस भरेको अनुभव सुनाए । सञ्चारकर्मीसमेत रहेका विष्टका जित मात्रै कहाँ हो र …, झ्याम्म झ्याम्म…, ठोकिँदा ठोकाइमा…लगायतका गीत चर्चित छन् । उनका करिब ३०० गीत रेकर्ड भएका छन् । उनको ‘सागर’ र ‘झ्याम्म झ्याम्म’ गरी २ गीति एल्बमसमेत बजार आएका छन् ।

कार्यक्रममा गीतकार तथा विम्बकवि रमेश श्रेष्ठ, पूर्व सम्मानित गीतकार सरस्वती श्रेष्ठ ‘सरू’, नेपाली लेखक सङ्घ, गण्डकी प्रदेशका अध्यक्ष डा. ईश्वरमणि अधिकारीलगायतले शुभकामना दिएका थिए । प्रतिष्ठानका संस्थापक अध्यक्ष हरिहर खनियाको संयोजकत्वमा गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ र सुरज उपाध्याय सदस्य तथा अध्यक्ष शीतल गिरी र सचिव रुपिन्द्र प्रभावी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसबमोजिम विष्टलाई सो सम्मान गरिएको हो । गीत लेखनका क्षेत्रमा योगदान पुर्‍याएका नेपाली गीतकारलाई हरेक २ वर्षमा प्रदान गरिने सम्मान यसअगि प्रकट पगेनी ‘शिव’, शीतल कादम्बिनी र सरस्वती श्रेष्ठ ‘सरू’ ले प्राप्त गरिसकेका छन् ।



सम्बन्धित खबरहरु

दीपमाला खरेल ढकालले ‘मिस नेपाल हङकङ इन्टरनेसनल २०२६’ को ताज जितेकी छन्। यससँगै उनी पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगिताकी

काठमाडौंको कोटेश्वरमा फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज सञ्चालनमा आएको छ । करिब एक दशकदेखि फेसन डिजाइनिङको क्षेत्रमा काम गरिरहेकी सुक्निता

अमेरिका- युवा ब्यवसायीहरुको साँझा संस्था फिने अमेरिकाको आयोजनामा अमेरिकामा आर्थिक अवसर तथा ब्यवसायका बिषयमा मिट एण्ड ग्रिट सम्पन्न भएको छ

काठमाडौं । नयाँ नेपाली गीत ‘सोल्टिनी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा प्रविन बज्राचार्य, बिना राउत, गीता भुजेल र

Latest










Popular
Suggested