English

पापा मेरो ‘रोल मोडल’



म बालपनका ती दिन नित्य सम्झन्छुु– मेरा साथीहरु प्रख्यात स्टार र सेलिब्रेटी खोज्थे अनि आफ्ना रोल मोडल भन्नुमा गर्व गर्थे ।

म भने त्यो भाग्यमानी थिएँ, जसका लागि टाढा जानै पर्दैन थियो । जो मेरै घरमै हुनुहुन्थ्यो ।

मेरालागि पापा नै रोल मोडल र सुपरहिरो हुनुहुन्छ, सधैं ।

म ती बालबालिकालाई नियाल्छु, जो अहिले वयस्क भइसके अनि जसले मेरो पापाका पौरख देखेका छन् । त्यो व्यक्ति जसले १० जना मान्छेमाथि उफ्रिएर/नाघेर फ्लाइङ किक हान्न सक्यो र ‘यो नाथे केही होइन’ भनेजसरी काठको बोर्ड भाँचिदियो । जसले देखाएको कलात्मक तागत ‘एक्सन मुभी’ को हिरोको भन्दा कम थिएन । म दर्शकदीर्घाको अघिल्लो पंक्तिमा थिएँ । त्यस क्षण सबैले ‘तुलसीको छोरा’ भन्नुको गौरव अवर्णनीय छ ।

उहाँसँग मानिसलाई तत्काल प्रभावित गर्ने खुबी छ । चमकता छ । पूर्णता छ । शुद्धता छ ।

उहाँ अथक् प्रयत्नशील हुनुहुन्छ । उहाँका लक्ष्यप्राप्तिमा कुनै सीमा वा बन्धनले रोक्न सकेनन् । सक्दैनन् । बाधा–व्यवधानलाई उहाँले त्यो काठको बोर्डझैं टुक्रा–टुक्रा पारिदिनुभयो । उहाँमा त्यो अदम्य क्षमता छ ।

जब उमेर ढल्किँदै बुढ्यौलीतिर प्रवेश गर्नुभयो, उहाँले आफ्नै मूल्य–मान्यता, आचार र सिद्धान्त निर्माण गर्नुभयो । उहाँको विद्वत् गुण जागरूक हुँदै गयो । ढाँट, छल र झुट समाचारको व्यापकता रहेको नयाँ विश्वमा जीवनको आदर्शलाई उहाँले कहिल्यै त्याग्नुभएन । म मेरो पापामाथि पूर्ण विश्वास गर्छु कि बरू चोट सहनु परोस्, उहाँले कहिल्यै छलछामको सहारा लिनुभएन । बेइमानीको बाटो कहिल्यै समाउनुभएन ।


पापा, हजुरले यस्तो गुण विकास गर्नुभएको छ, जो लिन होइन, दिन अग्रसर हुन्छ । दीन–दुःखी र जरूरी परेकालाई सहयोग गर्न तत्पर रहन्छ । र, मातृभूमि नेपालको समृद्धि हेर्न चाहन्छ । तपाईंको दयाभाव निरन्तरताको द्योतक हो, जुन सत्कार्यहरु म आफू अनुकरण गर्नेछु र भविष्यमा मेरा सन्ततिसम्म हस्तान्तरण गर्दै जानेछु ।

यी समग्रताका लागि धन्यवाद । तपाईंको छोरा हुन पाउनु मेरालागि अहोभाग्य हो । आई लभ यू पापा ।

अन्त्यमा, मैले सुनेको एउटा कथनसहित यो आलेख बिट मार्न चाहन्छु, जसले मेरो पापाको विशेषता संक्षेपमा बताउनेछ–

‘शक्तिले हामीलाई मोहित गराउँछ तर सम्झिइरहने गुणचाहिँ दया हो ।’

प्रशान्त गुरूङ, कान्छा छोरा

(तुलसीकुमार गुरुङद्वारा लिखित ‘तुलसी’ पुस्तकमा लेखकका कान्छा छोरा प्रशान्त गुरुङले ब्यक्त गरेको भावनाको अंश, पुस्तक जेठ १४ गते काठमाडौंमा लोकार्पण हुँदैछ ।)

यो पनि…
समाज र शिक्षामा लगाव

प्रेरक अनि उत्प्रेरक




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested