English

बालबालिकालाई यसरी बनाउनुहोस् शारीरिक रूपमा सक्रिय



वयस्क बच्चाको लागि व्यायाम धेरै महत्त्वपूर्ण छ । विशेषगरी अहिले अधिकांश बालबालिका मानसिकरूपमा अस्वस्थ बन्दै गएका छन् । कम शारीरिक क्रियाकलापका कारण बालबालिकाको तौल बढ्दै गएको छ ।

पहिले जसरी बालबालिका विद्यालय जान्थे, बाहिर खेल्थे, अहिले विगत दुई वर्षदेखि सबै गतिविधि ठप्प छन् । अनलाइन कक्षा, टिभी, मोबाइल दिनभर व्यस्त छन् । घरमा बस्दा बालबालिकालाई रिस उठ्ने गरेको छ ।

उनीहरूमा रिस, तनाव, चिन्ता देखिन थालेको छ । यस्तो अवस्थामा अभिभावकले आफ्ना बालबालिकालाई शारीरिक र मानसिक रूपमा स्वस्थ र तन्दुरुस्त राख्न व्यायाम गर्ने बानीको विकास गर्नु जरुरी छ । दैनिक व्ययाम गर्दा मांसपेशी, मुटु, फोक्सो, हड्डी पनि बलियो हुन्छन् ।

बालबालिकामा कसरत गर्ने बानी कसरी विकास गर्ने
आफ्ना बच्चालाई शारीरिक र मानसिक रूपमा स्वस्थ राख्न चाहनुहुन्छ भने उनीहरूलाई व्यायाम, आउटडोर खेलहरूको महत्वबारे बुझाउनुहोस् ।

उनीहरूको उमेर अनुसार स्केट, फुटबल, स्किपिङ रोप, ब्याडमिन्टन आदि बाहिरी खेलकुदका सामग्री ल्याउनुपर्छ । उनीहरूलाई टेरेस वा पार्कमा गएर कम्तिमा १ घण्टा खेल्न उत्प्रेरित गर्नुहोस् । यसबाट उनीहरूको मांसपेशी, हड्डी बलियो हुनुका साथैशरीरमा रक्तसञ्चार बढ्छ ।

बालबालिकाको साथमा ३–४ दिन बाहिर कतै घुम्न जानुहोस् । यदि, सम्भव छ भने, पैदल यात्रा, शिविर, पौडी खेल्न बच्चाहरूलाई लैजानुहोस् । केही दिन घरबाट बाहिर निस्केपछि उनीहरू मानसिक रूपमा ताजा महसुस गर्नेछन् । यदि सम्भव छ भने उनीहरूको सबैभन्दा राम्रो साथीहरूसँग पनि सानो यात्राको योजना बनाउन सक्नुहुन्छ ।

जति धेरै बालबालिका प्रकृति, हिमाल, बीचमा बिदा मनाउन जान्छन्, उनीहरूमा स्वस्थ वातावरणको महत्त्वबारे पनि बुझाइ विकास हुनेछ । बालबालिकालाई हरेक दिन १०-१५ मिनेट हल्का व्यायाम, योग, ध्यान गर्न भन्नुहोस् ।

यसका लागि उनीहरूको साथमा हुनुपर्छ । सुरुमा उनीहरूलाई हल्का व्यायाम मात्र गर्न भन्नुहोस् । एरोबिक गतिविधिमा बच्चाहरूका लागि पौडी खेल्ने, दौडने, साइकल चलाउने खेलले धेरै फाइदा गर्दछ ।

-बच्चाहरूको लागि व्यायामको लाभ
-बच्चाको शारीरिक र मानसिक विकास द्रुत हुन्छ ।
-उनीहरूको हड्डी र मांसपेशी बलियो हुन्छ ।
-शरीरमा रक्तसञ्चार उचित मात्रामा हुन्छ ।
-बालबालिकाको शारीरिक लचकता कायम राख्न योग, व्यायाम आवश्यक हुन्छ ।
-तौल र बढ्दो मोटोपनाको समस्या हट्नेछ ।
-साथै, धेरै प्रकारका जीवनशैली रोगहरूबाट बच्न सकिन्छ ।


यो पनि…
बिहान सबेरै प्रकृतिको आवाज सुन्नु स्वास्थ्यको लागि लाभदायक
लत छोड्ने संकल्प



...
zrrj8q4zn

mexican pharmacy CANADIAN Pharmacy Online to Usa www.canadian pharmacy [url=http://canadianphrmacy23.com/]us pharmacy cialis[/url]

...
60j5lwd39

canadian pharmaceutical helpful resources canadian pharmacy store [url=http://canadianphrmacy23.com/]sneak a peek here[/url]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो