English

कोभिड खोप लगाउन जाँदा ध्यान दिनुपर्ने कुरा



सरकारले चीनबाट ल्याएको १० लाख डोज कोरोनाविद्धको खोप (भेरोसेल) लगाउन सुरु गरेको छ । यही जेठ २५ गते (मंगलवार) बाट भेरोसेल लगाउन सुरु गरिएको हो । काठमाडौं उपत्यका बाहिरका अन्य जिल्लाहरुमा ६२,६३ र ६४ वर्ष उमेर समूहलाई लगाइने छ भने उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ६० देखि ६४ वर्ष उमेर समूहका मानिसलाई लगाईंदै छ । खोप अभियान सुरु भएपछि देशभरमै लगाउनेको संख्या उल्लेख्य छ । जसकारण खोप केन्द्रमा भीड हुन थालेको छ । कोरोनाविरुद्धको खोप लगाउन जाँदा के कुरामा ध्यान दिने त ? यो बारेमा हामीले विशेष ध्यान दिन आवश्यक छ ।

खोप लगाउन जाँदा यी कुराहरुमा ध्यान दिनुहोस्ः

-खोप लगाउन जाँदा जिल्ला स्वास्थ्य कार्यालय वा पालिकाले निकालेको खोप केन्द्रका सूचना हेर्ने वा सम्पर्क गरेर मात्र जाने ।

-आफ्नो नाम, उमेर, ठेगाना खुल्ने सरकारी परिचयपत्र वा वडाको सिफारिस लिएर जाने ।

-नाक, मुख र चिउँडो पूरै छोपिने गरी मास्क, फेसशील्ड लगाएर जाने ।

-छोटो बाहुला भएको खुकुलो कपडा लगाउने ।

-खोप लगाउन लाइन बस्दा दुई मिटरको भौतिक दूरी कायम राख्ने ।

-खोप लगाउन भन्दा पहिले र पछि साबुन पानीले मिचिमिचि हात धुने ।

-खोप लगाउने बेलामा पनि मास्क लगाइ राख्ने ।

-खेप लगाएपछि आधाघण्टा जति खोप केन्द्रमै बस्नुपर्छ, त्यहाँ बस्दा दुई मिटरको भौतिक दूरी कायम राख्ने ।

-स्यानिटाइजर साथमै बोक्ने ।

-कुनैपनि सतह छुने बित्तिकै स्यानिटाइजरले हात सफा गर्ने ।

-घर फर्किएपछि साबुन पानीले राम्ररी हात धुने ।

यो पनि पढ्नुहोस्
६० देखि ६४ वर्ष उमेर समूहले ‘भेरोसेल’ खोप लगाउन कहाँ जाने ?
कोरोनाका १० प्रजाति, कुन कति खतरा ?
निषेधाज्ञामा बढ्दै साइबर अपराध, कसरी जोगिने ?
घरभित्रै अभिभावकसँग टाढिँदै सन्तान
गुजुल्टी रहने नेपाल–भारत सम्बन्ध
असारदेखि होला त ‘लुज डाउन’ ?
काठमाडौंमै सिटामोलको चरम अभाव, आखिर किन ?
राति अबेरसम्म निद्रा लाग्दैन ? यसो गर्नुस्
‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’
‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’, कति सुरक्षित ?
काठमाडौं उपत्यकामा कतिले गरे नियम उल्लंघन, कतिलाई भयो कारबाही ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested