राति अबेरसम्म निद्रा लाग्दैन ? यसो गर्नुस्



दोस्रो लहरको कोरोना संक्रमणका कारणले निषेधाज्ञा जारी छ । मान्छेहरु घरमै दिन बिताइ रहेका छन् । यस्तो अवस्थामा असहज महसुस, मनोपिडा, चिन्ता, डर, बेचैन जस्ता समस्या देखिन सक्छ । जसकारणको प्रत्यक्ष असर निद्रामा परिरहेको हुन्छ । त्यसैले राती अबेरसम्म निद्रा नलाग्ने, बिच बिचमा निद्रा खुल्ने जस्ता समस्या देखिन्छन् । यी समस्याबाट बच्नका लागि मनोविश्लेषक वासु आचार्यको सुझाव यस्तो छ :

– धेरै नआत्तिने, चिन्ता नलिने ।

– चिन्ता हटाउनका लागि बिहान बेलुका योग तथा व्यायाम गर्ने ।

– प्रत्येक दिन उही समयमा सुत्ने र उही समयमा उठ्ने ।

– निद्रा लागेन भनेर त्यसैमा चिन्ता नलिने ।

– राति अबेरसम्म ४–५ दिनसम्म पनि निद्रा लागेन भने चिकिस्तकको सल्लाहअनुसार औषधि सेवन गर्ने ।

– आफूलाई निद्रा नलाग्ने कारक तत्व के हो त्यसको पहिचान गरेर समाधान गर्ने ।

– आत्मबल बढाउने ।

– सुत्नुअघि मनतातो पानीमा हल्का नुन राखेर १० देखि १५ मिनेट खुट्टा डुबाउँदा पनि निद्रा लाग्न मद्धत गर्छ ।

– सुत्नुअघि आफूलाई मनपर्ने पुस्तक पनि पढ्न सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दूध स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । दूधमा प्रोटिन र क्याल्सियम राम्रो मात्रामा पाइन्छ । यसबाहेक दूधमा भिटामिन ए, बी२

जमिनमा नै घर बनाएको देख्नु भएको छ, तर एउटा यस्तो ठाउँ छ जहाँ जमिनमुनि घर बनाएर बस्छन् । यी घरहरू

तपाईँ भित्री सजावटको सोखिन हुनुहुन्छ र तपाईँको घरलाई धेरै सुन्दर तरिकाले सजाउन चाहनुहुन्छ वा तपाईँ आफ्नो नयाँ घरमा सर्दै हुनुहुन्छ

बजारमा विभिन्न प्रकारका ब्रा उपलब्ध छन्, तर हामी सधैँ डिजाइनरको सट्टा गुणस्तरमा ध्यान दिने प्रयास गर्छौँ ताकि दैनिक प्रयोगमा लगाइने