English

‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’



कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाले समस्यामा परेका व्यक्तिको गर्जो टार्ने लायन्स क्लब अफ अभियानद्वारा शुरु गरिएको ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ अभियानको सातौँ दिनसम्म एक हजार १०० भन्दा बढीले सेवा लिएका छन् ।

विपी चोकस्थित चिप्लेढुङ्गामा सञ्चालन भइरहेको खाद्य बैंकमा चामल, दाल, तेल, नुन, चनालगायत सामग्री छन् । अहिलेको विषम परिस्थितिले खाद्य समस्यामा परेका व्यक्ति, अलपत्र बटुवालगायतलाई लक्षित गरी अभियान शुरु गरिएको अभियानका संस्थापक अध्यक्ष विनोद ढुङ्गानाले जानकारी दिए । ‘हामीले जेठ १६ गतेदेखि अभियानमा शुरु गरेका हौँ, शनिवार सेवा बन्द रहन्छ, अहिलेसम्म एक हजार ११५ जनाले सेवा लिनुभएको छ’, उनले भने ।

‘हामी नाम टिपाउँछौँ, सकेसम्म दिन/दिनका लागि भनेर सामान लैजान भन्छौँ, उहाँहरु आफ्नो परिवारको सदस्य सङ्ख्या र आवश्यक खाद्य सामग्री लिएर जाने गर्नुहुन्छ’

उनका अनुसार क्लबले राहत कोषमार्फत सङ्कलित रकमबाट शुरुमा २० हजार रुपैयाँबाट सो अभियान शुरु गरेको हो । अहिले लायन्स क्लबका सदस्य एवम् गैरसदस्यले स्वतस्फूर्त सहयोग गर्दै आएका छन् । हालसम्म करीब चार लाख रुपैयाँको राहत सामग्री वितरण भइसकेको उनले जानकारी दिए ।

बिहान ६ः०० देखि ९ः०० बजेसम्म सञ्चालन गरिएको सो अभियानमा दैनिक १३० देखि माथि १६५ सम्म खाद्य सामग्री लिन आउने गरेको अभियान कार्यक्रमका संयोजक मातृका पोखरेल जानकारी दिए । ‘हामी नाम टिपाउँछौँ, सकेसम्म दिनदिनका लागि भनेर सामान लैजान भन्छौँ, उहाँहरु आफ्नो परिवारको सदस्य सङ्ख्या र आवश्यक खाद्य सामग्री लिएर जाने गर्नुहुन्छ’, उनले भने । त्यसरी आउने केही व्यक्ति दैनिक दोहोरिने गरेको उनको भनाइ छ । पोखरेलका अनुसार यो अभियानलाई निरन्तर रुपमा निषेधाज्ञा जारी रहेसम्म पुनः सञ्चालन गरिने छ ।

यो पनि पढ्नुहोस्
काठमाडौं उपत्यकामा कतिले गरे नियम उल्लंघन, कतिलाई भयो कारबाही ?
कोरोनाको मारमा निजी स्कूल : ‘कुनै बन्द भए, कसैलाई भाडा तिर्न धौ–धौ’
‘लङ कोभिड’का लक्षण के हुन्, कति महिनासम्म हुनसक्छ ?
‘सगरमाथाको सबै कीर्तिमान नेपालीले बनाउनुपर्छ, नत्र विदेशीले हेप्छन्’
शारीरिक अशक्तता भएका परिवारमा रोगभन्दा भोकको चिन्ता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested