English

‘सगरमाथाको सबै कीर्तिमान नेपालीले बनाउनुपर्छ, नत्र विदेशीले हेप्छन्’



एकै बाबुआमाका दर्जन छोराछोरी । दोलखाकोे रोल्वालिङ जस्तो दुर्गम गाउँ । त्यहाँ माथि गरिबीले गिजोलेको परिवार । गाउँलेले भन्थे फलानाले दर्जन छोराछोरी ‘कसरी पाल्ला, हुर्काउला ?’ साँच्चै ती बाबुआमालाई ८ छोरा र ४ छोरी हुर्काउन सहज थिएन ।

अभाव र गाउँलेका वचनले धकेलिँदै–धकेलिँदै सगरमाथा तर्फको बाटो तताएका पेम्बा दोर्जे शेर्पा यो सफलतासँगै ती विगतका दिन स्मरण गर्छन् । र, त भन्छन्, ‘हिजो गाउँलेले नचिनेको हाम्रो परिवारलाई आज विश्वले चिन्ने भएको छ ।’

आज तिनै १२ सन्तानमध्ये ८ जनाले विश्वकै सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेका छन् । योसँगै एकै परिवारका धेरै सदस्य सगरमाथा चढ्ने विश्व कीर्तिमान पनि बनेको छ ।

अभाव र गाउँलेका वचनले धकेलिँदै–धकेलिँदै सगरमाथा तर्फको बाटो तताएका पेम्बा दोर्जे शेर्पा यो सफलतासँगै ती विगतका दिन स्मरण गर्छन् । र, त भन्छन्, ‘हिजो गाउँलेले नचिनेको हाम्रो परिवारलाई आज विश्वले चिन्ने भएको छ ।’


सन् २००० मा पहिलोपटक सगरमाथा चढेका पेम्बा नै परिवारबाट हिमाल आरोहण गर्ने पहिलो सदस्य हुन् । उनले २१ पटक सगरमाथा चढिसकेका छन् । उनकै सफलता, हौसलाले दाजुभाई र बहिनीहरुले पनि सगरमाथा चढ्न कम्मर कसे ।

एकातिर राम्रो कमाई हुने र अर्कोतिर नाम पनि बन्ने भएकाले हरेक वर्ष सगरमाथा आरोहणको योजना बन्ने गरेको उनी बताउँछन् । ‘एकमहिनामा २० लाखभन्दा बढी आम्दानी हुन्छ,’ उनी भन्छन्, ‘यही नाम र दामले शेर्पालाई सगरमाथाले लोभ्याएको छ ।’

पेम्बाका लागि भने अहिलेको कीर्तिमान कुनै नौलो होइन । उनले सगरमाथामा थुप्रै कीर्तिमान बनाएका छन् । सन् २००४ मा सबैभन्दा छिटो समय अर्थात् ८ घन्टा १० मिनेटमा सगरमाथा चढेर बनाएको कीर्तिमानलाई आजका दिनसम्म कसैले ब्रेक गर्न सकेका छैनन् ।

यतिमात्र होइन ४ दिनमा २ पटक बिना अक्सिजन सगरमाथा चढेको, चीनबाट १० दिनमा ३ पटक सगरमाथा आरोहण गरेका लगायतका थुप्रै कीर्तिमान उनको नाममा छन् । त्यसैले उनी भन्छन्, ‘सगरमाथाको सबै कीर्तिमान शेर्पा अर्थात् नेपालीको हुनुपर्छ । नत्र विदेशीले हेप्छन् ।’ त्यही सोचले उनलाई हरेक वर्ष सगरमाथाको त्यो विन्दुले तानिरहन्छ ।

एकातिर राम्रो कमाई हुने र अर्कोतिर नाम पनि बन्ने भएकाले हरेक वर्ष सगरमाथा आरोहणको योजना बन्ने गरेको उनी बताउँछन् । ‘एकमहिनामा २० लाखभन्दा बढी आम्दानी हुन्छ,’ उनी भन्छन्, ‘यही नाम र दामले शेर्पालाई सगरमाथाले लोभ्याएको छ ।’ पेम्बासँगै उनका जेठा दाजु पेम्बा ग्याल्जेन, माइला दाजु फूर्वा थुन्डु, नीमा ग्याल्जेन, फूर्वा तेन्जिङ, फूर्वा थिले, दावा डिकी र निमा ल्हामु शेर्पाले सगरमाथा चढेका छन् । गत मे १२ मा परिवारकी कान्छी सदस्य निमाले सगरमाथाको चुचुरो चुमेसँगै परिवारको अर्को रेकर्ड बनेको हो ।

साथै, परिवारका अन्य सदस्यले पनि सगरमाथामा कीर्तिमान कायम गरेका छन् । त्यसैमध्येका हुन्– फूर्वा तेन्जिङ शेर्पा । उनले सबैभन्दा कम उमेरमा धेरैपटक सगरमाथा चढेर कीर्तिमान बनाएका हुन् । फूर्वाले आजसम्म १४ पटक सगरमाथाको चुचुरो चुमिसकेका छन् । १७ वर्षको उमेरबाट सगरमाथा चढ्न थालेका फूर्वाले २४ वर्षसम्म ९ पटक सगरमाथा चढिसकेका थिए ।

मृत शरीरलाई हेलीप्याड बोलाएर घटनास्थलबाट बेसक्याम्पसम्म ल्याए । घरमा आएर दिदी र आमाको अघि बसेर कसम खाए ‘अब देखि हिमाल आरोहण गर्दिनँ’ ।

यसपाली दुईपटक सगरमाथा चढेर यो संख्यालाई १६ बनाउने उनको योजना थियो । तर, बहिनी, दाई र भाईहरु सगरमाथा चढ्दै गरेकाले उनी बेसक्याम्पमै बसेर व्यवस्थापन गरे । यद्यपि, त्यो समय निकै कठिन भएको फूर्वा बताउँछन् । ‘बेसक्याम्पबाट दाई, भाई र बहिनीले आरोहण सुरु गरेदेखि नै म भित्र एकखालको ऐठन सुरु भयो,’ उनी भन्छन्, ‘सगरमाथाको टाकुरामा पुग्नुअघिका हरेक स्टेप कठिन छन्, त्यहाँ कसैलाई केही भइहाल्यो भने मैले आमालाई के जवाफ दिने ? भन्ने मात्र दिमागमा घुमिरह्यो ।’

त्यतिबेला उनलाई विगतले पनि बेला–बेला घच्का दिइरह्यो । किनकी, आजभन्दा १५ वर्ष अघि आफ्नै अगाडि माइला दाजु फूर्वा थुण्डुलाई गुमाएका थिए । सन् २००६ को कुरा हो । उनी दाजु फूर्वा थुण्डुसँगै पुमरी हिमाल आरोहणका लागि गएका थिए । सोहीक्रममा हिम पहिरोमा परि दाजुसहित अन्य ४ जना आरोहीको निधन भयो । उनी र अर्का एकजनामात्र बाँच्न सफल भए । त्यतिबेला उनी १६ वर्षका थिए । खासै हिमाल आरोहणको अनुभव थिएन ।

दाजुको मृत्यु भएसँगै आत्तिए । मृत शरीरलाई कसरी बेसक्याम्पसम्म लैजाने र परिवारलाई कसरी जवाफ दिने भन्ने तनावले उनलाई सतायो । मृत शरीरलाई हेलीप्याड बोलाएर घटनास्थलबाट बेसक्याम्पसम्म ल्याए । घरमा आएर दिदी र आमाको अघि बसेर कसम खाए ‘अब देखि हिमाल आरोहण गर्दिनँ’ ।

करिव एक वर्षजस्तो गाउँमै बसे । परिवारको आर्थिक अवस्था नाजुक थियो । आफूले चाहेजस्तो खान, लगाउन मुस्किल नै थियो । त्यहिबेला उनी सँगैका साथीभाई नयाँ–नयाँ कपडा लगाउँदै, मोटरसाइकल हुइक्याउँदै गाउँ छिर्थे । ती दृश्यले उनलाई गाउँ बस्न दिएन । उनलाई पनि त्यस्तै मोटरसाइकल चढ्ने, नयाँ कपडा लगाउने सोख बस्यो । तर, विकल्प केही थिएन ।

क्याम्प ४ बाट उकालो लागेपछि सगरमाथा कहिले आइपुग्ला जस्तै भयो,’ सगरमाथा आरोहणको अनुभव सुनाउँदै निमा भन्छिन्, ‘जति हिँडे पनि आउँदैन जब चुचुरोमा पुगें स्वर्ग नै पुगेजस्तो भयो ।’

फेरि, त्यही कसम खाएर छोडेको हिमाल आरोहणलाई नै अँगाल्न पुगे । सन् २००७ मा पहिलोपटक सगरमाथा चढे । अहिले उनी एक सफल आरोहीको रुपमा चिनिन्छन् ।

यसैगरी, परिवारका आरोही सदस्य पूmर्वा थिले शेर्पाले हालसम्म ६ पटक सगरमाथा आरोहण गरिसकेका छन् । सन् २०१७ मा पहिलोपटक आरोहण गरेका थिलेको सबैभन्दा बढी आरोहण गरेर कीर्तिमान लेख्ने दाउ छ । सानैदेखि आरोही परिवारमै हुकिएर हुनुपर्छ उनको हिमालतिरैको सपना थियो ।

त्यस्तै, निमा ल्हामु शेर्पा जसको कारणले परिवारले अर्को रेकर्ड कायम गरेको छ । उनी आफ्नो सगरमाथा आरोहण सफल हुनुको जस दाईहरुलाई दिन्छिन् । सगरमाथाको योजना बन्दा उनलाई अलिअलि मनमा डर थियो । यद्यपि, लोबुचे हिमालको सफल आरोहण गरेपछि सगरमाथा सहजै चढ्न सक्छु भन्ने आँट आएको उनी बताउँछिन् ।


त्यसो त उनी बेसक्याम्पबाट यात्रा सुरु गरेर सिधै सगरमाथाको चुचुरोमा पुगिन् । ‘क्याम्प ४ बाट उकालो लागेपछि सगरमाथा कहिले आइपुग्ला जस्तै भयो,’ सगरमाथा आरोहणको अनुभव सुनाउँदै निमा भन्छिन्, ‘जति हिँडे पनि आउँदैन जब चुचुरोमा पुगें स्वर्ग नै पुगेजस्तो भयो ।’

मेरोलाइफस्टाइलको टीमसँग केही दिन अघिको कुराकानीमा यी आँटिला मनहरु कहिले भकानिँदै त कहिले हौसिदै आरोहण अनुभव सुनाए । अन्य तीनजना भने यतिबेला रोल्वालिङमा छन् ।

परिवारले पाएको यो सफलतालाई केही समयमै गिनिज बुकमा लेखाउने प्रक्रिया सुरु गर्ने पेम्बा बताउँछन् । ‘हामीलाई पर्यटन विभागबाट प्रमाणपत्र दिनुपर्छ,’ उनी भन्छन्, ‘त्यो प्रमाणपत्र पाउने बित्तिकै हामी गिनिज बुकमा कीर्तिमान लेख्नेछौं ।’ ८ जनामात्र होइन बाह्रै सन्तान सगरमाथा चढ्ने र दरिलो रेकर्ड बनाउने उनीहरुको लक्ष्य छ ।

यसरी बन्यो कीर्तिमान





Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताएका छन् । चलचित्रकर्मीहरुले आफ्नो घरखेत

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। एक जना बाँचेका छन्। मृत्यु

भजनी, कैलालीमा छन्, गुलेली बाजे । उमेरले ८८ वर्ष । कुनै बेला यस्तो पनि थियो जतिबेला उनी गुलेली लिएर शिकारमा

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

Latest










Popular
Suggested