English

श्रीलंकामा मर्यादित महिनावारी अन्तर्राष्ट्रिय तालिम



कोलम्बो प्लान को सहकार्यमा राधा पौडेल फाउन्डेशन र दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी संजाल को सहकार्यमा जुलाई १ बाट श्रीलंकाको राजधानी कोलम्बोमा ५ दिनको मर्यादित महिनावारी अन्तर्राष्ट्रिय प्रशिक्षक तालिम सुरु भएको छ! महिनावारी विभेद अन्त गरि महिनावारीलाई कसरी मर्यादित बनाउने भन्ने बिषयमा केन्द्रीत सो तालिमको नेतृत्व “नेपाल” ले गरेको छ।

राधा पौडेल फाउन्डेशन र दक्षिण गोलार्द्धीय मर्यादित महिनावारी संजालका संस्थापक डा राधा पौडेलको नेतृत्वमा सचालन गरिएको सो तालिममा १४ देशका २६ जनाको सहभागिता रहेको छ! तालिममा नेपाल , भारत, अमेरिका, बेलायत, दक्षिण कोरीया, सुडान, फ्रान्स, फिलिपिन्स, नेदरल्यान्डस लगायतका देशहरुका प्रतिनिधीहरु सहभागी भएका छन! तालिममा नेपाल लगायत बिश्वभरी रहेको महिनावारी बिभेदलाई थप उत्खनन गरि महिनावारीलाई कसरी मर्यादित बनाउने भन्ने बिषयमा गहन छलफल गरीने संयोजक डा पौडेलले बताएकी छन!

मर्यादित महिनावारी सबै क्षेत्रमा काम गरीनुपर्ने बिषय हो पौडेल ले भनिन! यस तालिममा सरकारी, संयूक्त राष्ट्र संघीय कार्यक्रम, गैर सरकारी संघ संस्था , निजी क्षेत्र, संचार माध्यम सबैको सहभागिता रहेको उनले बताईन! जुलाई १ देखि ५ सम्म संचालन गरीने सो तालिममा अन्तर्राष्ट्रिय प्रशिक्षक प्रशिक्षण तालिम पुस्तिका समेत बिमोचन गरीनेछ! मुख्यत: क्षमता अभिबृद्धी, प्राविधिक सहयोगको क्षेत्रमा केन्द्रीत रहेको कोलम्बो प्लानले पहिलो पटक मर्यादित महिनावारीमा सहकार्य गरेको हो। सन १९५१ मा स्थापना भएको कोलम्बो प्लान मा नेपाल लगायत २८ राष्ट्रहरु सदस्य रहेका छन! संस्थाको सचिवालय श्रीलंकाको राजधानी कोलम्बोमा रहेको छ! डा पौडेल को साथ फाउन्डेशनका सपना पौडेल, लाल चलाउनी, उषा पौडेल, राधा पौडेल फाउन्डेशनको मिडिया पार्टनर नेपाल एफ एम का प्रोग्राम डायरेक्टर, प्रस्तोता एवम संचारकर्मी गोबिन्द खड्का र बेलायतबाट फाउन्डेशन मा ईन्टर्न गरीरहेकी बेजिङ्गस्टोक निवासी निनम्मा लिम्बु श्रीलंका गएका छन!



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested