English

‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’, कति सुरक्षित ?



सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिशिल्ड’ को सट्टामा उस्तै प्रकृतिको खोप ‘एस्ट्राजेनिका’ दिने भएको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले भारतबाट कोभिशिल्ड खोप नआए पनि त्यसको विकल्पमा दोस्रो मात्राको खोप एस्ट्राजेनिका लगाइने भएको जानकारी दिए । उनले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने बताए । कहिलेबाट लगाइने भन्ने अझै टुङ्गो लागेको छैन ।

गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्षमाथि उमेर समूहका करीब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाइएको थियो । दोस्रो मात्राका लागि खोप नआएपछि अहिले ती व्यक्तिले लगाउन पाएका छैनन् ।

खोपको पहिलो मात्रा लगाएको १२ देखि १६ हप्ता बीचमा दोस्रो मात्रा लगाइसक्नुपर्ने हुन्छ । “खोप उत्पादक कम्पनी र कोभ्याक्स सुविधा दुवैले खोप उपलब्ध गराउन असमर्थ भएको पत्र प्राप्त भएकाले तोकिएको मितिमा कोभिशिल्डको दोस्रो मात्रा दिन नसकिएको जानकारी गराउँछौँ”, उनले जारी गरेको सूचनामा भनिएको छ, “उक्त खोपको विकल्पमा एउटै प्रकृतिको एस्ट्राजेनिका खोप नेपाललाई प्राप्त भएपश्चात् १२ हप्तापछि पनि सो खोपलाई दोस्रो मात्राका रुपमा लगाउने व्यवस्था मिलाइएको छ ।”

उनले एस्ट्राजेनिकाको दोस्रो मात्राको खोपका लागि प्रतीक्षारत रहनसमेत आग्रह गर्नुभएको छ । गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्षमाथि उमेर समूहका करीब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाइएको थियो । दोस्रो मात्राका लागि खोप नआएपछि अहिले ती व्यक्तिले लगाउन पाएका छैनन् ।

सरकार कोभिशिल्ड खोप उत्पादक कम्पनी सिरम इन्स्टिच्युटसँग खरीद गरेको १० लाख मात्रा खोप नआएपछि दोस्रो मात्राको खोप दिन असमर्थ भएको हो । उनले खोपको पहिलो मात्राले पनि कोभिड–१९ रोगबाट बचाउन मद्दत गर्ने उल्लेख गरेका छन् । नेपालमा अहिलेसम्म करीब २१ लाख १३ हजार ८० जनाले पहिलो मात्राको खोप र छ लाख ९१ हजार १८४ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् । मङ्गलवार मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई भेरोसेल खोप प्रदान गर्दैछ ।

यो पनि पढ्नुहोस्
कोरोनाको मारमा निजी स्कूल : ‘कुनै बन्द भए, कसैलाई भाडा तिर्न धौ–धौ’
‘लङ कोभिड’का लक्षण के हुन्, कति महिनासम्म हुनसक्छ ?
‘सगरमाथाको सबै कीर्तिमान नेपालीले बनाउनुपर्छ, नत्र विदेशीले हेप्छन्’
शारीरिक अशक्तता भएका परिवारमा रोगभन्दा भोकको चिन्ता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested