English

काठमाडौं उपत्यकामा कतिले गरे नियम उल्लंघन, कतिलाई भयो कारबाही ?



काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने ६२ हजार सवारीसाधन र ३५ हजार जना मानिस कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार २२ गते अर्थात शनिबारसम्म निषेधाज्ञा उल्लंघन गर्नेबाट झण्डै १३ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

कोरोनाको दोस्रो लहर फैलिएसँगै सरकारले गत वैशाख १६ देखि देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । जसमा खाद्यान्न, खानेपानी, ग्यास, औषधि, एम्बुलेन्स, पशुपंक्षीका दाना लगायत अत्यावश्यक सामान ढुवानी गर्ने सवारीसाधन बाहेक अरु सबै ठप्प छन् ।

यद्यपि, कतिपय निजी सवारीसाधन भने मनोमानी ढंगले कोरोनाको बेवास्ता गर्दै सरकारको आज्ञालाई अटेर गरी सडकमा निस्किएकालाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सह–प्रवक्ता डिएसपी सुनिल जंग शाह बताउँछन् ।

यसरी काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गर्ने मानिस र सवारी साधन गरी यो अवधिमा सरकारले ३७ दिनमा १२ लाख ९४ हजार २ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

‘अत्यावश्यक काम बाहेक गुड्ने सवारी साधनलाई साँझ ७ बजेसम्म होल्ड गर्र्ने गरेका छौं,’ उनले भने, ‘निषेधाज्ञा जारी भएदेखि जेठ २० गतेसम्म नियम उल्लङ्घन गर्ने ६२ हजार ६ सय ६२ वटा सवारी सधान होल्डमा परेका छन् ।’

यसमा ४४ हजार ५ वटा दुई पाङ्ग्रे सवारी साधन रहेका छन् भने १४ हजार ५ सय ६२ वटा चार पाङ्ग्रे र ४ हजार ९५ ठूला सवारी साधन रहेका छन् ।

महाशाखाका अनुसार अधिकांश निर्माण, संस्था र निजीका सवारी सधान कारबाहीमा पर्ने गरेका छन् । दिनभरी होल्ड गरिएको सवारी सधान साँझ ७ बजेपछि सम्बन्धित धनी र कार्यालयलाई बुझाउने गरिएको छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गर्ने मानिस र सवारी साधन गरी यो अवधिमा सरकारले ३७ दिनमा १२ लाख ९४ हजार २ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

त्यस्तै, उपत्यकामा अनावश्यक हिँडडुल गर्ने मानिस ३५ हजार २ सय ६७ जना कारवाहीमा परेका छन् । तर, होल्डमा परेका सबैजना जरिवानामा नपर्ने महानगरिय प्रहरी परिसर, टेकुका सहायक उप–निरिक्षक रेवन्त गिरी बताउँछन् ।

‘होल्डमा परेका सबैलाई कारवाही गरिँदैन, कसैलाई सम्झाएर पठाउने गरेका छौँ’, गिरी भन्छन् ,‘ कोही अटेर गरेर फेरि आउँछ भने एक सय रुपैयाँ जरिवाना लिने गरेका छौँ ।’

निषेधाज्ञा उल्लंङ्घन गर्ने मध्ये २२ गतेसम्म १२ हजार ९ सय ४२ जना मानिस र सवारी सधानबाट जरिवाना उठाइएको छ ।

यसरी काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गर्ने मानिस र सवारी साधन गरी यो अवधिमा सरकारले ३७ दिनमा १२ लाख ९४ हजार २ सय रुपैयाँ राजस्व संकलन भएको छ ।

यो पनि पढ्नुहोस्
कोरोनाको मारमा निजी स्कूल : ‘कुनै बन्द भए, कसैलाई भाडा तिर्न धौ–धौ’
‘लङ कोभिड’का लक्षण के हुन्, कति महिनासम्म हुनसक्छ ?
‘सगरमाथाको सबै कीर्तिमान नेपालीले बनाउनुपर्छ, नत्र विदेशीले हेप्छन्’
शारीरिक अशक्तता भएका परिवारमा रोगभन्दा भोकको चिन्ता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested