English

कोरोना कहर बीच बेलायतमा हाइक फर नेपाल हुँदै



पछिल्लो एकवर्ष बढी समयदेखि विश्वनै कोरोना कहरबाट ग्रुजिरहेको छ । जतिसुकै जटिल परिस्थिती किन नहोस् सारा विश्वलाई आतंकित पारेको यो महामारीबाट उम्किनै पर्नेछ । यही छेक कोरोना विरुद्ध ‘उर्जाशील जीवन प्रर्वद्धन’, भन्ने नाराका साथ बेलायतमा ‘हाइक फर नेपाल’ आयोजना गरिने भएको छ ।

पोखरेली मंच यूकेको प्रमुख आयोजकत्व र नेपालस्थित वी विल राईज फाउन्डेसनको सहकार्यमा विगत केही वर्षअघिदेखि बेलायतको वेल्समा उक्त कार्यक्रम आयोजना गरिदै आएको छ । गतवर्ष भने कोरोनाका कारण हुन सकेन । गतवर्ष रोकिएको कार्यक्रम यसवर्ष ३० जुलाई देखी अगष्ट १ तारिखसम्म तीन दिन आयोजना गरिने पोखरेली मंच यूकेका अध्यक्ष मान प्रसाद गुरुङले जनाए । विगतमा वर्षेनी नेपालको पर्यटन प्रवद्र्धन हेतु हुँदै आएको ‘हाइक फर नेपाल’ यसपटक जनमानसमा कोरोना विरुद्ध शिक्षा र सचेतना जगाउनमा केन्द्रित हुनेछ ।

तुलसी कुमार गुरुङ
संस्थापक-वी विल राईज फाउन्डेसन

कोरोना कहर यथावतै रहेकाले उक्त पदयात्रामा सहभागी हुन इच्छुकले खाने बस्ने र क्याम्पिंगको ब्यबस्था स्वंय गर्नुपर्नेछ । सामूहिक सहभागिता जनाइने भएकाले बेलायत र स्थानीय सरकारको कोभिड नियमानुसार कार्यक्रम स्थल तय गरिनेछ । विगतमा आयोजना हुँदै आएको वेल्ससँगै यसपटक स्नोडोनिया र पेनभेल क्षेत्रलाई समेत सम्भावित स्थानका रुपमा राखिएको अध्यक्ष गुरुङले बताए । कार्यक्रमको बिस्तृत समय तालिका र स्थान बारे पोखरेली मंच यूके र हाइक फर नेपालको अधिकारिक भाईबर ग्रुप तथा अन्य माध्यमबाट जानकारी गराइनेछ । सम्पूर्ण यूकेबासी नेपालीहरु उक्त पदयात्रामा सहभागी भई कोभिड विरुद्ध सचेतना जगाउँन मंचका अध्यक्ष गुरुङ तथा कार्यक्रम संयोजक मेजर रिटायर्ड खुशीमान गुरुङ एमभिओको अनुरोध छ ।

मान प्रसाद गुरुङ
अध्यक्ष-पोखरेली मंच यूके

भूकम्पपछि नेपालको पर्यटन प्रर्वद्धनमा सघाउ पुर्याउने हेतु वी विल राइज फाउण्डेसनले हङकङबाट ‘हाइक फर नेपाल’, लामो दूरीको पैदल यात्रा सुरु गरेको थियो । ‘नेपालका लागि सँगसँगै पाईला चालौं’, भन्ने नारामा गरिदै आएको यस कार्यक्रमले नेपालीहरु बीच सद्भाव, भातृत्व र सौंहार्दता बढाउने मात्र नभएर नेपालप्रति चासो र चिन्तन जगाउने एवं पर्यटनको विकासमा पनि महत्वपूर्ण भूमिका खेल्ने फाउण्डेसनका संस्थापक तुलसी कुमार गुरुङले बताए ।

खुशीमान गुरुङ (मेजर रिटायर्ड एमभिओ)
कार्यक्रम संयोजक

भिडियो हेर्न तल बक्समा क्लिक गर्नुहोस् ।

यो पनि पढ्नुहोस्
कोरोनाको मारमा निजी स्कूल : ‘कुनै बन्द भए, कसैलाई भाडा तिर्न धौ–धौ’
‘लङ कोभिड’का लक्षण के हुन्, कति महिनासम्म हुनसक्छ ?
‘सगरमाथाको सबै कीर्तिमान नेपालीले बनाउनुपर्छ, नत्र विदेशीले हेप्छन्’
शारीरिक अशक्तता भएका परिवारमा रोगभन्दा भोकको चिन्ता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested