English

कोरोनाको मारमा निजी स्कूल : ‘कुनै बन्द भए, कसैलाई भाडा तिर्न धौ–धौ’



कोरोना भाइरसका कारण यतिबेला देश बन्दाबन्दीको अवस्थामा छ । आम मानिसहरु घरमै बस्न बाध्य छन् । निषेधाज्ञाले कतिपयलाई घरपरिवारसँग समय बिताउने मौका दिएको छ भने धेरैको रोजिरोटी खोसिएको छ । निषेधाज्ञामा काम ठप्प भएकै कारण केही मानिसहरुलाई आफ्नो दैनिकी चलाउनै समस्या परिरहेको देख्न सकिन्छ ।

चलचित्र क्षेत्र, व्यापार व्यवसाय र ज्याला मजदुरी गरेर खाने मानिसहरुलाई यसको मार धेरै परेको छ । साथै, निजी तथा सामुदायिक विद्यालयहरुमा पनि यसबाट अछूतो रहन सकेका छैनन् । कतिपय विद्यालयले अनलाइन कक्षा सुचारु गरेको भएतापनि प्रभावकारी हुन सकेको छैन । एकातिर इन्टरनेट पहुँचको समस्या त छँदैछ, अर्कोतिर वैकल्पिक शिक्षाको रुपमा उदाएको यो अनलाइन शिक्षा प्रणालीबाट विद्यार्थीहरुले चाहेजति बुझ्न र शिक्षकले पनि चाहेजति विद्यार्थीहरुलाई बुझाउन नसकेको यसका जानकार बताउँछन् ।

विद्यार्थी र शिक्षक मात्रै होइन, निषेधाज्ञाका कारण विद्यालय सञ्चालकहरु पनि त्यत्तिकै मारमा छन् । केही निजी विद्यालयहरु त भाडा तिर्न नसकेर बन्द गर्ने अवस्थामा समेत पुगेका छन् । कोटेश्वरको मन्टेस्वरी स्कूल गत वर्षको निषेधाज्ञामा बन्द भयो । कारण थियो घरभाडा तिर्न नसक्नु । नाम नबताउने सर्तमा सञ्चालक समितिका एक सदस्यले भनिन्, ‘४० जना बच्चाहरु थिए, निषेधाज्ञाको मारले हामीले चलाउन नसकेपछि परीक्षा लिएर उनीहरुको अभिभावकसँग कुरा गरेर अर्कैमा पठायौँ ।’ १० जना बच्चाहरुलाई भने उनले अनलाइनमार्फत पढाइरहेकी छिन् ।

‘चेतावनीका बाबजुत पनि सरकारले शिक्षामा गरेको खेलवाड असह्य छ,सरकारकै लापरवाहीका कारण हामी जस्ता विद्यालय/कलेज संचालक प्रत्यक्ष मारमा परेका छौं ।’

यो एउटा उदाहरण मात्रै हो, निषेधाज्ञाको मारले अहिले पीडामा छटपटाइरहेका विद्यालय सञ्चालकहरु धेरै नै छन् । जोरपाटीस्थित लिबर्टी एकेडेमीका प्रिन्सिपल तथा सञ्चालक ओमप्रसाद ढकाल निषेधाज्ञाले धेरै गाह्रो पारेको बताउँछन् । ‘यसले विद्यालय सञ्चालकलाई मात्र होइन, शिक्षक, अभिभावक विद्यार्थी सबैलाई अप्ठेरो पारिररहेको छ,’ उनी भन्छन्, ‘अनलाइन कक्षा सुचारु भएपनि विद्यार्थीले बुझ्न सकेका छैनन् भने शिक्षकलाई बुझाउन कठिन परिरहेको छ । त्यस्तै, अभिभावकहरु पनि आयश्रोतको बाटो बन्द हुँदा फी तिर्न सकेका छैनन् त्यसको प्रत्यक्ष मार हामीलाई परेको छ ।’ यसरी महामारी बढ्दै जाँदा विद्यार्थीहरुको भविष्य अन्योलमा पर्ने ढकाल बताउँछन् । यो बेला विद्यार्थीहरु अनलाइन गेम र विभिन्न सोसल मिडियामा समय बिताइरहेका छन्, जसका कारण उनीहरुको मन पढाईमा भन्दा अन्य कुरामा बढी केन्द्रीत भइरहेको छ ।

ललितपुरको बागडोल र काठमाडौंको बानेश्वरमा रहेको पाठशाला बोर्डिङ स्कूलमा २०७७ को वैशाखबाटै अनलाइन कक्षा सञ्चालन भइरहेको छ । तर, भौतिक कक्षामा जस्तो विद्यार्थीहरुले बुझ्न र शिक्षकहरुले बुझाउन नसकेको पाठशाला बोर्डिङ स्कूलका सञ्चालक ईश्वर अधिकारी बताउँछन् । ‘दुई वटा स्कूलको घर भाडा, शिक्षकको तलब सबै अहिलेसम्म जसोतसो पुर्याइरहेका छौँ अभिभावकहरुले पनि समस्या बुझ्नुभएको छ,’ उनले भने, ‘कोहीलाई भने महामारीका बेला समस्या पनि भएको छ, उहाँहरुसँग हामीले कर गरेका छैनौँ, महामारी शान्त होस् अनि दिनुहोला भनेका छौँ ।’

दुईवटा स्कूलमा अहिले १४ सय भन्दा धेरै विद्यार्थी छन् भने १ सय ५० बढी शिक्षकहरु छन् । भाडा र कर्मचारीलाई गरी महिना १५ लाखसम्म खर्च हुने उनी बताउँछन् । महामारीमा पनि व्यवस्थित रुपमा अनलाइन कक्षा सञ्चालन गरिरहेकोले अभिभावक र विद्यार्थीहरु खुशी रहेको उनी बताउँछन् ।

भौतिक कक्षामा जस्तो विद्यार्थीहरुले बुझ्न र शिक्षकहरुले बुझाउन नसकेको पाठशाला बोर्डिङ स्कूलका सञ्चालक ईश्वर अधिकारी बताउँछन् ।

चावहिलस्थित चुच्चेपाटीमा रहेको मनास्लु इन्टरनेशनल कलेजमा अहिले ५ सय भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत छन् भने ४० जना शिक्षक छन् । तर, निषेधाज्ञाले गर्दा शिक्षकलाई तलब र भाडाले पिरोल्न थालिसकेको कलेजका अध्यक्ष गेन्द्र लामा बताउँछन् । साथै, सरकारको फितलो नीतिका कारण विद्यालय संचालक र विद्यार्थीहरु मारमा पर्ने गरेको उनको भनाई छ । ‘गत वर्ष एसईई र कक्षा ११ को मनगणन्ते नतिजा राखेर स्कूलले पठाए,’ उनी भन्छन्, ‘जसकारण विद्यार्थीमा पढ्नुपर्छ भन्ने मानसिकता नै परिवर्तन भएको देखिन्छ ।’

यसवर्ष पनि सरकारले एसईईको आन्तरिक मूल्यांकन गर्ने निर्णय गरिसकेको छ । त्यसैले यस्तो अवस्था रह्यो भने नेपालको शिक्षा प्रणाली नै कोल्याप्स हुन सक्ने उनको तर्क छ । ८ महिनाअघि विज्ञले महामारीले भयावह हुने चेतावनी दिएपनि, सरकारले शिक्षा क्षेत्रमा कुनै योजना नै नबनाएको र लाखौँ विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको लामाको आरोप छ ।

‘चेतावनीका बाबजुत पनि सरकारले शिक्षामा गरेको खेलवाड असह्य छ,’ उनले भने, ‘सरकारकै लापरवाहीका कारण हामी जस्ता विद्यालय/कलेज सञ्चालन प्रत्यक्ष मारमा परेका छौं ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,