English

चम्पादेवी : एकदिने हाइकिङ, कसरी जाने, के बोक्ने ?



शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या भने आइ नै रहन्छ । शनिवार परिवार, साथीभाई र प्रेमील जोडी कतै बाहिर गएर हप्ताभरको टेन्सन र बोझ हल्का गर्न चाहन्छन् । तर कतिपयले उचित स्थान चयन गर्न नसक्दा हप्तामा एक दिन पाएको विदा पनि खल्लो हुन्छ भने उचित स्थान र उचित गन्तव्यसहित गरिने यात्रा अविस्मरणीय रमाइलो बन्न सक्छ ।

चम्पादेवी एक यस्तो गन्तव्य हो, जहाँ वर्षको कुनै पनि मौसममा भ्रमण गर्न सकिन्छ । काठमाडौं र मकवानपुर जिल्लाको साझा सीमा चम्पादेवी पहाडको हाइकिङ एकै दिनमा गर्न सकिन्छ

चम्पादेवी हिल

यो स्थान तपाईलाई शनिवार रमाइलोका साथै मूड फ्रेस गर्न उचित गन्तव्य बन्न सक्छ । काठमाडौंमा हुनुहुन्छ र शनिवार कहाँ जाने भन्ने दोधारमा हुनुहुन्छ भने तपाईका लागि यो स्थान भरपुर मनोरञ्जन दिन सक्ने गन्तव्य बन्नेमा कुनै दुई मत छैन ।

काठमाडौंको नजिक रहेको चम्पादेवी हिल पैदल यात्रा गर्नका लागि उचित गन्तव्य हो । यो चम्पादेवी पहाडमा पर्छ । यो एक भव्य पहाड हो, जुन काठमाडौंका दक्षिण पश्चिम २२८५ मिटर उचाइमा रहेको छ । यो एक तीर्थस्थल पनि हो, जुन हिन्दू र बौद्ध धर्मावलम्बीहरूको लोकप्रिय तीर्थस्थलमध्ये पर्दछ ।

१ बजे पैदल यात्रा सुरु गर्ने हो भने करिब साढे तीन बजेतिर फर्पिङ आइपुगिन्छ । फर्पिङबाट ४ बजे लोकल गाडी चढेर काठमाडौँ फर्किन सकिन्छ ।

एक दिनको हाइकिङ

चम्पादेवी एक यस्तो गन्तव्य हो, जहाँ वर्षको कुनै पनि मौसममा भ्रमण गर्न सकिन्छ । काठमाडौं र मकवानपुर जिल्लाको साझा सीमा चम्पादेवी पहाडको हाइकिङ एकै दिनमा गर्न सकिने नेपाल बाउन्ड्रि ट्रेकिङ एजेन्सीका सीईओ योगेश कुँवरको भनाइ छ ।

चम्पादेवी हाइकिङको लागि बिहान ८ बजे काठमाडौंबाट लोकल बसमा करिब डेढ घण्टा यात्रा गरेर फर्पिङ पुग्नुपर्छ । दक्षिणकाली नगरपालिकाको सानो तर सुन्दर गाउँ फर्पिङ पुगेपछि करिब १० बजेतिर चम्पादेवीको लागि हाइकिङ रुटतिर लाग्नुपर्छ ।

काठमाडौंबाट फर्पिङसम्म जान र फर्पिङबाट काठमाडौं फर्किन, फर्पिङमा पानी, खानेकुरा, पेन किलर र ब्यान्डेजलगायत अत्यावस्यक सामग्रीहरू किन्नको लागि प्रति व्यक्ति जम्मा रु ३ हजार बोक्दा उपयुक्त हुन्छ ।

रुटमा लागेपछि नै हाइकिङको मजा प्राप्त हुन थाल्छ । घना जङ्गल, विभिन्न प्रजातिहरूका चरा चुरुङ्गी र हरिया पहाडहरूको रमणीय दृष्य अवलोकन गर्दै हिँड्दा २ घण्टा बितेको पत्तै हुँदैन ।

चम्पादेवीको हाइटमा पुगेपछि देखिने लाङ्टाङ, गौरीशंकर, जुगल र दोर्जे लाक्पा हिमालहरूको श्रेणीको मनमोहक दृष्यले थकान त्यसै मेटिएर जान्छ । बुङ्मती, खोकना, फर्पिङ गाउँ, बागमती खोला र दक्षिणकाली मन्दिर जाने बाटोको दृष्यले त झन छुट्टै आनन्द प्रदान गर्छ । साथै चम्पादेवी हाइटमै चम्पादेवीको सुन्दर मन्दिर पनि रहेको छ ।

अवलोकनपश्चात १२ बजेतिर ड्राई पिकनिक पनि गर्न सकिन्छ । सफा, सुन्दर र मनोरम गन्तव्यमा आराम गर्दै आफैले लगेको खाजा खाएर पुनः फर्पिङतर्फ लाग्नुपर्छ ।

१ बजे पैदल यात्रा सुरु गर्ने हो भने करिब साढे तीन बजेतिर फर्पिङ आइपुगिन्छ । फर्पिङबाट ४ बजे लोकल गाडी चढेर काठमाडौँ फर्किन सकिन्छ ।

हाइकिङको लागि के-के चाहिन्छ ?

फर्पिङदेखि जङ्गलको बाटो हुँदै चम्पादेवीको हाइटसम्म पुग्ने बाटोमा पसल र होटेलहरू नभएको र हाइटमा पनि अवलोकन गर्ने मात्र व्यवस्था भएकोले, हाइकिङ गर्दा आवश्यक पर्ने सामग्रीहरूको आफैले नै राम्ररी व्यवस्थापन गरेर मात्र हिँड्नुपर्ने हुन्छ ।

पैसा

काठमाडौंबाट फर्पिङसम्म जान र फर्पिङबाट काठमाडौं फर्किन, फर्पिङमा पानी, खानेकुरा, पेन किलर र ब्यान्डेजलगायत अत्यावस्यक सामग्रीहरू किन्नको लागि प्रति व्यक्ति जम्मा रु ३ हजार बोक्दा उपयुक्त हुन्छ ।

हाइकिङ गर्दा कहिलेकाहिँ हात वा खुट्टा मर्किन र दुख्न पनि सक्छ । त्यसैले यस्ता आपतकालीन अवस्थाबाट बच्न पेनकिलर स्प्रे र ब्यान्डेजहरू बोक्न नभुल्नुहोला ।

जुत्ता

जान र आउन गरी करिब ४ घण्टा मात्रै हिँड्न पर्ने भएकोले सामान्य स्पोर्ट्स जुत्ता लगाउन पनि सकिन्छ । हाइकिङ वा ट्रेकिङ बुट नै प्रयोग गर्नुपर्छ भन्ने छैन ।

कपडा

चम्पादेवी हाइकिङ कुनै पनि मौसममा गर्न सकिन्छ । त्यसैले मौसमअनुसार उपयुक्त कपडा लगाउनु उचित हुन्छ ।
पर्याप्त पानी र खानेकुराहरू

फर्पिङदेखि जङ्गलको बाटो हुदै उकालो लाग्नुपर्ने हुँदा पानीको धेरै मात्रामा आवश्यकता हुन सक्छ । साथै बाटोमा कुनै किसिमका पसल र होटेल नभएको कारणले पनि ब्यागमा टन्नै खानेकुराहरू बोक्न कन्जुस्याई गर्नु हुँदैन।

पेन किलर स्प्रे र ब्यान्डेज

हाइकिङ गर्दा कहिलेकाहिँ हात वा खुट्टा मर्किन र दुख्न पनि सक्छ । त्यसैले यस्ता आपतकालीन अवस्थाबाट बच्न पेनकिलर स्प्रे र ब्यान्डेजहरू बोक्न नभुल्नुहोला ।



...
Remington Lubowitz

Every time I visit your website, I'm greeted with thought-provoking content and impeccable writing. You truly have a gift for articulating complex ideas in a clear and engaging manner.

...
먹튀검증

토토 사이트 카지노사이트는 언제든 먹튀사고가 발생할 수 있습니다.

...
먹튀검증커뮤니티

검증사이트 사용으로 사설 토토& 온라인카지노 먹튀를 예방하세요.

...
Milo Rempel

Fantastic site A lot of helpful info here Im sending it to some buddies ans additionally sharing in delicious And naturally thanks on your sweat

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती