English

नयाँ वर्षको संकल्प



मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु, यहाँ सम्म कि केही त मूर्खतापूर्ण तरिकाले मर्दछन् ।

अहिलेको समयमा कुनै पनि चीज लोकप्रिय हुनको लागि त्यो मूर्खतापूर्ण हुनुपर्ने भएको छ । उत्सव र पर्व भन्ने बित्तिकै हामीमा जुन धारणा रहेको छ, के हामीले त्यसमा पुनः विचार गर्नुपर्दैन ।

हामी केही सार्थक र अर्थपूर्ण चीजको आनन्द लिन सकौँ ? आउँदो वर्षमा आफूभन्दा केही विशाल चीज साकार हुन दिनको लागि के तपाईंमा प्रतिबद्ध रहने आँट छ ? अरू सबै जीवहरू आफ्नो प्रवृत्ति अनुसार काम गर्छन्, बाँच्छन् अनि प्रकृतिको नियम अनुसार मर्छन् ।

मनुष्य हुनुको अर्थ यो हो कि हामी प्रकृतिका साधारण नियमहरूभन्दा माथि उठी केही यस्तो चीजलाई साकार बनाउन सक्छौँ, जुन हामीभन्दा विशाल छ । तपाईंमा सम्भावना छ- यसको लागि प्रयास गर्ने र यसलाई साकार बनाउने । ′यो मेरो, यो तेरो′ जस्ता धारणाहरूले आफ्ना सीमितता र कमजोरीहरूलाई अझ बलियो नबनाउनुहोस् ।

आफूभित्रका व्यर्थ चीजहरूलाई तपाईं आफैंले हटाउनु पर्नेछ । हामीले तपाईंलाई त्यसमा तबमात्र सहयोग गर्न सक्छौँ, जब तपाईं आफूलाई कृपाको लागि उपलब्ध बनाउनुहुन्छ ।

आउँदा केही दिनहरूमा, तपाईं आफूभित्रबाट यस्ता चीजहरूलाई उक्काउनु होस्, जुन लामो समयदेखि तपाईंभित्र टाँसिएको छ । जुन न त उपयोगी छ, न त तपाईंको लागि राम्रो नै । सदगुरुको प्रवचनमा आधारित

यो पनि…
यसकारण बिग्रन सक्छ दाम्पत्य जीवन
कसैलाई नभन्नुहोस् यस्ता गोप्य कुरा
लक्ष्य प्राप्त गर्न तपस्या जरुरी

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

Latest










Popular
Suggested