English

कसरी मनाउने होली ?



अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो प्रवृत्तिलाई बढावा दिने काम गर्छ ।

सप्तरङी इन्द्रेणीको प्रतिनिधित्व गर्दै विविध रङहरूसहित मनाइने पर्व हो यो । यस पर्वमा कृत्रिम रङहरूको प्रयोग हुन थालेको पनि धेरै समय भएको छैन । कृत्रिम रङहरूको प्रयोगले हाम्रो छालालाई नराम्रो असर गरिरहेको हुन्छ । केमिकल मिसाइएको रङहरूको प्रयोग गर्दा मानसिक स्वास्थ तथा वातावरणमा पनि असर पर्छ ।

धर्मशास्त्र विद प्रियंवदम्बा काफ्लेका अनुसार नराम्रो प्रवृत्ति भएको व्यक्तिले त जुनसुकै कुरालाई पनि नकारात्मक बनाउछन् । ‘एउटा चक्कुको प्रयोग फलफूल काट्न पनि गरिन्छ र कसैको हत्या गर्न पनि प्रयोग गरिन्छ, त्यो मानिसको प्रवृत्तिमा भर पर्ने कुरा हो ।’
होली आफैमा एक प्रकृतिमैत्री पर्व हो । सप्तरङी इन्द्रेणीको प्रतिनिधित्व गर्दै विविध रङहरूसहित मनाइने पर्व हो यो । यस पर्वमा कृत्रिम रङहरूको प्रयोग हुन थालेको पनि धेरै समय भएको छैन । कृत्रिम रङहरूको प्रयोगले हाम्रो छालालाई नराम्रो असर गरिरहेको हुन्छ । केमिकल मिसाइएको रङहरूको प्रयोग गर्दा मानसिक स्वास्थ तथा वातावरणमा पनि असर पर्छ । त्यसैले होली पर्व मनाउँदा प्रकृतिक रङको प्रयोग गर्नु पर्छ ।

पहाडी क्षेत्रमा जाडो हुन्छ, त्यसैले होली खेल्दा पानीको प्रयोग होइन, रङहरूको मात्र प्रयोग गरिन्छ । तराई क्षेत्रमा बढी गर्मी हुने भएकोले पानीको पनि प्रयोग गरेर होली मनाइएको हो ।

विभिन्न फुलहरूको प्रयोग गरेर प्रकृतिक रङ बनाउन सकिन्छ । समाजमा राम्रो सन्देश जाने तथा प्रकृतिलाई जोगाउने हिसाबले होली खेल्नुपर्छ । होली भनेको आफन्तहरू तथा साथीभाईहरूसँग मिलेर खेलिन्छ । त्यसैले, अरुलाई दुःख दिने भिजाउने इच्छा विपरित रङ लगाउने काम गर्नु हुदैन ।

पहाडी क्षेत्रमा जाडो हुन्छ, त्यसैले होली खेल्दा पानीको प्रयोग होइन, रङहरूको मात्र प्रयोग गरिन्छ । तराई क्षेत्रमा बढी गर्मी हुने भएकोले पानीको पनि प्रयोग गरेर होली मनाइएको हो ।

होली पर्वलाई विकृति फैलाउने तरिकाले मनाउनको सट्टा प्रकृतिको जगेर्ना गर्ने गरी मनाउनुपर्छ ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested