English

कसरी मनाउने होली ?



अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो प्रवृत्तिलाई बढावा दिने काम गर्छ ।

सप्तरङी इन्द्रेणीको प्रतिनिधित्व गर्दै विविध रङहरूसहित मनाइने पर्व हो यो । यस पर्वमा कृत्रिम रङहरूको प्रयोग हुन थालेको पनि धेरै समय भएको छैन । कृत्रिम रङहरूको प्रयोगले हाम्रो छालालाई नराम्रो असर गरिरहेको हुन्छ । केमिकल मिसाइएको रङहरूको प्रयोग गर्दा मानसिक स्वास्थ तथा वातावरणमा पनि असर पर्छ ।

धर्मशास्त्र विद प्रियंवदम्बा काफ्लेका अनुसार नराम्रो प्रवृत्ति भएको व्यक्तिले त जुनसुकै कुरालाई पनि नकारात्मक बनाउछन् । ‘एउटा चक्कुको प्रयोग फलफूल काट्न पनि गरिन्छ र कसैको हत्या गर्न पनि प्रयोग गरिन्छ, त्यो मानिसको प्रवृत्तिमा भर पर्ने कुरा हो ।’
होली आफैमा एक प्रकृतिमैत्री पर्व हो । सप्तरङी इन्द्रेणीको प्रतिनिधित्व गर्दै विविध रङहरूसहित मनाइने पर्व हो यो । यस पर्वमा कृत्रिम रङहरूको प्रयोग हुन थालेको पनि धेरै समय भएको छैन । कृत्रिम रङहरूको प्रयोगले हाम्रो छालालाई नराम्रो असर गरिरहेको हुन्छ । केमिकल मिसाइएको रङहरूको प्रयोग गर्दा मानसिक स्वास्थ तथा वातावरणमा पनि असर पर्छ । त्यसैले होली पर्व मनाउँदा प्रकृतिक रङको प्रयोग गर्नु पर्छ ।

पहाडी क्षेत्रमा जाडो हुन्छ, त्यसैले होली खेल्दा पानीको प्रयोग होइन, रङहरूको मात्र प्रयोग गरिन्छ । तराई क्षेत्रमा बढी गर्मी हुने भएकोले पानीको पनि प्रयोग गरेर होली मनाइएको हो ।

विभिन्न फुलहरूको प्रयोग गरेर प्रकृतिक रङ बनाउन सकिन्छ । समाजमा राम्रो सन्देश जाने तथा प्रकृतिलाई जोगाउने हिसाबले होली खेल्नुपर्छ । होली भनेको आफन्तहरू तथा साथीभाईहरूसँग मिलेर खेलिन्छ । त्यसैले, अरुलाई दुःख दिने भिजाउने इच्छा विपरित रङ लगाउने काम गर्नु हुदैन ।

पहाडी क्षेत्रमा जाडो हुन्छ, त्यसैले होली खेल्दा पानीको प्रयोग होइन, रङहरूको मात्र प्रयोग गरिन्छ । तराई क्षेत्रमा बढी गर्मी हुने भएकोले पानीको पनि प्रयोग गरेर होली मनाइएको हो ।

होली पर्वलाई विकृति फैलाउने तरिकाले मनाउनको सट्टा प्रकृतिको जगेर्ना गर्ने गरी मनाउनुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested