English

यस्ता हुन्छन् टाइफाइडका लक्षण कसरी बच्ने ?



गर्मी मौसम सरुवा रोगहरुको लागि अनुकुल मौसम मानिन्छ । भाइरसदेखि जीवाणुहरु यसै मौसममा सक्रिय हुने भएकाले यो मौसममा बर्षेनी अनेकौं सरुवा रोगहरुको संक्रमण हुन्छ । नेपालको सन्दर्भमा सफाइको अभाव,जनस्वास्थ्यको सचेतनाको कमीका कारण सरुवा रोगको जोखिम उत्तिकै छ । गर्मी मौसममा लाग्ने सरुवा रोगहरु मध्येको एउटा रोग टाईफायड पनि हो यस रोगको लक्षणहरु के–के हुन् ? यसबाट कसरी बच्ने ? भन्ने विषयमा जनरल फिजिसियन डा. भुपेन्द्र कुमार बस्नेतको सुझाव यस्तो छ :

के हो टाइफाइड ?

टाइफाइड प्राय गर्मीयाममा आउने एक प्रकारको ज्वरो हो । साल्मोनेला समूहको जिवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ । साल्मोनेला समूहका धेरै खालका जिवाणु हुन्छन् तर, टाइफाइड भएका बिरामीमा बढी मात्रामा साल्मोनेला टाइफाई र प्यारा टाइफाइडका जिवाणुहरु भेटिन्छन् ।

दुषित पानी र खाद्य पदार्थको सेवनबाट लाग्ने यो रोगका जीवाणुहरु प्राय गर्मी र बर्षायामको समयमा बढी सक्रिय हुने गर्छ ।

टाइफाइडका लक्षण

— पेट तथा टाउको दुख्नु

— अचानक अत्याधिक ज्वरो आउनु

— बान्ता हुनु

— अत्याधिक पसिना आउनु र टाउको चिसो महसुस हुनु

— कब्जियत वा पखाला हुनु ।

— कमजोरी अनुभव हुनु

कसरी बच्ने ?

– पानीलाई राम्ररी उमालेर चिसो भएपछि मात्र पिउने
–सधै स्वच्छ पानी पिउने

– फलफुल तथा काँचो खानेकुरालाई राम्ररी पखालेर मात्र खाने

– खाना खानुअघि राम्ररी हात धुने

– जतिसक्दो, ताजा र पौष्टिक आहारा खाने

– तारेको, भुटेको र बाहिरको खानेकुरा नखाने

– बासी काँचो र सडेगलेको खानेकुरा नखाने

– घर वरपरको सरसफाईमा विषेश ध्यान दिने



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested