English

यस्ता हुन्छन् टाइफाइडका लक्षण कसरी बच्ने ?



गर्मी मौसम सरुवा रोगहरुको लागि अनुकुल मौसम मानिन्छ । भाइरसदेखि जीवाणुहरु यसै मौसममा सक्रिय हुने भएकाले यो मौसममा बर्षेनी अनेकौं सरुवा रोगहरुको संक्रमण हुन्छ । नेपालको सन्दर्भमा सफाइको अभाव,जनस्वास्थ्यको सचेतनाको कमीका कारण सरुवा रोगको जोखिम उत्तिकै छ । गर्मी मौसममा लाग्ने सरुवा रोगहरु मध्येको एउटा रोग टाईफायड पनि हो यस रोगको लक्षणहरु के–के हुन् ? यसबाट कसरी बच्ने ? भन्ने विषयमा जनरल फिजिसियन डा. भुपेन्द्र कुमार बस्नेतको सुझाव यस्तो छ :

के हो टाइफाइड ?

टाइफाइड प्राय गर्मीयाममा आउने एक प्रकारको ज्वरो हो । साल्मोनेला समूहको जिवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ । साल्मोनेला समूहका धेरै खालका जिवाणु हुन्छन् तर, टाइफाइड भएका बिरामीमा बढी मात्रामा साल्मोनेला टाइफाई र प्यारा टाइफाइडका जिवाणुहरु भेटिन्छन् ।

दुषित पानी र खाद्य पदार्थको सेवनबाट लाग्ने यो रोगका जीवाणुहरु प्राय गर्मी र बर्षायामको समयमा बढी सक्रिय हुने गर्छ ।

टाइफाइडका लक्षण

— पेट तथा टाउको दुख्नु

— अचानक अत्याधिक ज्वरो आउनु

— बान्ता हुनु

— अत्याधिक पसिना आउनु र टाउको चिसो महसुस हुनु

— कब्जियत वा पखाला हुनु ।

— कमजोरी अनुभव हुनु

कसरी बच्ने ?

– पानीलाई राम्ररी उमालेर चिसो भएपछि मात्र पिउने
–सधै स्वच्छ पानी पिउने

– फलफुल तथा काँचो खानेकुरालाई राम्ररी पखालेर मात्र खाने

– खाना खानुअघि राम्ररी हात धुने

– जतिसक्दो, ताजा र पौष्टिक आहारा खाने

– तारेको, भुटेको र बाहिरको खानेकुरा नखाने

– बासी काँचो र सडेगलेको खानेकुरा नखाने

– घर वरपरको सरसफाईमा विषेश ध्यान दिने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested