English

गायिका एलिनाको नजरमा पाँच पुरुष



पछिल्लो पुस्ताकी चर्चित गायिका हुन– एलिना चौहान । ‘इन्स्टाको फोटो’ को कभर गीत गाएर चर्चामा आएकी चौहानले यो अवधिमा थुप्रै गीत गाइसकेकी छिन् । के माया लाग्छ र, पानी पँधेरो, मेरो परान, मिनिरल वाटर लगायत उनका दर्जनौ गीत चर्चाको शिखरमा छन् । उनले आफूलाई मन पर्ने ५ पुरुषलाई यसरी सम्झन्छिन् ः

नाजिर हुसेन

मलाई मनपर्ने पुरुष छान्नुपर्दा सबैभन्दा सुरुमा अभिनेता नाजिर हुुसेन पर्नुहुन्छ । उहाँको अभिनयको म फ्यान हुँ । साथै, उहाँको साधारण जीवनशैली मनपर्छ ।

अनमोल के.सी.

अनमोल के.सी. एकदमै स्मार्ट र ह्याण्डसम लाग्छ । उहाँका फिल्म अधिकांश हेरिसकें । उहाँको अभिनय र चक्लेटी मुहार साह्रै मनपर्छ ।

अरमान मालिक

बलिउड गायक अरमान मालिक मलाई मनपर्ने गायक हो । उहाँले गाएका केही गीतहरुको शब्द–शब्द मलाई याद छ । मैले उहाँका धेरै गीत सुनेको छु । त्यसैले मैले उहाँलाई नछान्ने कुरै भएन ।

सलमान खान

अभिनेता सलमान खानको अभिनय साह्रै मनपर्छ । त्यसैले मलाई मनपर्ने पुरुष उहाँ पनि हो । मैले उहाँका अधिकांश फिल्म हेरेको छु ।

शाहरुख खान

चर्चित बलिउड अभिनेता शाहरुख खान मलाई असाध्यै मनपर्छ । मैलै सानैदेखि उहाँको फिल्म हेर्ने गरेको छु र उहाँको एक्टिङ राम्रो लाग्छ । प्राय सबै फिल्म मनपर्छ ।



सम्बन्धित खबरहरु

आरोही फुर्वा तेन्जिङ शेर्पा र राज गुरुङद्वयले सगरमाथाको चुचुरोमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यको फोटो अंकित झण्डा

स्याङ्जाको एउटा सामान्य गाउँमा जन्मिएका राज गुरुङको जीवन यात्रा कुनै चलचित्रको कथा भन्दा कम छैन । बाल्यकाल भारतको देहरादूनमा बिताएका

लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

Popular
Suggested