English

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक



राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती निधन भएको हो । पोखरा बुद्धचोकका ९१ बर्षीय गुरुङको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा निमोनियाका कारण निधन भएको हो । मणिपाल शिक्षण अस्पतालमा उपचार गर्न लगिएको गुरुङलाई थप उपचारको लागि काठमाडौँ ल्याइएको थियो । पारिवारिक स्रोतका अनुसार आज दिनको १ बजे पोखरास्थित बुद्धचोक निवासबाट शबयात्रा सहित बौद्ध अर्घों सदन रामघाटमा अन्तिम श्रद्धाञ्जलि सहित अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ । उनको २ श्रीमती, ३ छोरा, २ छोरी छन् । बिल बहादुर राइज मिडिया नेटवर्कका अध्यक्ष तुलसी गुरुङका मामा ससुरा पनि हुन् ।

बिल गुरुङ पेट्रेलियम डिलर्स एसोसियसन गण्डकीका संस्थापक अध्यक्ष, कालिका मावि बिद्यालय व्यबस्थापन समितिका पूर्व अध्यक्ष, पोखरा उद्योग बाणिज्य संघका पूर्व सदस्य, मनकामना पेट्रोल पम्प, जय बुद्ध आयल स्टोर्सका पूर्व संचालक लगायतका विभिन्न संघ संस्थामा आबद्ध थिए । छोरा सुनिल गुरुङ सहारा क्लवका सल्लाहकार, साविक पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका उपाध्यक्ष लगायतका विभिन्न संघ संस्थामा आबद्ध छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested