English

काठमाडौंमै सिटामोलको चरम अभाव, आखिर किन ?



कोरोना संक्रमण पुष्टि भएका र सामान्य ज्वरो आएका संक्रमितलाई चिकित्सकले सिटामोल खान सुझाव दिन्छन् । तर, यतिबेला राजधानीलगायत देशका अधिकांश स्थानमा सिटामोलकोे अभाव सुरु भएको छ । सिटामोल अभाव हुन थालेको भन्दै फार्मेसी सञ्चालकले अधिकतम ५–१० चक्की मात्र पारासिटामोल दिने गरेका छन् ।

‘पछिल्लो समय कच्चा पदार्थको मूल्यवृद्धि भएकाले एक रुपैयाँमा सिटामोल उत्पादन गर्न नसक्ने गुनासो उत्पादक कम्पनीहरुको छ,’ केसीले भने, ‘यस विषयमा हाम्रो मूल्य अनुगमन समितिले अध्ययन गरिरहेको छ ।’

कोरोना संक्रमणको कारण विश्व बजारमा सिटामोलको खपत अहिले अत्याधिक बढेको छ । त्यसैले पछिल्लो समय यसको माग उच्च रहेकाले अभाव भएको औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक तथा सूचना अधिकारी सन्तोष केसी बताउँछन् । साथै, कच्चा पदार्थको अभावका कारण उत्पादक कम्पनीले साबिक मूल्यमा सिटामोल उत्पादन गर्न नसक्ने गुनासो गर्ने गरेको उनले बताए ।

‘पछिल्लो समय कच्चा पदार्थको मूल्यवृद्धि भएकाले एक रुपैयाँमा सिटामोल उत्पादन गर्न नसक्ने गुनासो उत्पादक कम्पनीहरुको छ,’ केसीले भने, ‘यस विषयमा हाम्रो मूल्य अनुगमन समितिले अध्ययन गरिरहेको छ ।’

नेपाल औषधि लिमिटेडका सूचना अधिकारी टीकाराम अर्याल निजी क्षेत्रबाट उत्पादन घटेकोले बजारमा सिटामोलको अभाव भएको बताउँछन् ।

२०६४ सालमा एक चक्की सिटामोलको एक रुपैयाँ मूल्य निर्धारण गरिएको थियो । तर, अहिले उत्पादन कम्पनीसँग भएको कच्चा पदार्थ क्रमशः सकिँदै गएको र विश्व बजारमा कच्चा पदार्थको मुल्य बढेकोले त्यसको हिसाबमा मुल्य संशोधन नभएकाले वितरण कम गरेको हुनसक्ने केसी बताउँछन् ।

‘महामारीको समयमा औषधिको मूल्य वृद्धि गर्दा राम्रो सन्देश जाँदैन र यो कुरा जनप्रिय पनि हुँदैन,’ उनी भन्छन्, ‘त्यसैले के गरेर अगाडि बढ्न सकिन्छ भनेर हामी छलफल गरिरहेका छौँ ।’

यसगरी, नेपाल औषधि लिमिटेडका सूचना अधिकारी टीकाराम अर्याल निजी क्षेत्रबाट उत्पादन घटेकोले बजारमा सिटामोलको अभाव भएको बताउँछन् । ‘विश्व बजारमा सिटामोल बनाउने कच्चा पदार्थको मूल्य एकदमै बढेको छ,’ उनी भन्छन्,‘ पहिलेको भन्दा लगभग ४ गुणा धेरै बढेको छ । एउटा सिटामोलको मूल्य बजारमा एक रुँपैयाँ छ, तर एक रुपैयाँमा सिटामोलको कच्चा पदार्थ नै आउँदैन । त्यसैले घाटा हुने सम्भावना भएर निजी औषधी उत्पादन कम्पनीहरुले उत्पादन घटाएको हुन सक्छन् ।’

लामो समयदेखि पारासिटामोलको उत्पादन तथा वितरण गर्दै आईरहेको टाइम फर्मास्यूटिकल्सले अहिले पारासिटामोलको उत्पादन तथा वितरण अझ बढाएको कम्पनीको क्युसियी तथा आर एण्ड डी म्यानेजर सुरेश काफ्ले बताउँछन् ।

यद्यपि, नेपाल औषधि लिमिटेडले भने उत्पादनमा कमी नगरेको अर्यालको दाबी छ । ‘हामीले उत्पादन घटाएका छैनौं अझै बढाएको छौ । जति क्षेत्रमा हामीले पारासिटामोल वितरण गर्दै आएका थियौ अहिले पनि त्यस क्षेत्रमा वितरण गरिरहेकै छौं,’ उनले भने, ‘अन्य निजी कम्पनीले विक्री कम गरेको कारण नै अहिले बजारमा सिटामोलको अभाव देखिएको हो ।’

काठमाडौको गोल्फुटारस्थित मेडिस्प्रा फार्मेसीका सञ्चालक रामहरी पराजुली अहिले सिटामोलको चरम अभाव हुन थालेकाले समस्या परेको बताउँछन् । ‘हामीकहाँ अब थोरै मात्र स्टक बाँकी छ,’ उनले भने, ‘बजारमा अभाव भएकाले सबैले सहज रूपमा पाउन् भनेर हाल एकजना बिरामीलाई१० चक्कीभन्दा बढी सिटामोल बिक्री गरेका छैनौं ।’

लामो समयदेखि पारासिटामोलको उत्पादन तथा वितरण गर्दै आईरहेको टाइम फर्मास्यूटिकल्सले अहिले पारासिटामोलको उत्पादन तथा वितरण अझ बढाएको कम्पनीको क्युसियी तथा आर एण्ड डी म्यानेजर सुरेश काफ्ले बताउँछन् ।

‘कच्चा पदार्थको मुल्य वृद्धि भएकाले पारासिटामोल उत्पादन गर्दा घाटा त हुन्छ, तर नाफा घाटालाई पन्छाएर यो परिस्थितीमा उत्पादनलाई घटाउन नहुने भन्ने मान्यताका साथ हामीले निरन्तर उत्पादन गरिरहेका छौ,’ उनले भने, ‘विक्री मुल्य भन्दा उत्पादन मुल्य बढी पर्ने भएकोले धेरै कम्पिनीहरुले त उत्पादन बन्द पनि गरेका छन् । त्यसैले अभाव भएको हुनुपर्छ ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर शनिबार

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

काठमाडौं। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी स्मार्ट सुविधासहितको नयाँ Xiaomi Watch

सुशील सुवेदी१९ साउन , स्याङ्जावालिङ नगरपालिकाका किसानले अब आफ्ना तरकारी तथा कृषि उपज बोकेर बजार धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको

Latest










Popular
Suggested