गुजुल्टी रहने नेपाल–भारत सम्बन्ध



पूर्व, पश्चिम र दक्षिण गरी तीनतर्फी भारतीय भूमिबाट घेरिएको नेपाल भू-परिवेष्ठित राष्ट्रको नियती भोग्न बाध्य छ । नेपाल र भारतबीच सदियौंदेखि अत्यन्त निकट तथा सौहार्दपूर्ण सम्बन्ध रहेकामा कुनै सन्देह छैन । रोटीबेटीको सम्बन्ध गाँसिएको यी दुई अत्यन्त निकट राष्ट्र हुन । खुल्ला सिमाना, धार्मिक आस्था, सांस्कृतिक परिवेश तथा भाषिक निकटताले गर्दा पनि दुई देशबीच जनस्तरको सम्बन्ध रहि आएको हो । जसकारण यी दुई मुलुकका नागरिकलाई आवतजावतका लागि भिषा छुटको व्यवस्था छ । तर पछिल्लो समय विभिन्न घटनाक्रमका कारण दुई देशको सीमानालाई खुल्ला राख्न नहुने हो कि भन्ने तर्क पनि सुनिन थालेका छन् । हुनपनि, समयको प्रवाह अनुसार दुई देश बीचको सम्बन्धलाई गतिशील बनाइनु पर्दछ । विगतका अनुभवका आधारमा विद्यमान समस्याहरु सुल्झाइनु पर्छ ।

नेपाल भारतको सबैभन्दा ठूलो व्यापारिक सम्बन्ध भएको राष्ट्र पनि हो । दुई देश बीच वर्षेनी खर्बाै रुपैयाँको व्यापार हुन्छ । तर भारतसँगको व्यापार घाटा भने ठूलो अन्तरमा छ । सियोदेखि औंषधि र मेशिनजन्य लगायत हजारौं किसिमका सामानहरु आयात गर्नुपर्ने अवस्थाले गर्दा भारतसँगको व्यापार घाटा स्वभावतः देखिन्छ । देशमा देखा पर्दै आएको आयातमुखी व्यापारको दबदबाले कहालीलाग्दो व्यापार घाटा घट्ने सम्भावना पनि देखिन्न । निर्यात भने निकै कम अनुपातमा बढेको देखिन्छ । कच्चा पदार्थहरु निर्यात गरेर तयारी वस्तुहरु आयात गर्नुपर्ने बाध्यता रहेसम्म नेपालले वर्षेनि खर्बाै रुपैयाको व्यापार घाटा सहनुको विकल्प छैन ।

नेपाल प्राचीनकालदेखि स्वतन्त्र, अखण्ड र सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा विश्व मानचित्रमा रेखाङ्कित छ । भारत त सन् १९४७ मा मात्र ब्रिटिस साम्राज्यको चंगुलवाट मुक्त भएको हो । तर नेपाल अनेकन कालखण्डमा विभिन्न बंशहरुले राज्य गरेतापनि स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रकै रुपमा रह्यो ।

दुई देश बीचको सम्बन्धमा समय–समयमा तनाव उत्पन्न भइरहन्छ । नेपाली जनस्तरमा भारतप्रति नकारात्मक सोच पाल्ने ठूलै जमात देखिन्छ । भारतमा पनि नेपाललाई सानो, निर्बल, अविकसित तथा आर्थिक रुपमा सबल हुन नसकेको राष्ट्रको रुपमा हेरिन्छ । बेला–बेला राजनीतिक सम्बन्ध सग्लो हुन नसक्दा दुई देशबीच हुनुपर्ने सुमधुर सम्बन्धमा गतिरोधहरु उत्पन्न भएका छन् ।

चारपटकसम्म त भारतले नेपाल माथि नाकाबन्दी नै लगाईसकेको छ । यस्तो काम अन्तर्राष्ट्रिय कानून प्रतिकुल छ । जसकारण भारतप्रति सकारात्मक सोच पाल्ने जनता समेत स्वतः नकारात्मक भएका छन् । दुई देश बीचको सम्बन्धमा आएका कुनैपनि समस्याको समाधान जनतालाई दुःख दिएर हुँदैन । २०७२ सालको महाभूकम्पबाट ठूलो क्षति व्यहोरेको नेपाललाई तंग्रिन नपाउँदै फेरी अनेकन बहानामा नाकाबन्दी लगाईदिँदा भारतप्रति नेपाली जनताको आक्रोश शिखरमै पुगेको थियो । यो स्वाभाविक पनि थियो ।

भारतको बढ्दो शक्ति तथा यस क्षेत्रका खेल्नुपर्ने महत्वपूर्ण भूमिकाको लागि सन् १९९७ तिर पूर्व प्रधानमन्त्री ईन्दर कुमार गुजरालद्वारा प्रतिपादित नीति सुहाउँदो हुनसक्छ ।

दक्षिण एशियाली मानचित्रमा भारत प्रत्येक दृष्टिकोणले एक ठूलो, श्रोतसम्पन्न तथा सबल राष्ट्र हो । सन् १९८५ देखि दक्षिण एशियाली राष्ट्रहरुको संगठन (सार्क) को स्थापना पश्चात यस क्षेत्रको दु्रततर आर्थिक विकासको लागि भारतको अह्म भूमिका रही आएको हो । तर भारत तथा पाकिस्तान बीच सौहार्दपूर्ण सम्बन्ध हुननसक्दा सार्कबाट अपेक्षा गरिएको भूमिका निर्वाह हुन सकेन । हाल आएर बिमस्टेकको उदयले त सार्कलाई झन् खुम्च्याई दिएको महशुस हुन्छ ।

वास्तवमा नेपाल तथा भारतबीच हुनुपर्ने अति मजबुत सम्बन्धमा के कस्ता तगाराहरु छन् त ? भारतले हिमालयको फेदलाई आफ्नो सुरक्षा कवच सोच्नु नै समस्या हो । नेपाल प्राचीनकालदेखि स्वतन्त्र, अखण्ड र सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा विश्व मानचित्रमा रेखाङ्कित छ । भारत त सन् १९४७ मा मात्र ब्रिटिस साम्राज्यको चंगुलवाट मुक्त भएको हो । तर नेपाल अनेकन कालखण्डमा विभिन्न बंशहरुले राज्य गरेतापनि स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रकै रुपमा रह्यो । नेपाली जनताले भारतले विभिन्न तहतप्कामा गर्ने हस्तक्षेपलाई स्विकारयोग्य मान्दैनन् । भारतको यस्ता रवैयाले पनि प्रत्युत्पादक परिणाम दिने गरेको छ । उत्तरमा चीनजस्तो विशाल र विश्व शक्तिशाली राष्ट्रका कारण भारतको सुरक्षा चासो रहनु स्वभाविक हो । यो चासो निवारणका लागि भारतले कुटनीतिक पहलमार्फत नेपाल सरकारको विश्वास जित्नुको विकल्प छैन् ।

आर्थिक विकासको गति तीव्र अगाडि बढाउन चाहेको नेपाललाई छिमेकी भारतको निरन्तर सहयोग सधै अपेक्षित हुन्छ नै । अतः दुई देशबीचको सम्बन्धलाई आउने दिनमा अझ उचाईमा पुर्याउन सुझबुझ, सदाचार तथा समझदारी तड्कारो आवश्यक छ ।

दुई देशबीच भएको सन् १९५० को सन्धीलाई समयानुकुल परिमार्जन गरी सीमा सम्बन्धी विवादको हल गर्नुपर्ने नेपालको धारणा माथिपनि भारतले उचित कारवाही गर्नुपर्छ । नेपाल भारत प्रवुद्ध समूह (इपीजी) ले तयार पारेको प्रतिवेदन समेत भारतीय प्रधानमन्त्रीले समय उपलब्ध नगराएको कारण त्यतिकै थन्केको छ । सो प्रतिवेदनमा समूहका सदस्य जयन्त प्रसादले नोट अफ डिसेन्ट लेखेका छन् । भारतको तर्फबाट नेतृत्व गरेका भगतसिंह कोसियारीको काम सन्तोषजनक नरहेको तथा भारतभन्दा नेपालको पक्षमा विशेष भूमिका खेलेको उनको आरोप छ । इपिजीले १९५० को असमान सन्धि प्रतिस्थापन गर्नुपर्ने सुझाव दिएको अनुमान गरिन्छ ।

भारतको बढ्दो शक्ति तथा यस क्षेत्रका खेल्नुपर्ने महत्वपूर्ण भूमिकाको लागि सन् १९९७ तिर पूर्व प्रधानमन्त्री ईन्दर कुमार गुजरालद्वारा प्रतिपादित नीति सुहाउँदो हुनसक्छ । भारत एक ठूलो र शक्तिशाली मुलुक भएकाले आफ्ना साना छिमेकी राष्ट्रहरुसँग सौहार्द्रपूर्ण मेलमिलापको वातावरण मार्फत पारस्पारिकतामा नअल्झी विश्वास जित्नुपर्नेमा गुजरालको जोड थियो । यसो हुनसके छिमेकी राष्ट्रहरुबाट भारतलाई निरन्तर सहयोग तथा समर्थन प्राप्त हुने नै छ । संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को स्थायी समिति सदस्य बन्न चाहेको भारतले पहिला आप्mनो छिमेकी राष्ट्रहरुसँग समझदारी बढाउनुको बिकल्प छैन ।

नेपाल भारतसँग सदैव सौहार्द्र सम्बन्ध राख्न चाहन्छ । आर्थिक विकासको गति तीव्र अगाडि बढाउन चाहेको नेपाललाई छिमेकी भारतको निरन्तर सहयोग सधै अपेक्षित हुन्छ नै । अतः दुई देशबीचको सम्बन्धलाई आउने दिनमा अझ उचाईमा पुर्याउन सुझबुझ, सदाचार तथा समझदारी तड्कारो आवश्यक छ । विश्वासमा आधारित सम्बन्धलाई उचाईमा पुर्याउने कोशिस गरिनु सदा अपरिहार्य हुन्छ ।

(लेखक फ्रान्सका लागि पूर्व नेपाली राजदूत हुनुहुन्छ ।)
लेखकबाट थप
राजदूत हुन किन मरिहत्ते गर्छन् उपल्लो पदमा पुगेकाहरू नै ?



...
संयुक्त राष्ट्र संघ र नेपाल सम्बन्धको नालीबेली « Mero LifeStyle

[…] लिखित अन्य सामाग्रीहरु:गुजुल्टी रहने नेपाल–भारत सम्बन्धराजदूत हुन किन मरिहत्ते गर्छन् […]

...
पहिचान गरिएका खानी क्षेत्रमा मात्र उत्खनन « Mero LifeStyle

[…] […]

...
६० देखि ६४ वर्ष उमेर समूहले ‘भेरोसेल’ खोप लगाउन कहाँ जाने ? « Mero LifeStyle

[…] […]

...
असारदेखि होला त ‘लुज डाउन’ ? « Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धी समस्यामध्ये पाठेघर (आङ) खस्ने मुख्य समस्या हो । महिलाहरुको पाठेघर खस्ने र पाठेघर सम्बन्धि समस्या बिशेषगरि

यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ । मैथिली र थारु समुदायका महिलाले

कोभिड महामारीपछि सुनसान बनेको गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढ्न थालेको छ । कोभिड–१९ का कारण धरासायी

खासगरी बालबालिकाहरु जंक फुड धेरै रुचाउँछन् । यस्तो खाना स्वादमा मिठो भएपनि स्वास्थ्यमा खराब असर गर्छ । खराब खानाले बालबालिकाको

Suggested