English

शक्तिशाली, स्टाइलिश र स्मार्ट रेडमी नोट 15 5G नेपालमा



काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो ब्याट्री, उच्च प्रदर्शन र प्रिमियम फिचरसहित प्रयोगकर्ताका लागि एक उत्कृष्ट स्मार्ट फोन भएको कम्पनीले जनाएको छ । डिजाइन र बनावटस् नोट 15 5G तीन आकर्षक रंग( ब्ल्याक, ग्लेसियर ब्लु र मिस्ट पर्पल कलरमा उपलब्ध छ । जसमा मिस्ट पर्पल कलर प्रयोगकर्तामाझ सबैभन्दा लोकप्रिय बनेको छ । रेड्मी सिरिजकै इतिहासमा सबैभन्दा पातलो यो डिभाइसले आकर्षक लुक प्रदान गर्दछ । यसको पातलो, हल्का र आकर्षक डिजाइनले स्टाइल मात्र होइन, प्रयोग गर्न पनि एकदमै सजिलो, सहज र आनन्द आउने हुन्छ ।

उच्च क्षमता र लामो ब्याट्री जीवनः रेडमी नोट 15 5G मा ५५२० मेगाहर्ज ब्याट्री रहेको छ, जसले झण्डै २ दिनसम्म चार्ज टिकाउँछ । स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको आयु लामो बनाउँछ भने ४५वाट टर्बो चार्जिङले छिट्टै फुलचार्ज हुन्छ । यसले एकै पटकमा २१ घण्टासम्म भिडियो प्ले वा १० घण्टासम्म भिडियो रेकर्डिङ गर्न सकिन्छ । प्रिमियम डिस्प्ले र उच्च प्रदर्शनः ६.७७–इन्च OLEd डिस्प्ले र ३२०० निट्स ब्राइटनेसका साथ यसले घाममा पनि स्पष्ट दृश्य प्रदान गर्छ । ३८४०Hz PWM डिमिङले आँखालाई सहजता दिन्छ । स्मार्टफोन Snapdragon 6Gen ३ प्रोसेसर (4mm आर्किटेक्चर) र २४जिबीसम्म ऱ्याम सपोर्टसहित उच्च गति र स्मूद प्रदर्शन सुनिश्चित गर्छ ।

फोटोग्राफी र मनोरञ्जनको नयाँ स्तरः रेडमी नोट 15 5G मा १८० MP मुख्य क्यामेरा, ८ MP अल्ट्रा–वाइड क्यामेरा, र २० MP फ्रन्ट क्यामेरा रहेको छ । बिल्ट–इन इमेज स्टेबलाइजेसन र एआई सक्षम फिचरले व्यवसायिक स्तरको स्पष्टता र विवरण दिनेछ। Dual Speakers र एआई पोट्र्रेट, Dynamic Shots २.० जस्ता सुविधा प्रयोगकर्तालाई मनोरञ्जन दिन्छ र अझ रोचक बनाउँछ । सुरक्षा, मजबुती र दिगोपन : इन–स्क्रिन फिंगरप्रिन्ट र एआई फेस अनलकले पूर्ण सुरक्षा सुनिश्चित गर्छ । रेडमी नोट 15 मजबुती ड्रप र वाटर–रेसिस्टेन्स प्रमाणित छ, र Wet Touch Technology २.० ले भिजेको स्क्रिनमा पनि चलाउन सहज हुन्छ । उपलब्धता र मूल्य : यो स्मार्टफोन १२ जिबी+५१२ जिबी को रु.४६,९९९ र ८ जिबी +२५६ जिबीको रु.३९,९९९ मा नेपालभर खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।



...
Üsküdar Su Kaçağı Tespiti Fiyatları

Üsküdar Su Kaçağı Tespiti Fiyatları Cihazları çok gelişmiş, duvarlara zarar vermeden kaçak noktasını belirlediler. Etiler'e gelmeleri de çok hızlı oldu. https://www.collcard.com/read-blog/2574

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested