नयाँ नेतासँग पानी गफ 💧 २०८३ बैशाक १ गते ३३ पोखरी परिक्रमा
सारांश:
आगामी वर्ष नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको ३३ पोखरी परिक्रमा कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रमको मुख्य नारा “नयाँ नेतासँग पानी गफ” राखिएको छ, जसले नयाँ पुस्तालाई जलस्रोत संरक्षण र भौतिक स्वरुपको सामाजिक सञ्जाल भनेर ३३ पाखेरी परिक्रमा लाइ चिनाउने उद्देश्य राखेको छ।
कार्यक्रमका अरु उद्देश्यहरू:
पुराना नेताले चिया गफमा समय खर्च गर्दा नागरिकले पानी समेत नपाएको अवस्था भोगेको अनुभवलाई सुधार गर्दै, ३३ पोखरी मा हिँड्दै प्रत्यक्ष गफ पाानीको समस्याको समाधान खोज्ने । नयाँ पुस्तालाई मोबाइल भन्दा बाहेक भौतिक सामाजिक सञ्जाल, ३३ पाखेरी परिक्रमा र सम्पदा यात्राको अनुभव गराउने।पोखरीहरूमा निरन्तर पानी बगाउने उपाय खोज्ने र घरघरबाट पानी तान्ने पम्पको ऊर्जा बचतको चर्चा गर्ने। पाेखरीमा नियमित श्रम मार्फत जिम र क्लब जाने समयकाे बचत र शारीरिक स्वास्थ्य सुधार गर्ने ।पोखरी र जलस्रोत संरक्षणसँग जोडेर पर्यावरणीय र सांस्कृतिक पर्यटन मार्ग प्रवर्द्धन गर्ने।
दिगो पर्यटन प्याकेज विकासको सम्भावना पहिचान र आन्तरिक तथा अन्तर्राष्ट्रिय बजार लक्षित विषयगत टुर डिजाइनको आधार तयार गर्नु।
विशेष आकर्षण: कार्यक्रमको अन्त्यमा साँझपख भक्तपुरमा बिस्का जात्राको लिङगो ढालेको प्रत्यक्ष दृश्य अवलोकन गरी पदयात्रा सम्पन्न गरिनेछ।









Oil and gas jacking system supplier
Well explained applications for offshore oil & gas sectors.