‘भेरोसेल’ खोप क-कसले लगाउन पाउँछन् ?



यही जेठ २५ गते (मंगलवार) बाट देशभर कोरोनाविरुद्धको खोप भेरोसेल लगाउन थालिएको छ । चीन सरकारबाट ल्याइएको १० लाख डोज कोरोना खोप काठमाडौं उपत्यका बाहिरका अन्य जिल्लाहरुमा ६२, ६३ र ६४ वर्षका व्यक्तिहरुले लगाउन पाउनेछन् । त्यस्तै काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुले लगाउन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् ।

कस्ता व्यक्तिले लगाउन पाउँछन् भेरोसेल ?

-काठमाडौं उपत्यकामा पहिलो डोज भेरोसेल लगाएका र दोश्रो डोज लगाउने बेला उपत्यका बाहिर भएकाहरु ।

-यसअघि खोप लगाउन छुटेको स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी तथा इन्टर्नहरु ।

-तिब्बतसँग सीमाना जोडिएका सबै पालिकाहरुमा १८ वर्ष माथिका सबै व्यक्तिहरु ।

-हिमाली जिल्लाहरुमा यसअघिको ५५ वर्ष माथिको खोप कार्यक्रममा खोप लगाउन छुटेकाहरु ।

-यसबारे थप जानकारी लिन आ-आफ्ना जिल्ला स्वास्थ्य कार्यालय, पालिका तथा खोप केन्द्रमा सम्पर्क गर्नुपर्छ ।

-खोप लगाउन जाँदा, आफ्नो उमेर खुल्ने सरकारी परिचयपत्र, वडाको सिफारिस, पहिला खोप लगाएको खोप कार्ड बोकेर जानुपर्छ ।

यो पनि पढ्नुहोस्
६० देखि ६४ वर्ष उमेर समूहले ‘भेरोसेल’ खोप लगाउन कहाँ जाने ?
कोरोनाका १० प्रजाति, कुन कति खतरा ?
निषेधाज्ञामा बढ्दै साइबर अपराध, कसरी जोगिने ?
घरभित्रै अभिभावकसँग टाढिँदै सन्तान
गुजुल्टी रहने नेपाल–भारत सम्बन्ध
असारदेखि होला त ‘लुज डाउन’ ?
काठमाडौंमै सिटामोलको चरम अभाव, आखिर किन ?
राति अबेरसम्म निद्रा लाग्दैन ? यसो गर्नुस्
‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’
‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’, कति सुरक्षित ?
काठमाडौं उपत्यकामा कतिले गरे नियम उल्लंघन, कतिलाई भयो कारबाही ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

विगत केही दशकहरूमा हाम्रो वातावरणमा जसरी प्रदूषण बढ्दै गइरहेको छ, त्यो वर्तमानका लागि मात्र होइन भविष्यका लागि पनि धेरै हिसाबले

यस धर्तीमा यस्ता रहस्य छन्, जसको बारेमा वैज्ञानिकले पनि आजसम्म पत्ता लगाउन सकेका छैनन् । संसारभरका नदी र तालहरूमा धेरै

घरबाहिर तथा बैठक कोठालाई सजाएर राख्दा घरको वातावरण सकारात्मक मात्रै होइन, तपाईंलाई एउटा फरक छवि पनि दिने गर्छ । घरभित्रको

मानव जीवनको सुरक्षाका लागि वातावरणलाई सुरक्षित राख्नुपर्छ । आधुनिकतातर्फ अघि बढिरहेको विश्वमा विकासको बाटोमा हामीले पृथ्वी र वातावरणका लागि घातक