English

६० देखि ६४ वर्ष उमेर समूहले ‘भेरोसेल’ खोप लगाउन कहाँ जाने ?



नेपालमा मंगलवारबाट ६० देखि ६४ वर्षका ज्येष्ठ नागरिका लागि कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको छ । काठमाडौंमा ६० देखि ६४ र अन्य जिल्लामा ६२ देखि ६४ वर्ष उमेरसमूहका नागरिकलाई खोप दिन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्थानीय निकायहरुले तोकेको खोप केन्द्रमा आज खोप अभियान सञ्चालन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् ।

खोप केन्द्र तोक्न र व्यवस्थापन गर्नका सरकारले जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय निकायलाई जिम्मा दिएको थियो । त्यसो त आज काठमाडौंका खोप केन्द्रहरुमा ६० देखि ६४ वर्ष उमेरसमूहका नागरिकको भीड देखिन्थ्यो ।

काठमाडौंका कुन नगरपालिकाको कहाँ खोप केन्द्र ?
काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाका अनुसार पहिलो दिन ८ हजार ७ सय ४६ जनाले खोप लगाएका छन् । महानगरले सबै वडामा खोप केन्द्र तोकेको छ । जसमध्ये, वडा नम्बर १ को नक्सालस्थित नन्दीरात्री मावि, वडा नम्बर २ को वडा कार्यालय लाजिम्पाट, वडा नम्बर ३ को वडा कार्यालय महाराजगञ्ज, वडा नम्बर ४ को विशाल मिलन केन्द्र चण्डोल, वडा नम्बर ५ को वडा कार्यालय हाँडिगाउँ, वडा नम्बर ६ को महेन्द्रबौद्ध उच्च मावि बौद्ध, वडा नम्बर ७ को किंगडम, रातोपुलमा खोप केन्द्र तोकिएको छ । त्यस्तै वडा नम्बर ८ को वडा कार्यालय जय वागेश्वरी, वडा नम्बर ९ को गुह्येश्वरी मावि, वडा नम्बर १० को डोनाल्ड रेष्टुरेण्ट बानेश्वर वडा नम्बर ११ को विश्व निकेतन स्कूल, त्रिपुरेश्वरमा तोकिएको छ ।
यसैगरी, वडा नम्बर १२ को बुद्धमाई सेन्टर टेकु, वडा नम्बर १३ को जनप्रभात मावि, कालीमाटी, वडा नम्बर १४ को वडा कार्यालय कुलेश्वर, वडा नम्बर १५ को भुईखेल चौर स्वयम्भू, वडा नम्बर १६ को जुडो हल नयाँ बजार, वडा नम्बर १७ को पब्लिक यूथ क्याम्पस, खुसिबु, वडा नम्बर १८ को पुष्पलाल पार्क नरदेवीलाई खोप केन्द्र तोकिएको छ ।

यस्तै, वडा नम्बर १९ को श.स्वा क्लिनिक वडा परिसर, कंकेश्वरी, वडा नम्बर २० को शान्ती निकुञ्ज स्कूल भीमसेनस्थान, वडा नम्बर २१ को श.स्वा क्लिनिक, याङ्गाल, वडा नम्बर २२ को टेबहाल वडा कार्यालय, वडा नम्बर २३ को नवआदर्श स्कूल वसन्तपुरमा खोप केन्द्र तोकिएको छ ।
त्यसैगी, वडा नम्बर २४ को इतुमवहाल, वडा २५ को कन्या मन्दिर स्कूल, वडा नम्बर २६ को वडा परिषद् लैनचौर, वडा नम्बर २७ को महाबौद्ध चोक, वडा नम्बर २८ को वडा कार्यालय बागबजार, वडा नम्बर २९ को विजयस्मारक स्कूल, डिल्लीबजार, वडा नम्बर ३० को ज्ञानेश्वर चोक, वडा नम्बर ३१ को भीमसेनगोला स्कूल, र वडा नम्बर ३२ को वडा कार्यालय जडीबुटीमा खोप लगाउन पाइनेछ ।

बुढानीलकण्ठ नगरपालिका

बुढानीलकण्ठ नगरपालिकाको हकमा गणेश माबि स्कूल, बाल उद्धार मावि, कपन १० र नेशनल आइडियल बोर्डिङ स्कूल मण्डीकाटार ९ लाई खोप केन्द्र तोकिएको छ ।

टोखा नगरपालिका

टोखा नगरपालिकाले ग्राण्डी अस्पताल र अल नेपाल अस्पताललाई खोप केन्द्र तोकेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका

कागेश्वरी मनोहरा नगरपालिकाले गोठाटार स्वास्थ्य चौकी, मुलपानी नगर अस्पताल, र आलापोट स्वास्थ्यचौकीमा खोप केन्द्र तोकेको छ ।

तारकेश्वर नगरपालिका

तारेकेश्वर नगरपालिकामा मनमैजु स्वास्थ्य चौकी, र धर्मस्थली स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकेको छ ।

शंखरापुर नगरपालिका

शंखरापुर नगरपालिकाले इन्द्रायणी प्रस्तावित अस्पताल, लप्सी फेदी स्वास्थ्य चौकी, र साँखु स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकेको छ ।

दक्षिणकाली नगरपालिका

दक्षिणकाली नगरपालिकाको हकमा शेषनारायण स्वास्थ्य चौकी, दक्षिणकालीमा खोप उपलब्ध हुनेछ ।

नागार्जुन नगरपालिका

नागार्जुन नगरपालिकाले रामकोट प्राथमिक स्वास्थ्य केन्द्र, स्यूचाटार स्वास्थ्य चौकी, नाम्गेल स्कूल, र ईलाईट मेमोरियल स्कूललाई खोप केन्द्र तोकेको छ ।

चन्द्रागिरी नगरपालिका

चन्द्रागिरी नगरपालिकाले थानकोट प्राथमिक अस्पताल र मंगल माविलाई खोप केन्द्र तोकेको छ ।

गोकर्णेश्वर नगरपालिका

गोकर्णेश्वर नगरपालिकाले सहयोगी मावि, गोकर्ण र चामुण्डा मावि नारायणटारमा खोपकेन्द्र तोकेको छ ।

कीर्तिपुर नगरपालिका

कीर्तिपुर नगरपालिकाको विष्णुदेवी अस्पताल, बालकुमारी स्वास्थ्य चौकी, विश्व राष्ट्रिय मावि, ग्रीन भिलेज सेकेण्डरी स्कूल, र चोभार स्वास्थ्य चौकी कीर्तिपुरमा खोप केन्द्र तोकेको छ ।

यो पनि पढ्नुहोस्
साल्ट ट्रेडिङको छुट बिहान मात्र
घरभित्रै अभिभावकसँग टाढिँदै सन्तान
गुजुल्टी रहने नेपाल–भारत सम्बन्ध
असारदेखि होला त ‘लुज डाउन’ ?
काठमाडौंमै सिटामोलको चरम अभाव, आखिर किन ?
राति अबेरसम्म निद्रा लाग्दैन ? यसो गर्नुस्
‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’
‘कोभिशिल्ड’ को दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’, कति सुरक्षित ?
काठमाडौं उपत्यकामा कतिले गरे नियम उल्लंघन, कतिलाई भयो कारबाही ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested