जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस टप



क्याजुअलमा फरक लुक्स पाउन महिलाले टपसहित जिन्स, पलाजो, प्यान्ट आदि लगाउँछन् । किनभने टपमा स्टाइलिस देखिनुका साथै दिनभर सजिलै लगाउन पनि सकिन्छ । त्यसैले, स्टाइलिस देखिन चाहने महिलाहरू हरेक दिन नयाँ नयाँ टप लगाउँछन् ।

महिलाहरूले पोसाकमा विशेष ध्यान दिन्छन् । यदि, तपाईं पनि नयाँ स्टाइलिस टप खोज्दै हुनुहुन्छ भने यी पोसाक उपयुक्त हुन सक्छ ।

सर्ट क्रप टप

आजकल क्रप–टपहरू फेसन ट्रेन्डमा छ । त्यसैले, अधिकांश महिलाहरूले जिन्सदेखि प्लाजोसम्म सजिलै क्रप–टप लगाउँछन् । बजारमा सजिलैसँग धेरै प्रकारका क्रप टप डिजाइनहरू पाउनुहुनेछ तर, यदि तपाईं जिन्सको साथमा लगाउने टप खोज्दै हुनुहुन्छ भने, तपाईंले सर्ट क्रप टपहरू रोज्न सक्नुहुन्छ ।

स्लिभलेस टप

गर्मीमा धेरैजसो महिलाले गर्मीको महसुस नहुने र स्टाइलिस पनि देखिने छोटो र हल्का लुगा लगाउन मनपराउँछन् । यदि, तपाईं पनि यस्तै लुगाहरू खोज्दै हुनुहुन्छ भने, जिन्सको साथ स्लिभलेस टप लगाउन सक्नुहुन्छ ।

प्रिन्टेड टप

जिन्सको साथ प्रिन्टेड टप लगाउनु धेरै राम्रो हुन्छ । किनकि, आजकल प्रिन्टेड टप लगाउने चलन देखिएको छ । महिलाहरूले पनि जिन्सदेखि प्लाजोससम्म प्रिन्ट गरिएको टप मात्र लगाउँछन । बजारमा यस्ता धेरै प्रकारका डिजिटल प्रिन्टेड, जिन्ससहित फ्लोर प्रिन्ट टपहरू पाउनुहुनेछ ।

यो पनि…
गर्मीमा के-के खाने ?

जानौं ध्यानका लागि हात मुद्राहरू



...
लिपस्टिकले बढाउँछ महिलाको सुन्दरता - Mero LifeStyle Mero LifeStyle

[…] पनि…जिन्सको साथमा लगाउनुहोस् यी स्टाइलिस…पुरुषका लागि ह्याडसम […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

लसुन हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । लसुन स्वस्थ शरीर र छालाको लागि धेरै उपयोगी हुन्छ । तपाईंले आफ्नो

बेसार स्वास्थ्यका साथै छालाको लागि पनि निकै लाभदायक हुन्छ । अनुहारको सुन्दरता बढाउन बेसारको प्रयोग गर्न सकिन्छ । यसले छालाको

हरेक महिलाले आफू सुन्दर देखिन रुचाउँछन् । लिपस्टिकले महिलाको सुन्दरतामा विशेष फरकपना देख्न सकिन्छ । तर धेरैलाई लगाउने तरीका थाहा

दैनिक छाला हेरचाह दिनचर्या राम्रो बानी मध्ये एक हो। यदि तपाईँको छाला पनि नीरस छ भने यसको पछाडि धेरै कारण

Suggested