English

बजाज नेपालद्वारा अपग्रेडेड डोमिनार ४०० भव्य कार्यक्रममा सार्वजनिक



काठमाडौँ : अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० को लन्च कार्यक्रम फागुन १ मा बाइकर्स क्याफेमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा राइडरहरू, इन्फ्लुएन्सरहरू, सञ्चारकर्मीहरू तथा विशिष्ट अतिथिहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा अपग्रेडेड डोमिनार ४०० लाई आधिकारिक रूपमा सार्वजनिक गर्दै यसको नयाँ तथा उन्नत फिचरहरू प्रस्तुत गरिएको थियो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा मनाङ एक्सप्लोरर राइड प्रिमियर गरिएको थियो, जसले डोमिनार ४०० को लामो दूरीको क्षमता तथा कठिन भूगोलमा उत्कृष्ट प्रदर्शन क्षमतालाई प्रस्तुत गर्‍यो। उपस्थित दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो।

अल–न्यू अपग्रेडेड बजाज डोमिनार ४०० मा डट म्याट्रिक्स डिस्प्लेसहितको डिजिटल कन्ट्रोल कन्सोल, ब्लुटुथ कनेक्टिभिटी र टर्न-बाइ-टर्न नेभिगेसन, राइड-बाइ-वायरसहित चार राइड मोड, ट्र्याक्सन कन्ट्रोल, एड्जस्टेबल लेभरहरू, तथा हजार्ड लाइट प्रणाली जस्ता आधुनिक प्रविधिहरू समावेश गरिएको छ, जसले सुरक्षा र राइडिङ अनुभवलाई थप उत्कृष्ट बनाएको छ। उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियासहित लन्च कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ, जसले आधुनिक प्रविधिसहित प्रदर्शन–केन्द्रित बाइक प्रदान गर्ने बजाजको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। सार्वजनिकरण पश्चात ग्राहकहरूले फागुन ४ देखि ८ सम्म आयोजना हुने टेस्ट राइड मार्फत बाइकलाई नजिकबाट अनुभव गर्न सक्नेछन्।



...
Su Yönetimi

Atık ve Su Yönetimi süreçlerimizi sistematik hale getirerek çevresel performansımızı güçlendirmemizde EcoSinerji Proje, Uygulama ve Danışmanlık Ofisi önemli destek verdi; ayrıntılar için https://ecosinerji.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

काठमाडौँ : नेपालमा लोकप्रिय मोटरसाइकल ब्रान्ड बजाजले पल्सर १५० नयाँ संस्करणमा सार्वजनिक गरेको छ । आधुनिक डिजाइन, उन्नत प्रविधि र

Latest










Popular
Suggested